• Wednesday, 22 August 2018
  • Nepal Time: 11:04 PM
  • Japan Time: 02:19 AM

गल्कोट समाज जापानको सांगीतिक धमाका सम्पन्न(फोटो फिचर सहित)

osaka३ जनवरी,नागोया | गल्कोट समाज जापानले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गरेको तीन दिने सांगीतिक धमाका ३१ तारिक ओसाकाबाट शुभारम्भ भई २ तारिक टोकियोमा समापन गरेको छ ।

बाग्लुङ्गको गल्कोट क्षेत्रमा एम्बुलेन्स संचालनार्थ आयोजना गरिएको सांगीतिक धमाकामा नेपालबाट जनगायक जीवन शर्मा, लोकगायक बद्रि पंगेनी,लोकगायिका जुना श्रीष मगर र लोकगायक थानेश्वर गौतम लाइ बोलाइएको थियो । कार्यक्रममा सबै क्षेत्रका उलेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

ओसाकामा गरिएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा सस्थाका सस्थापक अध्यक्ष एबम समाजसेवी मोहन खत्री थिए भने टोकियोमा गरिएको समापन समारोहको सांगीतिक धमकामा प्रमुख अतिथिको रुपमा महामहिम राजदुत डा.मदनकुमार भट्टराई थिए । सांगीतिक धमाकाको सभापतित्व सस्थाका अध्यक्ष हर्क थापाले गरेका थिए ।  IMG_9927

नयाँ वर्षको दिन नागोयामा प्रतिकुल मौसमका बाबजुद पनि भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो । बाक्लो हिउको पनि प्रबाह नगरी हल खचाखच हुने गरी उपस्थित दर्शकलाइ आमन्त्रित कलाकारले कहिले रुवाए त कहिले हँसाए अनि नचाए पनि ।

जनगायक जीवन शर्माका जनवादी गितको संगै भावनामा डुबुल्की मर्ने देखि गायक बद्रि पंगेनीको मातृत्वले ओतप्रोत गीतमा दर्शकका आँखा रसाएनन् मात्र आँसुका थोपा झार्दै नेपाल सम्झिन पुगेका थिए । त्यसो त गायक बद्रि पंगेनीले पनि भाबुकतामा बग्दै आँखा रसाउदै गीत गाएका थिए ।  IMG_9900

2लोकगीतको चर्चा चलिरहदा गायक थानेश्वर गौतम भने गजल गाउदै दर्शकलाई आकषर्ण गर्न सफल भएका थिए | गायिका जुना श्रीष मगरको गीतमा दर्शकले धित मरुन्जेल नाचेका थिए | कार्यकममा हालै जापानमा सम्पन्न टीबीआइ मिस टीनका फष्ट रनर अप अस्मिता गिरि र सेकेन्ड रनर अप समिक्षा थापा लाइ उनीहरुको प्रतिभाको कदर गर्दै सम्मान गरेको थियो | कार्यक्रममा सस्थाका उपाध्यक्ष यम खत्रीले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमका बिशिष्ट अतिथि एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेल र प्रमुख अतिथि एन आर एन आइ सी सी एशिया प्यासेफिकका उप संयोजक रोविन्द श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएको थियो | कार्यक्रम सस्थाका महासचिब भवानी पन्तले संचालन गर्नु भएको थियो |

IMG_9872

1

(नागोयामा कार्यक्रमको उद्घाटन गर्दै)

IMG_9888

IMG_9877

IMG_9904

IMG_9905

IMG_9878

tokyo

(टोकियोको कार्यक्रममा उपस्थित दर्शकहरु)

IMG_9883

IMG_9957

(टीबीआइ मिस टीनकी सेकेन्ड रनर अप समिक्षा थापा नृत्य प्रस्तुत गर्दै)

IMG_9924

IMG_9914

IMG_9966

3

IMG_9897

 

Write a Comment

थप हेडलाइनहरु

    None Found