• Tuesday, 23 January 2018
  • Nepal Time: 05:43 AM
  • Japan Time: 08:58 AM

जापानमा नेपाली बिद्यार्थीको साझा चौतारी – नेसाज

जापानमा अध्ययनरत बिद्यार्थीहरुको एक मात्र छाता संगठनको रुपमा जापानकै पुरानो संस्थाहरुको सुचीभित्र रहेको सँस्थाको हो – नेपाली बिधार्थी समाज जापान (नेसाज ) । यहाँ उच्च शिक्षा हासिल गर्न आएका विभिन्न तह र तप्काका बिद्यार्थी एबम अनुसन्धानकर्ताहरु माझ अध्ययनका सिलसिलामा प्राप्त गरेका अनुभव, ज्ञान र सिपलाई एक-अर्कासंग आदान प्रदान गर्ने, उक्त ज्ञान र सीपलाई नेपालको बिकासमा लगाउन सकिन्छ भनेर छलफल गर्ने ,जापानमा रहेका बिद्यार्थीहरुलाई भै परी आउने समस्याको समाधानको लागि पहल गर्ने यसका साथै नेपालको शैक्षिक बिकासका कार्यहरुमा सहयोग गर्ने उद्देश्यका साथ सन् १९९७ मा नेसाजको स्थापना गरिएको हो ।

nesaj logoस्थापनाकालदेखि नै नेपाली समाजमा क्रियाशील हुँदै आएको नेसाज अहिले १४ औं कार्यसमितिमा आइपुगेको छ। मुख्यतः एक बर्षको कार्यकाल रहने यो संस्थामा हालसम्म १५ जना व्यक्तिहरुले सँस्थाको नेतृत्व सफलतापूर्वक गरिसकेका छन् । दोश्रो कार्यकालबाट अध्यक्षको कार्यअबधि १ बर्षे बनाइएपछि दोश्रो बर्षको कार्यकालमा दुर्इ जनाले संस्थाको नेतृत्व गरेको देखिन्छ ।

