- Wednesday, 19 June 2013
- Nepal Time: 05:22 AM
- Japan Time: 08:37 AM
सुशील दाईलाई खुला पत्र
राजेन्द्र जमरकट्टेल
आदरणिय दाजु जय नेपाल । देशको तरल अवस्था जिम्मेवार पार्टीको निर्णयक भूमिकामा र तपाई आर्दश प्रजातन्त्र र लोकतन्त्रप्रतिका कति अडान आजको काँग्रेको जिवनजल भएको छ । सैद्धान्तिक स्खलन, संगठानीक भूक्षयमा केही हदसम्म भएपनि जाहात भोलेको अवस्थामा विचलनका शब्द चित्रण भएको गुञ्जायस होकी भान भइरहेको छ । तपाई सादा जीवन अडानमा नखुम्चीने पद्धति आजका दिनमा आदर्शका राजनीतिले क्रान्तिकारी, सामन्ती भनाउँदा नेताहरुलाई पनि खुलेर नाक ठाडो गर्न सकिरहेको छैनन् र प्रयासरत छन् । सुशील कोइरालालाई पनि त्यही हिलो एक पल्ट टेकाउन पाए आफू त्यही हिलोमा फूलेका उत्तम फूल मै मात्र छु भन्ने । चेतनाभया क्षेणिक स्वार्थ र दिर्घकालिन भत्ता र सुविधाको प्रलोभन उद्घोष गरिरहेको अवस्थामा मुख रसाउन पनि सक्छ ।
तपाईकै करेसावारीका आसेपासे लडुर देखाउँदै छन् होला मन पागल, इतिहास हुदै गणेशमान देखि नेल्शन मण्डलासम्म । पार्टीको जीवनलाई तपाई जस्ता आदेश निष्टा,भोग सुविधावाट टाढै राख्ने नेताको इतिहास भोलीकाहरुका लागि आर्दश बन्नदिनुस । संगठनको इतिहासमा बरु क्रान्तिकारी निर्णय लिनु अहिलेको आवश्यकता रामचन्द्र नभए शेरवहादुर नभए कुलवहादुर नभए भिमवहादुर नभए गगन सम्मले पुरा गर्नल सक्छन् । यो समय फड्को मार्ने बेला काँग्रेसको इतिहासमा हेर्दा उर्जाशिल युवा शक्तिमा आएको विचलन रोकथाम तपाईहरुकै निर्णय नपितम कार्यक्रमको कार्यान्वयनले निर्धारण गर्छ । तपाईलाई बुई चढाएर आफु भर्याङ उक्लिने प्रवृतिले र दुरदर्शावाट कसैको चेष्टा र पराकाष्टा परा हुन्छ भने पोकेको फल मुखमा परेपछि टर्रो र कोक्याउन पनि सक्छ त्यो तपाईलाई छोडिदिन्छु । यो प्रधानमन्त्रीय खेलमा रनभुलमा परेर काँग्रेसले गलत निर्णय गर्न नपुगोस । मेरो अपेक्षा सकिन्छ भने समयासान्दर्भिक, जनाजाति, महिला , युवाहरुको समग्र देशवासीले अनुभूति तगर्न सक्ने काँग्रेसको आदेशलाई अर्को एक दशकसम्म उदारहण बनाउन सक्ने उम्मेदवारको खोजी होस् । अन्यथा नलागे यो दौडमा तपाई योग्य भन्ने होइन सुवाउदैन र तपाई यात्रा सवार गराउनेहरुको आफ्नो जागिर पुरा गरिरहेछन् । अरुकै नियुक्तिमा अरुकै स्वार्थलाई दिन रातको जोखना हेरी बस्नेहरुवाट यो राष्ट्रले अपेक्षा गर्नु सोझै जनघात हो । राष्ट्रियता भनेको मोटो होइन जनविश्वास हो ।
हामी यही जनविश्वास जित्ने तपाईको आदर्श चाहिएको छ । नकि सिटौला जी अमरेसजीले हावा हालेको गाडीमा तपाईसंग प्रधानमन्त्रीत्व सवार चाहिएको छैन । एक दिन जनता स्वस्र्फूत त्यहाँ पुर्याउने छन् । समयको पर्खाइमा बस्नुस जनताको प्रधानमन्त्री बन्नुहुनेछ । जनताको राष्ट्रपति बन्नु हुनेछ । शेरवहादुर देउवा र रमचन्द्र पौडेललाई प्रतिस्पर्धी गराएर तपाई स्थान सुरक्षित गर्ने वालालाई क्रान्तिकारी झडप हान्नुस् । तिमीहरु पनि होइनौ म पनि होइन, भिमवहादुर , कुलवहादुर हुन भनेर निर्णय लिनुहोस इतिहास र नेपाली जनताले सलोट गर्ने छन् । एकपल्ट जातियताको नाम लाग्न लागेको डढेलोले काँग्रेसी फाँटलाई केहीहदसम्म भएपनि राहात मिल्ला बरु । कि कसो सुशील दाजु । पक्कै आचकल रातपनि तपाईलाई सोचनिय रातहरु भएका होलान के गरौ ? कसौ गरौ के गर्दा उत्तम आदि इत्यादी ताईलाई मात्र हैन हामी कार्यकर्तालाई पनि निन्द्रा लाग्न छाडेछ । किनकी प्रधानमन्त्रीको विउले विभाजनको विउ नरोपस । नेता ज्यूहरुको स्वार्थ र मनोकांक्ष पूरा गर्ने निउँले कार्यकर्ताको सपना, भरोषा, विश्वासमा छेद नआओस । विश्वास छ यी अभिारा सुशील दाई पूरा गर्नु हुनेछ । र आगामी दिन काँग्रेसको अग्रस्थान, अग्र भूमिका रही रहने छ । आशामा बाँची रहेका छौ र बाचिरहने छौँ ।
Write a Comment
थप हेडलाइनहरु
- हाँछ्यु मेलमिलाप
- उपचारका लागि नेपालका राष्ट्रपति टोकियोमा
- नरेन्द्र बस्नेतको संयोजकत्वमा एनआरएन कान्साईको नयाँ कार्यसमिति
- महामन्त्री सिंह नेपाल फर्किए
- फुटबलमा ब्राजिलसंग हारेपछि जापानी टोलीको आलोचना
- तुम धीँ जापानको बार्वे क्यु चल्दै
- एनआरएन अध्यक्ष पदमा महासचिव शेर्पाको उम्मेदवारी (घोषणापत्रसहित)
- एनआरएन क्युसुको निर्वाचन जुन ३० मा, के के छन नियम ?
- जापानी कम्पनीले भियतनाममा रेलमार्ग निर्माण गर्ने
- विदेशी घरेलु कामदार किन आवश्यक हुँदैछ जापानलाई ?



