• Sunday, 19 May 2013
  • Nepal Time: 06:16 PM
  • Japan Time: 09:31 PM

आत्महत्या गरेका खरेलको अन्त्येष्टी

गुल्मीवासीद्वारा धन्यवाद ज्ञापन

टोक्यो । गत साता जापानमा आत्महत्या गरेका गुल्मी इन्द्रेगौडाका खिमानन्द खरेलको अन्त्येष्टी जापानमै गरिएको छ । खरेलको अन्त्येष्टी गत शुक्रवार टोक्योको मिचियामा गरिएको हो । करिव ६ वर्षदेखि कुक भिसामा जापान आएका खरेल आराखावा कुको कुयाक्सो नजिकैको बगैचामा सोमवार विहान साढे ५ बजे मृत फेला परेका थिए । ३५ वर्षीय खरेल जापानको आराखावा कुको मिकावासिमा श्रीमतिसंगै बस्दै आएका थिए ।
यसैवीच  खरेलको दाहसंस्कारका लागि आर्थिक सहयोग गर्ने जापानवासी सम्पूर्ण नेपालीहरुलाई गुल्मीका नागरिक तथा गुल्मी समाज जापानले धन्यवाद ज्ञापन गरेको छ । आफ्नो अमुल्यवान समयका वावजुत पनि अन्तिम श्रद्धाञ्जलीका लागि सहभागि हुनु भएका जापानवासस् नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा जापानवासी गुल्मीहरुले धन्यवाद व्यक्त गरेका छन् ।

One Comment on “आत्महत्या गरेका खरेलको अन्त्येष्टी”

  • biju wrote on 6 August, 2012, 15:04

    nepali samanti sahu haru ko 12 lakha liine ejet sanga staff harulai kam nagaraune,japan ko aafthero abastha khojera staff lai ghatima godale thicne ra japan sarkar le nepali haru ko aabastha jani jani pani visa die rahanu nai nepali haru ko aatma hattya ko karan huna sak6a

    [Reply]

Write a Comment

थप हेडलाइनहरु