नेसाजलाई अहिलेसम्म जसले नेतृत्व दिए

ex-presidents-of-nesaj

डा.सुर्यराज आचार्य —- संस्थापक अध्यक्ष – — टोकियो बिश्वबिद्यालय

डा. दामोदर  ढकाल —- दोस्रो — टोकियो युनिभर्सिटी

प्रमोद अर्याल ——– दोस्रो — किन्की युनिभर्सिटी

बिनोद तिवारी —— तेस्रो ———– निगाता युनिभर्सिटी

डा.कुमार बस्नेत —— चौथौं ———सोफिया युनिभर्सिटी

गोविन्दराज पाण्डे —– पाँचौं——– साइतामा युनिभर्सिटी

कौशलराज शर्मा —- छैठौं ——– रिचुमेइकान युनिभर्सिटी

जिज्ञानकुमार थापा — सातौं ——– योकोहामा नेसनल युनिभर्सिटी

कुमार सिम्खडा —– आठौं ——– तोहोकु युनिभर्सिटी

रिशव पौडेल ———– नवौं ——— गिफु युनिभर्सिटी

डा. उज्ज्वल न्यौपाने ——- १० औं ——- जापान एडभान्सड साइन्स एण्ड टेक्नोलोजी

डा.राजेन्द्रप्रसाद पराजुली — ११ औं —— टोकियो युनिभर्सिटी

सरोज कंडेल —— १२ औं——– च्युबू युनिभर्सिटी

बिमल अधिकारी —- १३ औं——– आइची शोकुतोकु युनिभर्सिटी

कृष्णकुमार भेटुवाल —-१४ औं —– तोयोहाशी युनिभर्सिटी अफ टेक्नोलोजी

संरचना

strectureएक बर्षे कार्यकाल रहेको कार्यसमितिको अध्यक्षसहित सम्पूर्ण सदस्यहरुको ई- भोटिंग सिस्टमबाट निर्वाचन गरि कार्यसमितिको चयन गरिने यस संस्थाका सम्पूर्ण बैठकहरु इन्टरनेटबाट नै सम्पन्न हुन्छन र योजनाहरु तर्जुमा गर्ने गरिन्छ। कार्यसमितिमा जापानको होक्काइदोदेखि ओकिनावासम्मका क्षेत्रहरुमा रहेका बिद्यार्थीलाई समेट्ने गरि प्रतिनिधि छनौट गर्ने प्रचलन रहेको छ । जसमा अध्यक्ष बाहेक होक्काइदो, होन्सु, क्युशु र शिकोकु गरि ४ क्षेत्रबाट ४ जना उपाध्यक्षहरु चयन गरिन्छ। त्यसबाहेक सचिव, सह-सचिव र कोषाध्यक्षसहित बढीमा ७ जना कार्यसमिति सदस्य रहने प्राबधान छ । जसअनुसार वर्तमान कार्यसमितिको यस्तो रहेको छ ।

nesaj-ex.com

नेसाजका प्रमुख वार्षिक कार्यहरु

एक बर्ष कार्यकाल रहेको यस संस्थाले बिधानअनुरुप तलका ३ वटा कार्यहरु गर्नै पर्ने नियम रहेको छ।

१) नेसाज बौद्दिक कार्यशाला :– नेसाज बौद्दिक कार्यशाला यहाँ रहेका नेपाली बैज्ञानिक, अनुसन्धानकर्ता तथा बिद्यार्थीमाझ अत्यन्त लोकप्रिय कार्यक्रम हो। जापानमा छरिएर रहेका विभिन्न विधामा संलग्न भै अनुभवी व्यक्तित्वका साथै आफुले ज्ञान प्राप्त गर्ने हेतुले विभिन्न बिद्यालय, बिश्वबिद्यालयमा अध्यनरत बिद्धार्थीहरु यस कार्यक्रममा संलग्न हुने गर्छन। जसले गर्दा एकापसमा भेटघाट साथ-साथै ज्ञानका कुराहरु साटासाट गर्ने सुनौलो अवसर प्राप्त हुन्छ ।

knowledge-transfer

mahabir-pun

nagoya-nesaj

२) नेसाज डे  : बिदेशमा रहेर पनि नेपाली रितिरिवाज र संस्कृतिको संरक्षण र प्रबर्धन गर्ने र बिदेशमा नेपाली संस्कृतिको प्रचार गर्ने उदेश्यले नेसाज डे को रुपमा संस्थाले आफ्नो बार्षिक जन्मदिन मनाउने गरेको छ। यस कार्यक्रममा सकेसम्म धेरै नेपालसम्बन्धि चासो राख्ने बिदेशीहरुलाई निमन्त्रणा गरि नेपालको बारेमा जानकारी गराउने गरिन्छ।

nesaj-day

३) साधारण सभा : साधारण सभामा नेसाजको कार्यसमितिले आफ्नो बार्षिक प्रतिबेदन तथा बर्षभरिको कामको समिक्षा गरि नयाँ कार्यसमिति चयन प्रक्रियाहरु गर्ने गरी इन्टरनेको माध्यमबाट वार्षिक साधारणसभा गर्ने प्राबधान छ ।

संस्थाले सम्पन्न गरेका मुख्य कामहरु

क) सामाजिक क्षेत्रतर्फ –

स्थापनाकालदेखि नै सामाजिक कार्यहरुमा क्रियाशीलता देखाउँदै आएको नेसाजले विभिन्न क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्न सफल भएको छ । जसको लागि केहि मुख्य उदाहरण – शैक्षिक गुणस्तर उकास्नको लागि शिक्षकको अभाब भएकोले चितवनको कविलासस्थित एक बिद्यालयलाई सँस्थाकै खर्चबाट एक जना शिक्षक उपलब्ध गराइएको, “चेपाङ्ग” समुदायमा पढाइको रुचि बढाउनको लागि बिद्यालय पोशाक वितरण गरिएको, पत्रकार रबिन थपलियाको उपचारको लागि सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको, मुटु रोगी बालिका अलिशा दुवाडीको उपचारको लागि सहयोग रकम प्रदान गरिएको, ब्लड क्यान्सरबाट पिडीत नेपाली बिद्यार्थी रोमा गुरुङको उपचारमा सहयोगार्थ रकम संकलन गरि हस्तान्तरण गरिएको थियो ।

