• Friday, 17 August 2018
  • Nepal Time: 08:28 PM
  • Japan Time: 11:43 PM

अन्तर्राष्ट्रिय साहित्य पुरस्कारबाट पत्रकार अमृत र बन्जाडे सम्मानित हुदै

Lenin Banjade 1Narayan Amrit१ सेप्टेम्बर, बेलायत । अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान (अनेवा) बेलायतले प्रवासबाट पत्रकारिता गर्दै आएका दुई पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

नेपाली साहित्य र पत्रकारितामा सक्रिय भएको भन्दै पत्रकारहरु नेपाल साप्ताहिकका नारायण तिवारी (नारायण अमृत) र कारोबार दैनिकका लेनिन बन्जाडेलाई अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठान बेलायतले सम्मान गर्न लागेको हो ।

पत्रकारद्वय नारायण अमृत र बन्जाडेलाई ३० हजार रुपैयाँको ‘अनेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । पुरस्कृत पत्रकारहरुलाई केही साताभित्र नेपालमै कार्यक्रम आयोजना गरी प्रतिष्ठानको नेपाल शाखाले सम्मान गर्नेछ । नारायण अमृत लामो समयदेखि कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन ‘नेपाल’मा डेस्क संयोजक छन् ।

बन्जाडे आर्थिक दैनिक पत्रिका ‘कारोबार’का डेस्क संयोजकका रुपमा कार्यरत छन् । सामाजिक सञ्जाल ट्विटरमा सामाजिक विकृति र विसंगतिप्रति तीखो शब्द प्रहार गर्ने दुवै पत्रकारका फलोअर ११ हजारभन्दा धेरै छन् । नेपाली साहित्य क्षेत्रमा समेत कलम चलाउने पत्रकार बन्जाडेका ‘मकै’, डल्लो’, ‘फ्लाईट नं. ७१७’, ‘खुत्रुके’, ‘फिलिम’, ‘नाममा के छ र’ जस्ता पुस्तक तथा थुप्रै रचना राष्ट्रिय दैनिकहरुमा प्रकाशित भइसकेका छन् ।

सन् २०१२ मा बेलायतमा  स्थापना भएको अन्तर्राष्ट्रिय वाङमय प्रतिष्ठानले स्थापनाकालदेखि नै हरेक वर्ष नेपाली भाषा, साहित्य र संस्कृतिका लागि योगदान पुर्याउँदै आएका नेपालका साहित्यिक सष्ट्राहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरी नेपाली डायस्पोरामाथि गर्ने अनुसन्धानका लागि ३० हजार रुपैयाँका दुईवटा र निम्न स्तरबाटमाथि उठ्न खोजेका प्रतिभालाई ५० हजार रुपैयाँको नक्षत्र पुरस्कार पनि दिदै आएको छ । प्रतिष्ठानले ‘कमलरीदेखि सभासदसम्म’ पुस्तकका लेखिका पूर्वसभासद शान्ता चौधरीलाई ५० हजार राशीको सन् २०१३ को वाङमय नक्षत्र पुरस्कार प्रदान गरेको थियो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found