- Sunday, 19 May 2013
- Nepal Time: 01:48 PM
- Japan Time: 05:03 PM
मैनाली मुद्दाबारे सरकारी वकिल पुनरावेदनमा नजाने
फैसला छिट्टै आउने
काठमाण्डौ । एक जापानी महिलाको हत्या अभियोगमा १५ बर्ष जेल बसेर अघिल्लो महिना रिहा भएका नेपाली गोविन्दप्रसाद मैनालीको मुद्दामा अब छिट्टै अदालती प्रकृया सुरु हुने भएको छ । मैनालीको मुद्दा पुनरावलोकन गर्न नहुने भन्दै सरकारी वकिलले दायर गरेको रिटमा सरकारी वकिलको बिपक्षमा फैसला भएपछि अब सरकारी बकिल फेरि पुनराबेदनमा नजाने भएका हुन् ।
नेपालमै बसेर मुद्धा लड्न पाउने गरी मैनाली जेलमुक्त भई स्वदेश फर्कि सकेको अवास्थामा सरकारी वकिलले पुनरावेदनमा नजाने विहीवार घोषणा गरेका छन् । घोषणापछि अब मुद्धाका वारेमा केही दिनमै अन्तिम फैसला आउने वताइएको छ । फैसलापछि मैनालीले क्षेतिपूतिका लागि प्रकृया सुरु हुने छ । प्रमाणहरुको डीएनए परिक्षण गर्दा हत्यामा मैनालीको संलग्नता नदेखिएपछि मैनालीका वकिलहरुले मुद्दा पुन सुनुवाईका लागि माग गरेका थिए । अब मैनालीको मुद्दाबारे पछिल्ला प्रमाणहरुलाई आधार मानेर सुनुवाई हुनेछ । उनी निर्दोष सावित हुने र क्षतिपूर्ति पाउने लगभग पक्का रहेको मैनाली सहयोग समितिका सदस्यहरुले बताएका छन् ।
यसअघि मंगलबार भएको सुनुवाईमा न्यायाधीश मासाकाजु याकीले मैनालीको मुद्दा पुन सुनुवाई गरि अन्तिम किनारा लगाउन आदेश दिएका थिए । सरकारी वकिलले मैनाली दोषी रहेकाले उनको मुद्दा पुनः सुनुवाई गर्न नहुने भन्दै दिएको रिटमाथि अदालतले यस्तो आदेश दिएको थियो । दुई महिना पहिले भएको सुनुवाईका क्रममा अदालतले मैनालीलाई रिहा गरि जेल बाहिर बसेरै मुद्दा लड्न पाउनुपर्ने फैसला गरेको थियो । सोहीअनुसार मैनाली रिहा भएर नेपाल फर्किएका छन् । मैनाली रिहा भएपछि सरकारी वकिलले उनी दोषी भएको भन्दै मुद्दा पुनरावलोकन नगर्न माग गर्दै रिट दायर गरेका थिए ।
Write a Comment
थप हेडलाइनहरु
- ट्युनेफको नयाँ कार्यसमिति चयन
- बलिउडमा अर्की पोर्न स्टार आगमन
- एनआरएनले हेगमा बुद्ध मूर्ति स्थापना गर्ने
- नायिका रेखा थापा अब एमाओवादीकी नेतृ
- नहिंडेको बाटो
- तमु धीं जापानद्वारा बार्वे क्यु कार्यक्रमको आयोजना
- फुकुओकामा स्वागत एवम् जानकारी मुलक कार्यक्रम हुने
- झलनाथको दाबी,’अबको शक्तिशाली पार्टी एमाले नै हो’
- अख्तियारले भन्यो,’भ्रष्टाचार हुन सक्ने अखडाको सूची उपलब्ध गराउँ’
- नेपाल भन्छन्,’अमर लामाका हत्याराहरु एमाओवादीमा छन्’