social

यस्तै कोशी बाढि पीडितका लागि आर्थिक सहयोग गर्नका लागि रकम संकलन गरी प्रधानमन्त्री सहयोग कोषलाई हस्तान्तरण गरिएको छ । यसका साथै अन्य बिभिन्न संघ सस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

ख) शैक्षिक गतिबिधितर्फ –

अध्ययनको सिलसिलामा जापानमा आउने तथा आउन चाहने बिद्दार्थीहरुको लागि जापानबारे जानकारी प्राप्त गर्न सजिलो होस् भनि नेसाजले जापानमा भएका सम्पूर्ण छात्रवृत्तिको सूचना संकलन गरि आफ्नो आधिकारिक होमपेज तथा सामाजिक संजाल फेसबुकबाट सूचना सम्प्रेषित गर्ने गरेको छ । साथै जापानमै रहेका बिद्दार्थीहरुलाई उच्च शिक्षाको अवसरको बारेमा जानकारी गराउन शैक्षिक सेमिनार गर्ने गरेको छ।

ग) अतिरिक्त क्रियाकलाप

footballयहाँ रहेका बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र आफ्नो प्रतिभाको विकास गराउन टेवा पुगोस भन्ने उद्देश्यसहित गत बर्षदेखि वार्षिक रुपमा “जापानिज भाषामा बक्त्रित्वकला प्रतियोगिता” संचालन गरिएको छ । यस्तै अन्य सँस्थासंगको संयोजनमा फूटबल प्रतियोगिता, चाडपर्व बिशेष कार्यक्रमहरु गर्दै आइरहेको छ ।

lakhe-dance

lakhe-dance-2

nesaj-day


कसरी पाइन्छ सदस्यता ?

नेसाज गैर राजनैतिक स्वयंसेवकहरुको संस्था भएको कारणले सँस्थाभित्र राजनीतिक तथा धार्मिक छलफललाई निषेध गरिएको छ । यसका साथै नेसाजका सम्पूर्ण कार्यहरु इन्टरनेट मार्फत सम्पन्न हुने भएकोले साइबर क्राइमसंग सम्बन्धित कुनै पनि काम गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । त्यस्तो पाइएमा नेसाज कार्यसमितिको निर्णयबमोजिम उक्त सदस्यलाई साधारण सदस्यताबाट समेत निष्कासन गर्ने अधिकार रहेको छ। संस्थाले आफ्ना सदस्यहरु बढाउन ३ प्रकारबाट सदस्यता वितरण गर्न सकिने प्राबधान राखेको छ । यस सँस्थामा एकपटक सदस्य बनिसकेपछि पुनः नवीकरण गरिरहनु पर्दैन । सदस्य बन्नको लागि सदस्यता शुल्क १ हजार जापानिज येन आवश्यक पर्दछ । सदस्यताको प्रकृतिअनुसार निर्वाचन प्रक्रियामा भाग लिन पाउने र नपाउने व्यवस्था रहेको छ ।

१) नियमित साधारण सदस्य- जो हाल बिद्यार्थीको रुपमा कुनै पनि शैक्षिक संस्थामा आबद्ध छन् (अनुसन्धानकर्तालाई बिधार्थीको रुपमा गणना गरिएको छैन) ति विद्यार्थीलाई यस किसिमको सदस्यता प्रदान गरिन्छ । यस्तो सदस्यलाई नेसाजको साधारणसभामा भोट गर्ने अधिकार हुन्छ। १२ औं कार्यसमिति अघिसम्म यस किसिमको सदस्यता बने पनि बिश्वबिधालय भन्दा बाहिरका विद्यार्थीलाई निर्वाचन प्रक्रियाबाट बन्चित गरिएको थियो । तर, १२ औं कार्यसमितिले आफ्नो बिधानमा भएको कार्यसमिति चयन प्रक्रियाको लागि बिश्वबिधालय अन्तर्गतका बिद्यार्थी हुनुपर्ने मान्यतालाई संसोधन गर्दै जापानमा आइ कुनै पनि क्षेत्रमा अध्ययन गरिरहेको बिद्यार्थीले कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा भाग लिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि नियमित सबै सदस्यले कार्यसमिति चयन प्रक्रियामा भाग लिन पाउने भएका हुन् ।

