• Tuesday, 23 January 2018
  • Nepal Time: 05:21 AM
  • Japan Time: 08:36 AM

दश बर्षे यात्रामा टीवीआई र भवन भट्ट

१६ बर्षअघि भाषा अध्ययन गर्ने बिद्यार्थीरुपमा जापान प्रवेश गरेका भवन भट्ट यतिबेला जापानका नेपालीहरुवीच सफलताको प्रतिक बनेका छन् । ब्यबसाय सुरु गरेको १० बर्षको अबधिमा उनले जापानमा ब्यबसायीक साम्राज्य खडा गरेर रैथानेहरु पनि छक्क पर्ने प्रगति गरेका छन् ।

‘शेर्पा’  नेपाली रेष्टुँराबाट आफ्नो ब्यबसायीक करियर सुरु गरेका भट्टले अहिले जपानमा ७० वटा भिन्न ब्राण्डमा ७८ वटा रेष्टुँरा संचालन गर्छन् । जहाँ ३ हजार जनाले रोजगारी पाएका छन भने बाषिर्क ४५ प्रतिशतका दरले उनको सेल्स बृद्धि भइरहेको छ । भट्टले हालै टोक्यो नेपालसँग आफ्नै कार्यालयमा भने-‘अघिल्लो बर्षमात्रै १० हजार करोड येनको सेल्स भएको छ, आगामी बर्ष कम्तीमा ३० प्रतिशत बृद्धि हुन्छ ।’

‘४५ डिग्रीको ग्रोथ मेन्टेन गरेको जापानका मार्कएवल कम्पनीमध्ये हाम्रो टीवीआई ग्रुप पनि पर्दछ ।’ भट्टले जापानभित्र आफ्नो कम्पनी हैसियतलाई तथ्याङ्कमा अर्थाउँदै भने-‘यो बिजनेसमा हामी जापानभित्रै टप टेन कम्पनीमा पर्दछौं ।’

संघर्षको कथा

bhban-bhatta-2२० बर्षको उमेरमा जापान छिरेका भवनले आफ्नो बिद्यार्थी जीवनमा अन्य नेपाली बिद्यार्थीले झैं कडा संर्घष गरे । सुन्दै दन्त्यकथा जस्तो लाग्ने उनको यो सफलताको मेरुदण्ड त्यही संर्घष हो भन्छन भट्ट । ‘मैले सुरुमा भाँडा माझ्ने काम नै गरेको हुँ, दिनमा १८-१९ घण्टा काम गरेको थिएँ’ सिन्जुकुस्थित आफ्नो कार्यालयमा बसेर भवनले सम्भिmए- ‘मैले एकै बर्ष ६० वटा रेष्टुँरामा पनि काम गरेको छु । तीमध्ये ३० वटाजति रेष्टुँराले पे गरेको स्लीप त अहिले पनि सुरक्षित होला । डिस वासिङदेखि म्यानेजरसम्म काम गरेकोृ छु ।’ खासमा आफ्नो ब्यबसायीक सफलताको जग नै आफ्नो जागिरे जीवनको मुभमेन्ट र संर्घष ठान्छन उनले । भने- मैले अनुभव नलिएको रेष्टुँरा क्षेत्रमा कुनै पनि काम छैन होला । त्यो नै मेरा लागि मेरो बिश्वबिद्यालय भयो ।’

तर, त्यसलाई उनी ‘संर्घष’ भन्दा पनि ‘अनुभव’मात्र भन्न रुचाउँछन् । संर्घषका दिन सकिएर सफलता हाँसिल गरेको भन्नेसँग पनि उनी सहमत छैनन् । भन्छन-‘अहिले पनि म संर्घष नै गरिरहेको छु भिन्न तरिकाले, ५ लिनुपर्ने ठाउँमा १० लिन खोज्दा सधैं संर्घष गर्नुपर्ने रहेछ ।

२६ बर्षको उमेरमा बिजनेस सुरु गरेका भवनले सुरुमा शेर्पा ब्राण्डमा नेपाली रेष्टुँरा खोलेका थिए । तर, तीन चार महिनामै उनले त्यसको नाम र मेनु फेरेर जापानी रेष्टुरेण्ट बनाए । किन त ? ‘नेपाली भनेर पहिचान नहोस भनेरै मैले नाम र शैली फेरेको हुँ’ उनले अर्थाए-‘हामी यहाँ प्रतिस्पर्धा गर्ने भएपछि यहींको जस्तो स्वाद र शैली हुनुपर्छ, बिदेशी भनेर चिनिँदा यहाँका ग्राहकको मन जित्न गाह्रो हुने रहेछ, हाम्रो राष्ट्रियताको पहिचान दिनु जरुरी देखिन् ।’

