• Saturday, 18 May 2013
  • Nepal Time: 06:45 PM
  • Japan Time: 10:00 PM

जापानमा मनाइयो जनजाति दिवस (फोटो फिचरसहित)

संघीयताले देश टुक्रिन्नः तुलाधर

टोक्यो ।  १८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघ जापानले  मानब अधिकारकर्मी पद्मरत्न तुलाधरसँग टोकियोमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ। आइतबार आयोजित सो कार्यक्रममा मानव अधिकारकर्मी तुलाधरले प्रमुख अतिथिको आसनबाट बोल्दै संघीयताले देश नटुक्रने धारणा व्यक्त गर्नु भयो । यही भ्रमका कारण संबिधान सभाको अवसान भएको भन्दै उहाँले नेपालमा जुनसुकै महत्वपुर्ण बिषयलाई पनि अन्तिम समयमा आएर बहस गर्ने नेताहरुको परिपाटी कारण समस्या  आएको बताउनुभयो । संघियताको बारेमा दलहरु र तिनका नेताहरुले जनतामा भ्रम फिंजाएकोले मुलुक जटिल परिस्थितिमा फसेको उहाँको धारणा थियो ।

नेपाल आदिबासी जनजाती महासंघ जापानले आयोजना गरेको सो कार्यक्रमका बिशेष अतिथि जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आदिबासी दिवसको उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै भन्नुभयो – मुलुकको बिकासका लागि जापान र जर्मनीजस्ता दोश्रो बिश्वयुद्धमा ध्वस्त भएका राष्ट्र हाम्रा लागि उदाहरण छन् जसले कम समयमा नै विकाशको फड्को मारेका छन् ।

यी राष्ट्रहरु बिकासमा फड्को मार्नुको पछाडि कार्यगत एकता, इमान्दारिता र मेलमिलाप नै महत्वपूर्ण रहेको पाईन्छ – उहाले थप्नुभयो। जापानमा बढ्दै गैरहेको नेपालीहरुको आत्महत्याको शृंखलाले राम्रो संदेश नजाने बताउदै उहाँले समाज तथा परिवारको मनोवल गिराउने हुँदा यस सम्बन्धि सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको विचार व्यक्त गर्नु भयो ।

महासंघका सल्लाहकार समेत रहेका १८ औं बिश्व आदिबासी दिवस समारोह आयोजक समितिका संयोजक डा. दिनेश मानन्धरको स्वागत मन्तब्यबाट शुरु भएको सो समारोहमा अन्य अतिथिहरु एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, महासंघका सल्लाहकार रेखब्लोन तामाङ, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचनलगायतका जापानका जनजाती अगुवाहरुले आदिबासी जनजाती आन्दोलनका विविध पक्षहरुका बारेमा प्रकाश पार्नुभएको थियो । कुल जनसंख्याको ४० प्रतिशत आदिवाशी रहेको मुलुकमा आदिबासी जनजातीहरु आधारभुत अधिकारबाट अझै वञ्चित रहनुपरेको अवस्थामा जनजातीहरुलाई अधिकार सम्पन्न बनाई संघीयतामा जानुको अर्थ देश टुक्रयाउनु हुनै नसक्ने धारणा राख्नुभयो ।

आदिबासी दिवस समारोहमा अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, नेपाली जनसम्पर्क समिति जापानका अध्यक्ष बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, लगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आदिबासी दिवसको उपलक्षमा शुभकामना मन्तब्य दिनुभएको थियो ।

सोहि कार्यक्रममा तामाङ समाज जापानद्वारा प्रकाशित अमृत योञ्जन तामाङले लेख्नुभएको ’बहुभाषिक शिक्षाका कुरा’ नामक पुस्तकको प्रमुख अतिथि तुलाधरले विमोचन गर्नुभयो । आदिबासी दिवस समारोहलाई प्रायोजन गरी सहयोग गर्ने टिबिआई ग्रुप, जेएमई, जेनिथ मनि ट्रान्सफर, सिटी एक्सप्रेसलगायतका ब्यवसायिक कम्पनीका प्रतिनिधिहरुलाई खादार्पण गरी  सम्मान पनि गरिएको थियो । आयोजक सँस्थाका अध्यक्ष ध्रुब भट्टचनको सभापतित्वमा सम्पन्न भएको सोसमारोहको महासचिव पासाङ शेर्पाले सञ्चालन गर्नुभएको थियो ।

Write a Comment

थप हेडलाइनहरु