• Sunday, 22 October 2017
  • Nepal Time: 03:30 PM
  • Japan Time: 06:45 PM

विदेशकै पहिलो स्कूल जापानमा !

 काठमाण्डौ । नेपाली पाठ्यक्रम अनुसार अध्यापन गराउन  ‘निजी क्षेत्रबाट स्थापित एभरेष्ट इन्टरनेशनल स्कुल’ विदेशको पहिलो नेपाली विद्यालय भएको दाबी गरिएको छ । नेपाल एजुकेशन सेन्टर टोकियो जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठले उक्त विद्यालय नेपाली भाषामै आफ्नै मौलिक कला, संस्कृति र पाठ्यक्रममा आधारित हुने जानकारी दिनुभयो । ‘

जापानमा रहेका नेपाली समूदायमा विद्यालयको अभाव खडि्कँदै गएपछि सिंगो नेपाली समुदायको सक्रियतामा जापानको राजधानी टोकियोमा आगामी अपि्रलदेखि ‘एभरेष्ट इन्टरनेशनल स्कुल, जापान’ शुभारम्भ गर्दैछौँ,’ काठमाण्डौको रिपोर्टस क्लब नेपालमा बुधबार भएको कार्यक्रममा उहाँले भन्नुभयो । 1जापानको सरकारी तथ्यांकमा २० हजार ३ सय ८३ नेपाली छन्, तीमध्ये एक हजार प्राथमिक तहमा अध्ययन गर्ने बालबालिका छन् । विद्यालयले ‘नेपाली भाषाको साम्राज्यता’ कायम गर्ने पहिलो कदम हुने डा. श्रेष्ठको भनाइ छ । ‘यसमा नेपाली भाषा ऐच्छिक रहनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसबाहेक साप्ताहिकरुपमा नेपाली भाषा संस्कृति अध्यापन गराइनेछ ।’

जापानमा काम गर्ने दम्पत्तिका सन्तानलाई नेपालमा राखेर अध्यापन गराउँदा आवासीय विद्यालयमा राख्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एकातिर जापानको व्यस्त दैनिकीका कारण आफ्ना बालबालिकासँग भेट्न समयमै सकिँदैन । नेपालमा आवासीय विद्यालय खर्चिलो पनि छ ।’अपि्रदेखि पठनपाठन सुरु हुने विद्यालयमा नेपाली शिक्षक शिक्षिका रहनेछन् भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको नेपाली पाठ्यक्रम अनुसार अंग्रेजी माध्यममा मन्टेश्वरी प्रणालीअनुसार अध्यापन गराइन्छ । ‘एभरेष्ट इन्टरनेशनल स्कुल जापान’ नेपाल एजुकेशन सेन्टर जापान -एनपीओ) को मातहतमा सञ्चालन गरिने कार्यक्रममा जानकारी गराइयो । पहिलो वर्ष नर्सरीदेखि कक्षा ३ सम्म अध्यापन गराइन्छ । वर्षेनि ‘अपग्रेट’ गर्दै माध्यमिक स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको छ ।

पहिलो वर्ष ५०-७० जना विद्यार्थीहरु भर्ना हुने अनुमान गरिएको छ । यो संख्या तेस्रो वर्षमा २०० जना पुग्ने अनुमान गरिएको छ । कार्यक्रममा एमाओवादी विदेश विभाग प्रमुख राम कार्कीले विद्यालय सुरु भएपछि नेपालमा आफन्तको छोराछोरी राख्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

One Comment on “विदेशकै पहिलो स्कूल जापानमा !”

  • Krishna kandel wrote on 27 February, 2013, 17:31

    おめでとうございます

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found