- Monday, 20 May 2013
- Nepal Time: 05:23 AM
- Japan Time: 08:38 AM
केपी र नेपाललाई अतिथि बन्न झलनाथको तगारो
११ अगष्ट, काठमाडौं । गुटका आधारमा धेरैजसो कार्यक्रममा माधवकुमार नेपाल र केपी ओलीलाई अतिथि बोलाउने र कतिपय स्थानमा त खनाललाई भन्दा ओली र नेपाललाई महत्व दिने अबस्था आएपछि खनालले कुन कार्यक्रममा कसलाई प्रमुख अतिथि बनाउने भन्ने अधिकार आफुमा केन्द्रीत गरेका छन् ।
अध्यक्ष खनालले देशभर हुने पार्टी र जनसंगठनका कार्यक्रममा केन्द्रीय कमिटीबाट पठाईने अतिथि व्यवस्थापनको अधिकार केन्द्रीकरण गरेको भन्दै मातहतका कमिटी र जनसंगठनहरुलाई सर्कुलर पठाए । कतिपय अवस्थामा आफुखुसी र केन्द्रले तोकेभन्दा अन्य नेताहरुलाई समेत प्रमुख अतिथि, विशेष अतिथि र अतिथि बनाउँदा पार्टी नेतृत्व तहमै समस्या र अन्तरविरोध देखिएपछि एमाले स्थायी समितिले अतिथि व्यवस्थापनका नाममा अधिकार केन्द्रीकरण गरेको बताइएको छ ।
एकै कार्यक्रममा केन्द्रबाट अध्यक्ष, वरिष्ठ नेता, त्यसपछिका वरीयताका नेताहरु सहभागी हुँदा कतिपय अवस्थामा नेताहरुलाई नै को-को सहभागी हुने भन्ने जानकारीमा समस्या आउने गरेको थियो ।
‘अतिथि कसरी आमन्त्रण गर्ने र अतिथिका रुपमा कसरी जाने भन्ने विषयमा स्पष्ट व्यवस्था नगर्दा कहीँ अतिगिको ओइरो लाग्ने त कहीँ अत्यावश्यक महसुस हुँदासमेत अतिथिको व्यवस्था गर्न नसकिने अवस्था रहने गरेको छ,’ अध्यक्ष खनालले जारी गरेको अन्तरपार्टी निर्देशन-९ मा भनिएको छ, ‘त्यसर्थ, अव पार्टीका स्थानीय कमिटी तथा जनसंगठनहरुलाई अतिथिको आवश्यकता पर्दा सम्बन्धित अञ्चल वा जनसंगठन हेर्ने केन्द्रीय कमिटीका प्रतिनिधिमार्फत केन्द्रीय सचिवालयसमक्ष अतिथिको माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।’
Write a Comment
थप हेडलाइनहरु
- एमाले भरपर्दो पार्टी होइन :पौडेल
- देउवा भन्छन्,निर्वाचन हुन्छ, शंका नगर्नुस्’
- सञ्चारमन्त्री भन्छन्,’प्रेसमाथिको आक्रमण सह्य हुँदैन’
- आफ्नै श्रीमतीको गोली हानी हत्या
- झलनाथ भन्छन्,’मुलुक चुनावमा होमिसक्यो, कसैले रोकेर रोकिन्न’
- अश्लील भिडियो खिचेर बार्गेनिङ !
- कम्प्युटर कक्षामा छात्रालाई बोलाएर दुर्व्यवहार !
- हतारमा चुनावको मिति घोषणा गर्नु हुँदैन : देउवा
- अब फेरि वाइसिएल ब्युँताउँछौँ : अनन्त
- काठमाण्डौको ठमेलमा रातभर आगलागी



