• Sunday, 19 May 2013
  • Nepal Time: 06:00 AM
  • Japan Time: 09:15 AM

गायिका इन्दिरा जोशीसहतिको टोली जापानमा (फोटो फिचरसहित)

कुमार तमु

 टोक्यो । जापानको टोक्योमा हुने आइतवार हुने १६ औँ रोधिँ साझँमा सहभागी हुन नेपालवाट कलाकारहरुको टोली टोक्यो आइपुगेको छ । तमु धीं जापानको आयोजनामा अगस्त ­१२ तारीखमा टोक्योको इकेगामी खाइकन हलमा हुने १६ औँ रोंधि सांझमा सहभागी हुन आमन्त्रित कलाकारहरु गायक दीपक लिम्बू ,गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनी विहीवार दिउँसो २ बजे टोक्यो आइपुगेका हुन् ।

कलाकारहरुलाई टोक्योको हानेदा अन्तराष्ट्रिय बिमान स्थलमा धीं का अध्यक्ष हर्क तमु, कार्यक्रम संयोजक, ओम प्रकाश तमु ,सह­संयोजक युक्त मान तमु ,सल्लाहकार दिनेश तमु, सल्लाहकार इश्वर तमु, सदस्य मनोज घले र तेज तमुले कलाकारहरुलाई खादा लगाईं स्वागत गर्नु भएको थियो । १६ औ रोंधि सांझ कार्यक्रम हुन मात्र ३ दिन बाँकी रहेकोले पुनः कार्यक्रममा प्रायोजन, सह­प्रायोजन र बिज्ञापन प्रसारण गर्न चाहानु हुने जापानबासी व्यावसायी एवं बिभिन्न व्यापारिक संघ संस्थाका महानुभावहरुलाई धीं मा सम्पर्क गरि सहयोग गरि दिनु हुन पनि आर्थिक बिभागका कोषाध्यक्ष खड्ग सिंह तमुले हार्दिक अपील गर्नु भएको छ ।

साथै १६ औ रोंधी साँझ कार्यक्रममा बिभिन्न संघ संस्थाहरु लगायत शुभेच्छुक महानुभावहरुलाई निमन्त्रण पत्र पठाई सकिएको तर कारणबस निमन्त्रण पत्र प्राप्त नभएमा यसैलाइ सूचना आधार मानी कार्यक्रममा उपस्थित भई दिनु हुन पनि धींका अध्यक्ष हर्क तमुले हार्दिक अनुरोध गर्नु भएको छ ।

One Comment on “गायिका इन्दिरा जोशीसहतिको टोली जापानमा (फोटो फिचरसहित)”

  • Jagat wrote on 10 August, 2012, 21:05

    Japan ma kahele dekhi limbu,joshi,lohoni le Gurung ki rodi khelna lageko rahe cha
    Sunda ra news study garda pani Japan ko tamu samaja lai dekhera
    Program ma ta k news herna pani Lag lag cha
    Kun Gurung ko buddi dateko rahe cha Kai

    [Reply]

Write a Comment

थप हेडलाइनहरु