त्यसपछि उनले लगातार बेष्ट्रोको संख्या थपिरहे जसलाई जापानी भाषामा इजागया भनिन्छ । ‘मैले सुरुदेखि नै माइनसमा गएका रेष्टुँरालाई किनेर राम्रो बनाउँदै लगेँ ।’ १० बर्षमै रेष्टुँराको संजाल ७८ वटा पुग्नुको राजबारे सोध्दा उनले भने-‘त्यसो गर्दा काम सुरु गर्ने समय, पैसा धेरै चीज बच्ने भयो, ठाउँ पनि सस्तोमा पाइने ।’

त्यसयता उनले आफ्ना रेष्टुँराको संख्या तिब्ररुपले बढाउँदै लगे । अहिले जापानभर ७० वटा ब्राण्डमा ७८ वटा रेष्टुँरा संचालनमा छन् । चेन बनाउनुको साटो किन फरकफरक नाममा भन्ने प्रश्नको जवाफमा भवनले भने-‘ चेन बनाउने पुरानो कन्सेप्ट हो, हरेक रेष्टुँरा एउटा ब्राण्ड होस, युनिक होस भन्ने मेरो योजना हो । एउटामा समस्या आउँदा चेनमा आबद्ध सवैको इमेज ड्यामेज हुने समस्या नहोस भन्ने पनि हो ।’ आफ्नो सफलताको राज तीन हजारभन्दा बढि मेहेनती स्टाफ रहेको भन्दै उनले उनीहरुलाई उत्साह होस भनेरै कम्पनीको १५ प्रतिशत बोनस सेयर स्टाफलाई दिएको बताउँछन् ।

अबको लक्ष्य

१० बर्षअघि उनको एकल प्रयासमा सुरु भएको टीवीआई कम्पनी आज टीवीआई ग्रुप बनेको जसको मातहतमा करिव २१ वटा कम्पनी रहेका छन् । रियल स्टेट, कन्सट्रक्सन, ट्राभल ट्रेड, होटल, बेभरेज, मिडिया लगायतका क्षेत्रमा लगानी गरेको छ । त्यसमध्येको एक टीवीआई फुड्सले अहिले ७८ वटा रेष्टुँरा सम्हालिरहेको छ । दुई बर्षअघि मात्र उनको कम्पनीले तीन तारे ‘तातेसिना रिसोर्ट होटल’को स्वामित्व लिएको छ । अधिकांश उनका रेष्टुारा अहिले टोक्यो क्षेत्रमा रहेकोमा अब उनी टोक्यो बाहिर पनि ब्यापार विस्तारमा लागिरहेका छन् ।

अक्टुवर तीन तारिखमा बाषिर्कउत्सव मनाउन लागेका भवनलाई हामीले उनको आगामी योजना र विस्तारबारे सोधेका थियौं । ‘१० औं बर्षगाँठ मनाइरहँदा हामीले गएको एक दशकको समिक्षा र आगामी एक दशकको कार्यदिशा बनाएका छौं ।’ उनले सुनाए-‘ सन् २०१५ सम्म जापानमा ३ सय वटा रेष्टुँरा पुर्‍याउने हाम्रो योजना छ ।’

१० बर्षसम्म आफ्नो निर्देशन र भिजनमा बिजनेस गरेका भवन अबको एक दशक ग्रुपमा कार्यरत स्टाफको भिजनमा बिजनेस गर्ने रणनीतिमा छन् । ‘उहाँहरुलाई हामीले सर्भे फारम दिएका छौं, अहिलेसम्म मेरो निर्देशनमा चल्यो, अबको दश बर्ष तपाईको निर्देशनमा म चल्छु भनेको छु, उहाँहरुको रणनीतिअनुसार म बिजनेस गर्छु ।’

नेपालबाट हार खाएको छैन

दश बर्षमा चमत्कारिक प्रगति हाँसिल गरेर जापानमा रहेका नेपालीमाझ आदर्श बन्न सफल भट्टले गएको पाँच बर्षदेखि नेपालमा पनि लगानी विस्तार गरिरहेका छन् । तर, उनले नेपालका बिजनेसबाट अपेक्षित सफलता भने पाउन सकेका छैनन् । केहीमा स्वामित्वको समस्या र केही महत्वकांक्षी परियोजनाहरुमा उनले ‘सेट ब्याक’ खानु परेको छ ।

तर भट्टले आफु नेपालमा लगानी गरेर गल्ती गरिएछ भन्ने निचोडमा नपुगेको र हार नखाएको बताउँछन् । नाफाकै लागिमात्र भन्दा पनि मातृभूमीप्रतिको दायित्वबोधका कारण आफुले नेपालमा लगानी गरिरहेको भन्दै उनले आफ्नो लगानीका ब्यबसायको अबस्था अब सुधार हुन लागेको दावी गरे ।

