• Tuesday, 19 June 2018
  • Nepal Time: 12:58 AM
  • Japan Time: 04:13 AM

जापानमा नेपाली कफी चिनाउँदै गिरी

जापान र नेपालवीच जनस्तरमा सम्बन्ध सुरु भएको झण्डै एक सय बर्ष पुरा भएपनि दुई देशवीच आपसी ब्यापारको तिब्ररुपमा फैलिन सकेको छैन् । पछिल्लो दिनमा केही नेपाली बियरहरु जापानी बजारमा भित्रिन थाले पनि अन्य नेपाली उत्पादनहरुले जापानी उपभोक्ताको मन जित्न सकेका छैनन् ।

पछिल्लो समयमा नेपालका पहाडी भेगमा उत्पादित हाइल्याण्ड अर्गानिक कफि बिश्वमा लोकप्रिय हुँदै गइरहेका बेला जापानमा ब्यबसाय गरिरहेका हृद्दिन्द्र गिरी(शंकर)ले त्यही लोकप्रिय स्वादलाई जापानी बजारमा स्थापित गर्ने कोसिस गरिरहेका छन् ।

जापानको आइची केनमा ‘पोखरा’ ब्राण्डमा चारबटा नेपाली रेष्टुँरा संचालन गरिरहेका युवा ब्यबसायी गिरीले तीन बर्षदेखि नेपालमा उत्पादित अर्गानिक कफीको स्वाद जापानी उपभोक्तालाई चखाइरहेका छन् ।

rhiddendra-giri_nagoya-japan‘एकपटक नेपाली कफी पिएपछि जापानीहरु भुतुक्कै हुन्छन’ फार्मर्स प्यासन ब्राण्डमा जापानी बजारमा बिक्रि वितरण गरिरहेको नेपाली कफिको प्याकेट देखाउँदै गिरीले भने-‘बजारमा मागअनुसार दिनै सकेका छैनौं, यहाँ नेपाली कफीको निकै ठूलो सम्भावना छ ।’

स्याङ्जाको करिनडाँडा र मायाटारीमा करिव ३२ हेक्टरमा फैलिएको फार्ममा उत्पादन हुने कफी अहिले जापानी बजारमा बिक्रि बितरण भइरहेको छ । ‘धेरैजसो हाम्रै फार्ममा उत्पादन हुन्छ भने हामीले स्थानीय किसानको उत्पादन पनि किनिरहेका छौं’ गिरीले भने-‘स्थानीय बजारमा भन्दा हामीले डेढ गुना बढि मूल्य किसानलाई दिइरहेका छौं ।’

आइची केनकै बासिन्दा जापानी नागरिक इकेसिमा हुदाओसीको संगतले आफु कफि ब्यापारमा लागेको गिरी बताउँछन् । इकेसिमाले स्याङ्जामा एक नेपाली साझेदारसँग मिलेर ब्यबसायीक कफि खेती थालेका छन् । जसबाट उत्पादित कफिलाई गिरीको कम्पनीले जापानभर रहेका नेपाली तथा भारतीय रेष्टुँरामा बिक्रि बितरण गरिरहेको छ ।

सुरुमा आफ्नै तीनवटा रेष्टुँराबाट परिक्षणका लागि नेपाली कफीको ब्यापार गर्दा निकै उत्साहजनक प्रतिक्रिया पाएको गिरी सम्झन्छन् । त्यही उत्साहका आधारमा जापानमा नेपाली कफीको बजार बन्ने बिश्वाससहित आफुले ब्यबसायीक रुपमै कफी आयात र बिक्रिबितरण थालेको उनले बताए ।

‘हामीले ग्राहक पनि छानेर दिइरहेका छौं, जसले बेच्दा राम्रोसँग नेपाली कफीको प्रचार गरोस’ गिरीले भने-‘हामी त्यस्ता बिक्रेता रोज्दै हिडेका छौं, मागेजतिलाई दिएका छैनौं र दिनसक्ने अबस्था पनि छैन् ।’

nepali-coffee-japanआफुले ‘फेयर ट्रेड’ पोलिसी अन्र्तगत ब्यापार गरेकाले प्राप्त मुनाफामा बिक्रेतादेखि उत्पादकसम्म बाँडिएको गिरी बताउँछन् । ‘यहाँ लोकल कफी ३ सय रुपैयाँमा पाइन्छ तपाईहरुको किन प्रति किलो ३३ सय येन भनेर बिक्रेताहरु प्रश्न गर्छन, गिरीले भने-‘सिमित उत्पादन, सवै काम हातले गर्नुपर्ने र फेयर ट्रेड अन्र्तगत धेरै लाभ किसानले पनि लिने कुरा हामीले धेरै बिक्रेतालाई बुझाउन कठिन भइरहेको छ ।’

नेपालीहरुले संचालन गरेका जापानमा करिव ३ हजारवटा रेष्टुँरा छन जसले जापानी ग्राहकलाई सेवा पुर्‍याईरहेका छन् । ती सवै रेष्टुँराले नेपाली कफीलाई प्रर्बद्धन गर्दा पनि बाषिर्क सयौ टन नेपाली कफी जापानी बजारमा खपत हुने उनको दावी छ ।

अहिले गिरीको कम्पनीले बाषिर्क ५ टन कफी जापानी बजारमा खपत गरिरहेको छ । आगामी दुई बर्षभित्र बाषिर्क १० टन खपत गर्ने लक्ष्य लिइएको गिरीले सुनाए ।

उच्च पहाडी क्षेत्रमा उत्पादन भएको र अर्गानिक भएका कारण नेपाली कफीले जापानी उपभोक्ताको मन जित्नेमा उनी बिश्वस्त छन् । त्यसका लागि नेपालमा बाषिर्क हजारौं टन कफी उत्पादन हुनुपर्ने उनी बताउँछन् ।

1‘अहिले त हामी प्रतिस्पर्धा गर्ने अबस्थामा पुगेकै छैनौं, हजारौं टन चाहिन्छ प्रतिस्र्धाका लागि’ गिरीले भने- जापानमा कफी नै उत्पादन हुँदैन, केन्या लगायतका देशले यहाँको बजारमा कब्जा जमाएका छन, हामीले उत्पादन गर्न सक्यौं भने नेपाली कफीको जापानमा ठूलो बजार बनाउने सम्भावना छ ।’

अहिलेसम्म उनको ब्राण्डले जापानमा अर्गानिक प्रमाणपत्र भने लिन सकेको छैन । ‘त्यसका लागि लामो प्रकृया र ठूलो खर्च छ’ उनले भने-‘अहिले हामीले अर्गानिक भनेर प्रचार गरिरहेका छौं, सन् २०१७ सम्म हामीले अर्गानिक प्रमाणपत्र लिएरै बेच्छौं ।’ युरोपपछि अहिले पनि नेपाली कफीको खपत गर्ने दोस्रो ठूलो बजार जापान नै रहेको गिरीको दावी छ ।

जापानका बहुसंख्यक नेपाली उद्यमीजस्तै गिरी पनि रेष्टुँरेन्ट ब्यबसायबाट माथि उठेका हुन् । उनले अहिले रेष्टुँराबाहेक आयात निर्यातको काममा आफुलाई केन्द्रीत गरेका छन रेमिट्यान्स ब्यबसायमा पनि उनको सक्रियता छ । त्यसैले उनी जापानमा छोटो समयमा सफलता हात पार्ने सिमित नेपाली युवा उद्यमीको सूचीमा दरिन्छन् ।

 

 

 

Write a Comment

थप हेडलाइनहरु

    None Found