• Wednesday, 19 June 2013
  • Nepal Time: 04:43 PM
  • Japan Time: 07:58 PM

प्रकाश आए, साथीलाई धम्काए अनी गए

७ अगष्ट, काठमाडौं । अर्काकी स्वास्नी च्यापेर भागेका माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल भौतिकरुपमा वेपत्तै छन् । यसो कहिलेकाहीं फेसबुकमा उपस्थीत हुने उनले त्यहींबाट आफ्नो रिस पोखेर छापामार शैलीमा हराउने गरेका छन् ।

सोमबार प्रकाशले त्यसै गरे । फेसबुकमा झुल्किएका उनले सगरमाथा आरोहण टोलीका संयोजक एवं माओवादी केन्द्रीय सदस्य कृष्ण केसी तथा प्रचण्डका पूर्व सुरक्षा प्रमुख युवराज दुलाल ‘सरद’लाई मजाले गाली गरे ।

‘सरद र कृष्ण केसी आफुलाई सफल भएको ठानेका होलान, अहिलेसम्म गरेको पापको फल अबश्य पाउने छौ । सगरमाथा चढाउने बेला मेरो खुट्टा ढोग्न आएर अहिले मलाई बदनाम गराउने ? तिमीहरुको बलबुताले भ्याउनेजति गरेपनि तिमीहरु माओवादीको नाममा कलंकहरु कहिले पनि सगरमाथा चढन सक्ने थिएनौ । अहिले तिमीहरुको फुर्ति ?’

उनको स्टाटसमा केही पत्रकार लाइक गरेको र केहीले पहिलै चिनेको भए पो हुन्थ्यो भनी कमेन्ट गरे । तर केहीवेरपछि उनले आफ्नो फेसबुक पेज नै डिएक्टीभ गरेर छापामार शैलीमा हराए ।

फेसबुकमा बेला बेला झुल्किने उनले बिना भगाउ प्रकरणबारे केही लेख्दैनन् । उता प्रकाशसँगै भागेकी बिनाले भने रिलेसनसीप स्टाटसमा सिंगल अर्थात अबिबाहित भनेर लेखेकी छन् ।

 

Write a Comment

थप हेडलाइनहरु