‘युनाइटेड ब्रअरीको स्वामित्व समस्या समाधान भइसक्यो अहिले मैले पूर्णरुपमा कम्पनीलेको स्वामित्व लिएको छु, अब उत्पादन र बजार विस्तारमा केन्द्रीत हुँदैछौं’ भट्टले भने-‘ मोमेन्टो अपेरियलमा केही समस्या हल भइसके, केही समाधानको कोसिसमा छौं, त्यो पनि छिटै सेटल हुन्छ ।’ कारोबार दैनिकको अबस्था सन्तोषजनक रहेको भन्दै उनले अन्य मझौलाखाले परियोजनामा लगानी गर्ने योजनामा रहेको सुनाए ।

‘नेपालमा रिस्क छ भन्ने जान्दाजान्दै गएको हो । सानातिना त्रुटी भए, त्यसबाट धेरै कुरा सिकियो । नेपालमा रिस्कसँगै अबसर पनि छ ।’ उनले भने-‘नेपालभन्दा जापानमा अबश्य पनि सजिलो छ लगानी गर्न र नाफा कमाउन । तर, म नेपालमा लगानी गर्न हार खाएको छैन ।’

‘ड्रिम प्रोजेक्टमा ‘एक्सिडेन्ट’

‘मेरो डि्रम प्रोजेक्ट बीबी एयरवेज हो, त्यसलाई म जसरी पनि सक्सेस गरेरै छाड्छु ।’ बीबी एयरवेज तीन महिनामै बन्द हुनुको कारण खोतल्दै उनले भने- ‘तीन महिनामै बन्द हुनु एउटा एक्सिडेन्ट थियो, त्यस्तो हुन्छ बिजनेसमा कहिलेकाहीं जुन हाम्रो नियन्त्रणमा हुन्न । हाम्रो ब्यबस्थापन र योजना राम्रो नभएको भन्ने सही हैन् ।’

‘हाम्रो मुख्य लक्ष्य जापान थियो, यहीँ आउने योजनामा थियौं, तर हामीले जुन टोन्लेसाप कम्पनीको बिमान लिजमा लिएका थियौं, त्यो कम्पनीको कागजी कमजोरीका कारण हामी जापान आउन सकेनौं’ उडान बन्द गर्नुको आफ्नो बाध्यता सुनाउँदै भवनले भने-‘अर्कोतिर मलेसियामात्र चलाएर धान्न सक्ने अबस्था थिएन, त्यसैले नियमित परिक्षणमा गएका बेला बिमान नर्फकाउने निर्णय गर्‍यौं ।’

आफ्नो डि्रम प्रोजक्ट सम्पन्न गर्न अहिले पनि लागिरहेको भन्दै उनले आगामी ६ महिनाभित्र बीबी एयरवेजको उडान सुचारु हुने दावी गरे । ‘आफ्नो स्वामित्वमा प्लेन नभएसम्म बजारमा बिश्वसनीयता आर्जन गर्न नसकिने देखियो, एयरवस ३२० -न्यारो बडी) किन्ने तयारीमा छु, बिदेशी बिमान कम्पनीहरुसँग कुरा चलिरहेको छ, कम्तीमा जनवरी फेब्रुअरीसम्म उडान सुरु गर्छु ।’ उनले आफ्नो अठोट सुनाए ।

सिधै जापान आउन सकिएन भने पनि बिचसम्म आएर अर्को एयरलाइन्ससँग कोड सेयर गरेर चलाउने कि भन्ने बिषयमा पनि छलफल भइरहेको उनले सुनाए । तत्काल अर्को समुहलाई लगानीकर्ताका रुपमा भित्राउने योजना नरहेको भन्दै उनले भने-‘६ महिनाभित्रै हाम्रै मात्र ग्रुपको लगानीमा बीबी एयरवेज आउँछ, स्थापित भइसकेपछि अरुलाई थप्दै जान सकिन्छ ।’

समुदायमा सक्रिय

कतिपय मुलुकमा सफल नेपाली ब्यबसायीहरु स्थानीय नेपाली समुदायसाग टाढै बस्न रुचाएको देखिन्छ, जो अक्सर नेपाली समुदायसाग घुलमिल हुादैनन् । तर, भवन भने जापानस्थित नेपाली समुदायसाग निरन्तर अन्तरक्रिया र सम्बन्धमा छन् । गैरआवासीय नेपाली संघ जापानको अध्यक्ष हुादै एनआरएन आईसीसी कोषाध्यक्षको जिम्मेवारी सम्हालेका भवन यतिखेर उपाध्यक्षका उम्मेदवार छन् । टोक्योभित्र वा बाहिर हुने नेपाली समुदायका कार्यक्रम सहभागी हुने, नयाा पुस्तालाई उत्साह दिने र समुदायका कार्यक्रममा सवै प्रकारको सहयोगमा उनको उत्तिकै सक्रियता देखिन्छ ।

10 Comments on “दश बर्षे यात्रामा टीवीआई र भवन भट्ट”

  • rajan ghimire wrote on 29 September, 2013, 6:56

    i had meet him in japan in parliamentary visiting 2008. i got him very intellegent, hard worker and helpful person. wishing he rising day to day.

