- Friday, 24 May 2013
- Nepal Time: 05:08 AM
- Japan Time: 08:23 AM
टोकियोमा दुई दिवसीय तीज महोत्सव हुने
टोक्यो । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्षमा जापानको राजधानी टोकियोमा यो बर्ष दुई दिनसम्म तीज महोत्सव हुने भएको छ । आगामी सेप्टेम्बर १६ तारिख आइतबार र १७ तारिख सोमबार दरखाने दिनमा टोकियोमा तीज महोत्सव हुने भएको हो । महोत्सवका लागि दर्जनौ भाकाका तीजे एल्बमहरु बजारमा ल्याएर चर्चाको शिखरमा पुगेका पशुपति शर्मा, राधिका हमाल र मञ्जु पौडेल जापान आउने भएका छन् । कलाकारहरुको आगमनसंगै यो बर्षको जापानको तीज साँच्चिकै तीजमय हुने भएको छ ।
नारी कुञ्ज जापान र अन्तर्राष्ट्रिय नेपाली समाज जापानको संयुक्त आयोजनामा हुन गईरहेको यस बर्षको तीज महोत्सवमा एनआरएन जापानमहिला बिभाग, नेपाली जनसम्पर्क समिति जापान महिला बिभाग, नेपाली जनप्रगतिशील मोर्चा जापान महिला बिभाग, नेपाली लोकतान्त्रिक मञ्च जापान महिला बिभाग, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान, नेपाली बिद्यार्थी समाज जापान, चितवन कल्याण मञ्च जापान, गुल्मेली समाज जापान र म्याग्देली सञ्जाल जापान लगायतका संघसंस्थाहरुको सहयोग, समर्थन र सहकार्य रहने भएको छ भने कार्यक्रमका सम्बन्धमा सशक्तरुपमा प्रचारप्रसार एवं आवश्यक सूचना प्रवाह गर्न टोकियो नेपाल डट कम, नेपाल जापान डट कम, समुद्रपारि डट कम, र नारी सञ्जाल डट कमले मिडिया पार्टनरको भूमिका निर्बाह गर्ने भएका छन् । यो बर्षको तीजमा यहाँका सबै दिदिबहिनीहरुलाई एकैथलोमा भेला गराएर भरपुर तीजबिशेष मनोरञ्जनको साथमा आपसी सद्भाव एवं सम्पर्कमा नवीकरण गर्दै शुभकामना आदानप्रदान गर्ने र जापानमा नेपाली नारी एकताको सन्देश दिन यो बर्षको तीज महोत्सव एकैथलोमा संयुक्तरुपमा आयोजना गरिएको आयोजक सँस्थामध्यमको एक नारी कुञ्ज जापानकी अध्यक्ष छक्कू उदासीले बताईन् ।
नेपाली नारीहरुको एक मात्र साँस्कृतिक तथा सामाजिक सद्भाव अभिबृद्धि गर्ने पर्व हरितालिका तीजको उपलक्षमा जापानमा रहेका नेपाली दिदिबहिनीहरुबिचको एकतालाई सुदृढ गर्न यो बर्ष महोत्सवकैरुपमा दई दिन सम्म संयुक्त तीज कार्यव|mमको आयोजना गरिएको र यो ऐतिहासिक हुने अर्को आयोजक सँस्था अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारीले बताए । दुई दिवसीय तीज महोत्सवको जापानका बिभिन्न प्रतिष्ठित ब्यवसायिक कम्पनीहरुले प्रायोजन गर्ने भएका छन् । फरक फरक क्षेत्रका महिलाहरुलाई सुबिधा होस भन्ने उद्देश्यले महोत्सवको पहिलो दिन १६ तारिख इकेगामी खाईकानमा र दोस्रो दिन १७ तारिख ओता कुमिन सेन्टर कामातामा महोत्सव हुने आयोजकहरुले जनाएका छन् । तीज बिशेष साँगीतिक क्षेत्रका तीनतीन जना हस्ती कलाकारहरुको उत्कृष्ट प्रस्तुतीका साथै जापानमा रहेका स्थापित कलाकारहरुको सशक्त प्रस्तुतीकाबिच यो बर्षको जापानको तीजले नयाँ रेकर्ड कायम गर्ने आयोजकहरुको दाबी छ ।
जापानको हकमा हालसम्मकै नौलौ प्रस्तुती राधिका र पशुपतिबिचको तीजेभाकामा दोहोरी, रोयला र अन्य तीजजन्य लोकसुसेलीहरु महोत्सवका बिशेष आकर्षण रहने छन् भने यसअघिको साँगीतिक भ्रमणकोक्रममा जापानका नेपालीबीच छोटो समयमै अत्यन्त लोकपि्रयता हासिल गरेकी अर्की दोहोरी गायिका एवं उद्घोषिका मञ्जु पौडेलको तीजेसाँगीतिक प्रस्तुतीका बिच महोत्सव तीजमय हुने बताईएको छ ।
महोत्सवलाई ब्यवस्थित, मर्यादित, सभ्य र भब्यरुपमा सम्पन्न गर्न आयोजक सँस्था, प्रायोजक कम्पनी, मिडियासँस्था तथा कलाकारहरु रहेको एक तीज महोत्सव मुल आयोजक समिति निर्माण गरिएको छ । यसैबिच नेपाली नारीहरुको पर्व तीज नजिकिदैं गर्दा यहाँका नेपाली नारीहरु तीजका लागि राता सारी, रातै ब्लाउज, चुरापोते र गरगहनाको जोहोमा जुटिसकेका छन् । तीजको लागि आवश्यक लत्ताकपडाको तैयारी गर्न साथीसंगीनीबिच आपसी सरसल्लाह शुरु भईसकेको छ भने कतिपयले नेपालमा रहेका आफन्तहरुलाई तीजका लत्ताकपडा किनमेलका लागि आवश्यक निर्देशन जारी गरिसकेको थाहा भएको छ ।
केहि बर्षयता नेपालमा महिनौसम्म तीज मनाउने, तीजका लागि आवश्यक लत्ताकपडा र गरगहनाको प्रयोग गर्ने बढ्दो चलनको थोरबहुत प्रभाव बिदेशमा पनि परेको देखिन्छ । जसअनुसार जापानका नेपाली महिलाहरु पनि नेपालबाट गरगहना रुकिाई लगाउने चलन अत्यधिक बढेको पाईन्छ । जापानलगायत बिदेशतिर तीज मनाउने चलन हृवाट्टै बढ्दा राजधानी काठमाडौंका सारी पसल र गहना पसलहरुमा ब्यापार बढेको कुरा सञ्चार माध्यमहरुले जानकारी गराउँदै आएका छन् ।
Write a Comment
थप हेडलाइनहरु
- बाबुराम सरकारद्वारा गठित सुकुम्बासी आयोग खारेज
- निर्वाचन तोकिएकै समयमा हुन्छ : रेग्मी
- उपेन्द्रले नेपालमा एशियास्तरको अस्पताल खोल्दै
- ८० बर्षीय जापानी सगरमाथाको चुचुरोमा
- टोक्योमा सगरमाथा हिरक महोत्सव मनाइने
- चिनियाँ राजदूतले कोइरालालाई भने,’चुनाव छिटो गर्नुस्’
- कांग्रेस-एमालेले भने,‘एमाओवादी र मधेसी दलले चुनाव टार्न खोजे ’
- जापानी येन बनाउन नेपाली लोक्ता !
- थसेस जापानद्वारा तुलाचनको निधनप्रति दु:ख व्यक्त
- जापानमा अग्रणी ब्यक्तित्व डा. तुलाचनको निधन



