- Saturday, 18 May 2013
- Nepal Time: 02:54 PM
- Japan Time: 06:09 PM
निरूता मुम्बर्इमा झुल्किइन निखिलसंग
यतिबेला गुमनाम छन् निखिल उप्रेती र निरुता सिंह । दुई पत्नीका पति अनि तीन सन्तानका पिता निखिल र अविवाहित निरुताप्रति चासो पनि कम हुन थालेको छ दर्शकहरूमा आजभोलि । यिनीहरू कहाँ होलान् रु के गर्दै होलान् रु र यिनीहरूको दिनचर्या कसरी बितिरहेको होला त रु प्रसङ्ग उठेपछि जिज्ञाशा लाग्नु पनि अस्वाभाविक होइन ।
दुवै हाल नेपाली चलचित्र क्षेत्रबाट भूतपूर्व नायक – नायिकाको श्रेणीमा पर्न थालिसकेका छन् । सिनेमाको पर्दामा यी दुईलाई देख्न अब दुर्लभ हुने अवस्था आए तापनि एक स्रोतले भने निखिल र निरुतालाई मुम्बईमा देखेको कुराको जानकारी गराएको छ । सिनेमाको प्राविधिक कार्यका लागि मुम्बई पुगेको सो स्रोतले आजभोलि निखिल र निरुताबीच निकै हेलमेल बढ्न थालेको कुराको दाबी नै गरेको छ । नेपालका दुई पत्नी र तीन सन्तानको बिल्लिबाठ पारेर भारतको मुम्बईमा भौंतारिइरहेका निखिल आजभोलि कफी हाउस र क्याफेतिर निरुताका साथ देखापर्ने गरेका छन् ।
नेपाल आउँदा केही भारतीय चलचित्रमा काम गर्दै छु भनेर गफ दिने निखिल अनि भारतमा ड्रेस डिजाइनिङ पढ्दै छु भनेर ‘सान’ झार्ने निरुताको यो गफ नै हो भन्ने कुरा अब शङ्का मानिरहनुपर्ने अवस्था छैन । तैपनि नेपालमा शासन, मान, इज्जत र हाइहाइका साथ जीवन गुजारेका निखिल र निरुताको बाँच्ने हैसियत र दिनचर्याको बारेमा यतिबेला नेपाली चलचित्रकर्मी चुकचुकाउन थालेका छन् । कुनै समय निखिलको बाँच्ने शैली देखेर लोभ गर्नेहरू अहिले उनकै जीवनलाई लिएर गल्ती गरे निखिलले भन्न थालेका छन् ।
Write a Comment
थप हेडलाइनहरु
- बलिउड अभिनेत्री चित्रांगदाको डिभोर्स
- अन्ततः जेल जाने नै भए सञ्जय
- कैटरिनाकी बहिनी बलिउडमा भित्राउँदै सलमान
- बेरोजगार बनेका पीडित नायिकाहरु
- धरापमा पुजनाको करियर
- ईशाले पाइन् नयाँ प्रेमी
- रामकृष्णको जिन्दगी, ओराली लागेको हरिणको चाल भो
- गिनेथ बनिन् विश्वकै ‘सुन्दर’ महिला
- हास्यकलाकार दीपाश्रीले भनिन्,’स्वीट सिक्सिटनकी भए, अब विहे गर्छु’
- नायिका पुजना भन्छिन,’कथाले मागेको दिन तयार छु’