    [Reply]

  • कृष्ण wrote on 29 September, 2013, 7:52

    A great n brave man
    All the bestb

    [Reply]

  • unknown wrote on 29 September, 2013, 11:23

    really inspired
    great job. Keep it up 🙂

    [Reply]

  • Govinda Maharjan wrote on 30 September, 2013, 5:04

    भवन भट्ट जी को जति गुणगान गएपनि कमै हुन्छ होला / मेरो बिचारमा उहाँ यस्तो सच्चा नेपाली हुनुहुन्छ जसले जापानमा बस्ने नेपालीदाजुभाईहरुको सुख दुखमा साथदिने सहयात्रीको रुपमा रहनु भएको छ / उहाको सफलताको कथा अनुसार पनि उहाले जापानमा धेरै संघर्ष गरेर आजको ठाउमा पुग्नु भएको हो र उहा जापानमा अध्यनको लागि आउने हरेक बिद्यार्थीको लागि प्रेरणाको स्रोत वा आदर्श नै हुनुहुन्छ / उहाको भिजन अनुसार राम्रो संग तैरिरहेको डुंगामा त जो पनि चद्छन तर यदि डुब्न लागेको दुनागा चढेर टर्न सकेमा नै त्यो सच्चा खेलाडी हुन्छ / उहाले त्यहि भिजन अनुसारनै बिग्रन लागेको वा माइनसमा गैरहेको व्यापार व्यवसायलाई सपार्दै एक-एक खुट्किला चढ्दै आउनुभएको छ /तर उहा यसपल्ट बीबी एअरवेज मा चाही चुक्नु भएको छ / तेही भिजन अनुसार माइनस मा गएको एअरलाइन्स लाई नै लिएर व्यवसाय सुरुगर्नुभेको भए राम्रो हुन्थ्योकी ? तर जे होस् अहिले माइनसमा गएपनि उंहाले छिटै नै प्लस मा लानुहुनेनै छ जस्तो लग्छ / यदि छिटै नै उहाको डि्रम प्रोजक्टको रुपमा रहेको बीबी एयरवेजको उडान सुरु भएमा हामी जस्तो जापानबासी NRN हरु लाई धेरै नै सजिलो हुन्थ्यो र हाम्रो मातृभूमि नेपालको बिकाशमा केहि मात्रामा भएपनि टेवा पुग्थ्योकी ? छिट्टै नै बीबी एयरवेजको उडान संचालन होस् यहि नै हाम्रो कामना छ /

    [Reply]

  • Rupendra wrote on 30 September, 2013, 6:08

    Well done sir !! I Salute u !!

    [Reply]

  • vikas wrote on 30 September, 2013, 15:36

    hello sir how r u i am very happy to c that u r in very good position and i wish you always be happy in life and one thing recently i come to japan and i want to become succesful man pls give me any tips i am working now but not satisfy with job can u help me ?

    [Reply]

  • Tikaram subedi wrote on 8 November, 2013, 13:16

    i things your really good person i have never meet you but i know you from net hope do well more god bless you and all the best and best of lick every things tara nepali neta jasto na hunu hai nrn bhanako thati ramro p hoina jasto laccha Tika from saitamake

    [Reply]

  • Krishna Prasad Paudel wrote on 9 November, 2013, 11:41

    Very Very Inspiring.This is encouraging to us.All the best.

    [Reply]

  • Alok wrote on 10 December, 2013, 8:50

    फलाम काट्दा प्रथम प्रहार जति महत्वपूर्ण छ , अन्तिम सम्म तेतीनै धैर्यता साथ् लागिरहनु पर्छ।
    हाम्रो सपना पनि सेलाएको छैन, जापानको आकाश बाट सिधै नेपाल को धर्ती मा उत्रिने। यहाको उत्साह पनि निरन्तर अगाडि बढोस। बायुसेवा को योजना ड्रिम प्रोजेक्ट हो। तपाइको बिगत १० वर्षलाइ हेर्दा अब यो धेरै टाढा छैन। विस यू अल द बेस्ट ।

    [Reply]

  • Deep wrote on 26 January, 2014, 15:19

    In my personal view it would be better and cost effective way if he could make one stop over before Nepal .any transit airport feasible for us .

    [Reply]

Write a Comment

थप हेडलाइनहरु