२) अफिलिएटेड सदस्य- जो पहिले नियमित साधारण सदस्य थिए, उनीहरु बिद्दार्थी जीवनबाट सामाजिक जीवनमा प्रवेश गरेपछि उनीहरुले स्वत: यस किसिमको सदस्यता पाउने व्यवस्था छ । यस प्रकारको सदस्यलाई नेसाजको साधारणसभामा भोट गर्ने अधिकार हुँदैन ।

३) फेमिलि सदस्य – जो व्यक्ति विभिन्न व्यवसायमा आवद्द भइ नेसाजलाई माया गर्ने शुभ चिन्तकको रुपमा रहन्छन उनीहरुलाई यस किसिमको सदस्यता प्रदान गरिने छ । जसको लागि १ हजार जापानिज येन आवश्यक पर्छ । यस प्रकारको सदस्यलाई नेसाजको साधारणसभामा भोट गर्ने अधिकार हुँदैन ।

सदस्यताको लागि आफु नजिकको नेसाज कार्यसमितिका साथीहरुलाई सम्पर्क गर्न वा नेसाजको मेल ठेगानामा मेल गर्नुपर्ने हुन्छ ।

नेसाजको अधिकारिक होमपेज – www.nesaj.org

अधिकारिक फेसबुक पेज – http://www.facebook.com/groups/101145103269/?fref=ts

सम्पर्क मेल ठेगाना – president@nesaj.org, secretary@nesaj.org

 

 

 

4 Comments on “जापानमा नेपाली बिद्यार्थीको साझा चौतारी – नेसाज”

  • Prashant wrote on 19 January, 2013, 11:37

    Namaste page padna pauda Sarai kushi lageyo hall ma ne Okinawa Japan Mai studey ko silsila ma xu so k neshaj ko contact Okinawa ko student sanga xa ade xa vane kasari contact garne hola ane navaya ko vaya aha pani neshaj ko xetra banauna mildai & I would like to member neshaj so my Facebook id call_me408@ yahoo. Com I m wait for responses thank you

    [Reply]

  • ramu kharel wrote on 15 February, 2013, 13:37

    namaskar page padhna pauda khusi lagao hami kasari involve hun sak6ue hami pani yasma involve hun chahan6ue hami 9 jana student futaba foreign language chiba ma pad6ue suggestion dinu hola

    [Reply]

  • sandesh pokharel wrote on 20 February, 2013, 5:22

    Prasanta Ji & Ramu ji
    नेसाजको प्रोफाइल पढेर यस सस्था संग आवद्द हुन चाहनु भएकोमा खुशी ब्यक्त गर्दै यस सस्थामा हार्दिक स्वागत गर्न चाहन्छौ | यसमा आवद्द हुन चाहनुहुने साथीहरुले मेरो व्यक्तिगत मेल आइडी मा हजुरहरुले सम्पर्क नम्बर पठाइदिनु भएको खण्डमा सम्पर्क गर्न सहज हुने थियो |
    सम्पर्क – bye_sandy11@hotmail.com
    mesandesh11@gmail.com

    धन्यवाद |

    सन्देश पोखरेल
    उपाध्यक्ष
    नेपाली बिधार्थी समाज जापान (नेसाज )

    [Reply]

  • tara karki wrote on 12 March, 2014, 7:11

    ho ra yar

    [Reply]

Write a Comment