• Tuesday, 19 June 2018
  • Nepal Time: 12:59 AM
  • Japan Time: 04:14 AM

पलेटीमा गजल संगै जुन नउदाउदै चम्कियो चितवन

चितवनका ३ श्रष्टाको कृति बिमोचन

लेखराम सापकोटा ,चितवन
sahitya१२ अक्टुवर ,चितवन | जुन उदाइसकेको थिएन, तैपनि शनिबार राति चितवन चम्किरहेको थियो, हाँसीरहेको थियो, बलिरहेको थियो । कारण धेरैपछि चितवनमा एकै ठाउँमा स्रष्टाहरु एकै चोटी भेला भएका थिए । ‘साहित्य महोत्सव जस्तै लागिरहेको बताउदै कवि गोविन्दराज विनोदीले भने–चितवनको साहित्यिक एकता देखेर खुसी लागेको छ ।
पलेटीमा गजल तथा कृति विमोचन समारोहमा चितवनका क्रियाशील गजलकार पुष्प अधिकारी ‘अञ्जली’ प्रभाकर पण्डित र विजराज ज्ञवालीको लोभलाग्दो एकता देखियो । अधिकारीको वाह । काठमाडु लाई कान्तिपुरकर्मी पारस नेपाल, पण्डितको ‘समय’लाई घनश्याम परिश्रमी र ज्ञवालीको सिरानीमा जुनलाई रजिन्द्र रिजालले विमोचन गरेका हुन् ।”वाह । काठमाण्डु” लाई धनराज गिरी, “समय” लाई गोविन्दराज विनोदी र “सिरानीमा जुन”लाई केशवराज आमोदीले समिक्षात्मक टिप्पणी गरेका थिए ।
अग्रगामी समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रेमविनोद नन्दन, धनराज गिरी केदारनाथ खनाल, बालकृष्ण थपलिया, डा. मतिप्रसाद ढकाल, एलवी क्षेत्री, सिर्जन अविरल, रमेश प्रभात, भूपिन, इश्वर कँडेल, डि.आर. पोख्रेल, इन्द्र रेग्मी, कपिल अज्ञात, सरिता तिवारी, विष्णु उषा, सरला जोशी, नमूना शर्मा, विनोद अनुज, उदय अधिकारी, टिकाराम रेग्मी, किसान प्रेमी, संगीत आयाम लगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पारश प्रकाश नेपाल, विशिष्ट अतिथि डाक्टर घनश्याम न्यौपाने परिश्रमी लगायतले साहित्य क्षेत्रमा देखिएका विकृतिबारे असन्तुष्टी व्यक्ति गर्दै यस्ता प्रबृतिलाई निरुत्साहीत गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रम अग्रगामी समाज नेपालका संस्थापक अध्यक्ष राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found