• Thursday, 21 June 2018
  • Nepal Time: 08:00 AM
  • Japan Time: 11:15 AM

नागोयामा लक्ष्मी जयन्ति एबम अनेसास जापानको नियमित साहित्य शृंखला सम्पन्न(फोटो फिचर सहित)

१८ नोभेम्बर,नागोया | अन्तराष्ट्रिय साहित्य समाज जापान (अनेसास)को आयोजनामा नागोयामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ | अनेसास जापान ले आफ्नो २९ औं नियमित साहित्य शृंखला तथा १०५ औं लक्ष्मी जयन्ती १६ तारिक आइतवार नागोया स्थित नागोया अन्तराष्ट्रिय भवनमा सम्पन्न गरेको हो |IMG_9387कार्यक्रमका प्रमुख अतिथि एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेल र बिशेष अतिथि एन आर एन एसिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ (गोबिन्द )ले पानसमा दिप प्रज्ज्वलन गर्दै उद्घाटन गरिएको कार्यक्रममा अनेसास केन्द्रिय समिति उपाध्यक्ष (एसिया क्षेत्र) प्रकाश पौडेल माइल ,अनेसास जापानका अध्यक्ष आलोक चालिसे ,आइ एन सी जे का अध्यक्ष अर्जुन अधिकारी,गल्कोट समाज जापानका उपाध्यक्ष यम खत्री,नेसाज का पुर्व अध्यक्ष रिसब पौडेल , जन सम्पर्क क्षेत्रीय समिति नागोयाकी संयोजक साधना भट्टराइ,एन आर एन तोकाई होकुरिकुका सचिब अन्जन खनाल अतिथिको रुपमा उपस्थित रहनु भएको थियो |

IMG_9392महाकवी देवकोटाको जन्मजयन्तिको अवसर मा आयोजना गरिएको उक्त कार्यक्रममा आयोजक सस्थाका अध्यक्ष आलोक चालिसेले महाकविको बारेमा संक्षित चर्चा गर्नु भएको थियो भने कवयत्री प्रमिला तिमल्सिनाले महाकविको बारेमा छन्दमय रुपमा कबिता वचन गर्नु भएको थियो | त्यस्तै साहित्यका बिबिध विधाहरु प्रस्तुत गरिएको कार्यक्रममा हरि सिंखडा ,यम खड्का,रामजंग कार्की ,सुदिप पन्त , पुस्कर जंग थापा , कृष्ण अधिकारी ,प्रकाश पौडेल माइला,अर्जुन अधिकारी,श्रावण सत्यल,आलोक चालिसे, प्रकाश गौडेल, अरुण पौडेल, सन्देश पोखरेल , यम खत्री , बिष्णु प्रसाद घिमिरेले आ-आफ्नो रचना बचन गर्नु भएको थियो | आफ्नो चिठ्ठी हराएको हुनाले कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै टोक्योका पेम्बा लामाले पठाउनु भएको मेरो चिठ्ठी हरायो शिर्षकको कविता र नागोयाका बिमल अधिकारीको हाइकु कार्यक्रममा बचन गरिएको थियो | मोदीमय भएको नेपाललाइ ब्यङ्ग गर्दै कार्यक्रममा श्रावण सत्यालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दै मनोरन्जन थपेका थिए |IMG_9396

कार्यक्रममा नेपालबाट जापानको भ्रमणमा आउनु भएका साहित्यप्रेमी रामचन्द्र बरालले बिदेशमा यस्ता कार्यक्रमले नेपालीपन र नेपालीमनको आत्मियता बढ्ने भन्दै यस्तो कार्यक्रममा सहभागी हुने अवसर मिलेकोमा खुशी ब्यक्त गर्नु भएको थियो | कार्यक्रमका बिशेष अथिति रोविन्द श्रेष्ठ (गोबिन्द)ले कार्यक्रमको बारेमा सुझाब दिदै आफ्नो मन्तब्य राख्नु भएको थियो भने प्रमुख अतिथि पारसमणि पोखरेलले यस्तो साहित्यिक कार्यक्रमले मानसिक रुपमै आनन्दित तुल्याउने भन्दै एन आर एन जापान र अनेसासको संयुक्त आयोजनामा बृहत कार्यक्रम गर्न प्रस्ताब राख्नु भएको थियो |

श्रावण सत्यालले संचालन गर्नु भएको कार्यक्रममा सन्देश पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो सस्थाका महासचिब एबम कार्यक्रम संयोजक बिष्णु प्रसाद घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो |

IMG_9447

IMG_9475

IMG_9417

IMG_9397

IMG_9400

IMG_9406

IMG_9402

IMG_9403

IMG_9440

IMG_9451

IMG_9469

IMG_9426

IMG_9424

IMG_9413

IMG_9443

 

 

Write a Comment

थप हेडलाइनहरु

    None Found