• Sunday, 19 May 2013
  • Nepal Time: 10:21 AM
  • Japan Time: 01:36 PM

इज्यत लुटन नदिंदा जेल पुगिन युवती

२० साउन, काठमाण्डौं । शनिबारको विहान छुट्टि भएकाले सम्झना श्रेष्ठ बारीमा खर काट्न जाँदै थिईन् । उनको घर पश्चिम बाटोमा नै खड्गबहादुर श्रेष्ठको घर पर्दछ । तेह्रदिने दाजुभाई, ३१ बर्ष जेठा, नातामा हजुरबुवा ।

खड्गबहादुरकै आगन भएर सम्झनाको परिवार घर-खेत, बजार, स्कूल आउजाउ गर्छ । खड्गबहादुर धेरै जसो रक्सिले मातेर बसेका हुन्थे र उनी जसलाई बोलाउँदा पनि अश्लील शव्द प्रयोग गरेर बोलाउने गर्दथे । सम्झना पनि मौन प्रतिवादमात्र गर्थिन ।

काभ्रे, भुम्लुटार । २०६५, माघ ४ । त्यसदिन सम्झना आँगन हुँदै हिड्दा खड्गबहादुरले अश्लील शव्दमात्र बोलेनन्, हाल समाएर एकतले घरको मझेरीमा ताने । सम्झनालाई कुनै गल्तिविना बाटो आउजाउ गर्दा खड्गबहादुरको अश्लील शब्द सुन्दा मानसिक पिडा हुन्थ्यो । त्यो दिन जवरजस्ति गरी शारीरिक पिडा दिन खोजेका थिए ।

सम्झनाले सहन सकिनन् । खड्गबहादुरको पन्जाबाट आफुलाई छुटाई सतित्व रक्षा गर्न नजिकैको कोदालाको बिँड समातिन र भकाभक खड्गबहादुरलाई हानिन् । सम्झनाका अनुसार रक्सीले मातेका थिए खड्गबहादुर । उनको चुटाईले मझेरीमा लडे । लडेको थाहा पाएपछि सम्झना बेहोसिमै घर फर्किन ।

एकछिन पछि खड्गबहादुरको आगनभरि पुलिससहित गाउँलेको हुल जम्मा भयो । पुलिसले घटना छानविन गर्‍यो । सम्झनाले माथिकै बयान दिईन् । त्यो दिन पुलिसले उनलाई ‘बहिनी तिम्रो गल्ति रहेनछ, घर जानुस्’ भन्दै पठाएका थिए । घर आईन् । राती सुत्ने बेलामा खबर आयो ‘खड्गबहादुर हजुरवा बिते ।

भोलीपल्ट धुलिखेल जानुपर्ने भएकाले उनी विहानै घरबाट निस्किन । कालीमाटीमा रहनुभएका मामाको निमन्त्रणामा धुलिखेल जाने कार्यतय भएको थियो । कालीमाटीमा भेला भएर धुलीखेल जानेक्रममा सम्झनालाई बाटैमा पुलिसले पक्रेको उनकी बहिनी सजनाले बताईन् ।

कक्षा १२ मा पढ्दै गरेकी सम्झना विगत साढे तीन बर्षदेखि जेलमै छिन् ।

Write a Comment

थप हेडलाइनहरु