• Tuesday, 19 June 2018
  • Nepal Time: 12:59 AM
  • Japan Time: 04:14 AM

तिमीले हेरिरह्यौ (गीत)

तिमीले के सोचि हेरिरह्यौ

म गइरहेँ

हवाइजहाजमा आँखा चिम्लदा

तिमी मै भइरहेँ

 

तिम्रो परेलीमा अडियो थोपा

आँखा भरिएर टिलपिल

फर्कि फर्कि हेर्न नसकि

अहिले रोएँ पिलपिल

 

तिमीले हाँसेर बिदा दिँदा

मायाले मलाई समाइरह्यौ

तिम्रो मनको घाउ मलाई

सुम्सुमाउन थमाइरह्यौ

 

फेरि फर्किन्छु चाँडै भनि

म गइरहेँ

सपना बटुल्दै विरानो देशमा

तिमी मै भइरहेँ

RakeshKarki(1)

 

(इन्जिनियर राकेश कार्की
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर, लस एन्जेलस)

One Comment on “तिमीले हेरिरह्यौ (गीत)”

  • Kunjuani wrote on 15 July, 2015, 5:00

    This is not a song. Not even a poem. You want to be known as an engineer I think.

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found