• Wednesday, 22 May 2013
  • Nepal Time: 05:45 PM
  • Japan Time: 09:00 PM

गाँस खोज्दैछु आमा

- गजल

भोकाहरुका लागि गाँस खोज्दैछु आमा

घरवार विहीनलाई आवास खोज्दैछु आमा ।

धनिलाई सुनको महल गरिवीको बासै छैन

पैसा बिना बाँच्ने नया, समाज खोज्दैछु आमा ।

आफ्नै दिदीबैनि माथि जवरजस्ति गर्ने लाई

दुर्गा बनि मेटाउने,साहास खोज्दैछु आमा ।

निर्दोष यहाँ हार्नुपर्छ लुट्छन हाम्रौ अधिकार

त्यसैले त सिङ्गो अव आकाश खोज्दैछु आमा ।

देउता संझि खुट्टा पुज्ने सोझा अबोध नारिलाई

आफ्नो अधिकार माग्ने निकाश खोज्दैछु आमा ।

सरस्वति न्यौपाने

रामकृष्ण पौडेल अनयास

चितवन

One Comment on “गाँस खोज्दैछु आमा”

  • Sima wrote on 8 August, 2012, 7:21

    Really nice …..

    [Reply]

Write a Comment

थप हेडलाइनहरु