• Monday, 20 May 2013
  • Nepal Time: 12:52 PM
  • Japan Time: 04:07 PM

नांगो जिउमा

नांगो जिउमा कपास, कहिले हुन्छ ?

मेरो देशको विकास, कहिले हुन्छ ?

सच्चा प्रेमीहरु मलाई सोध्ने गर्छन्

काँडामा मिठो सुबास, कहिले हुन्छ ?

फटाहाको राज्य चलेको दुनियामा

सोझो मान्छेको विश्वास, कहिले हुन्छ ?

जस्ले गर्यो पाप उस्कै फलिफाप भो

दैव१ पापीको बिनास, कहिले हुन्छ ?

सोध्ने गर्छु म मिठोमिठो बोल्नेलाइ

साँच्चै बोलीमा मिठास, कहिले हुन्छ ?

राधा बिनाको यो ‘कृष्ण’लाई थाहा छ

तड्पिदै मान्छे उदास, कहिले हुन्छ ?

कृष्ण के श्रेष्ठ ‘काल्स ‘

भिमेश्वर–३, दोलखा

योकोहामा, जापान

Write a Comment

थप हेडलाइनहरु