• Sunday, 22 April 2018
  • Nepal Time: 06:05 PM
  • Japan Time: 09:20 PM

टीबीआई मिस टीनपछि सेलिब्रिटी भएको अनुभूति भयोः स्वीकृति

जापानको नेपाली समुदायमा पहिलो पल्ट आयोजना गरिएको टिबीआइ मिस टीन नेपाल जापानको उपाधि प्राप्त स्वीकृति भण्डारीले अाफ्नो चाहना नै फिल्ममा खेल्ने, मोडलिङ् गर्ने, ब्युटी पेजेन्टहरुमा भाग लिने भएकाले फिल्म खेल्ने अफर आएमा स्वीकार्ने बताएकी छन् । उनले अाफू भन्दा सुन्दर अफ्ना आठ प्रतिष्पर्धीहरुले मिस टीन हुनबाट बञ्चित हुनु पर्दा दुःख लागेको बताउँछिन् । स्वीकृतिले टिबीआइ मिस टीन नेपाल जापानको उपाधि जितेपछि उनीसँग टोक्यो नेपाल डटकमले गरेको संक्षिप्त कुराकानीः

swikriti-1पहिले त टीबीआई मिस टीनको उपाधी जित्न सफल भएकोमा बधाई छ ।

धेरै धेरै धन्यवाद छ तपाईँलाई अनि टोक्योनेपाल डट कम परिवारलाई ।

कसरी रहर जाग्यो ग्ल्यामर फिल्डमा आउने ?

ग्ल्यामर फिल्डमा आउने मेरो सानैदेखिको चाहना हो । सेलिब्रिटी र एक्टर एक्ट्रेसहरुजस्तै टीभीमा देखिन पाए कति खुशी हुन्थे होला जस्तो लाग्थ्यो र अहिले पनि लाग्छ । मेरो चाहना मेरो ममी, बाबालाई सुनाउँदा, उहाँहरुले पनि मलाई धेरेै इन्करेज गर्नु भयो र विस्तारै मलाई यो लाइनमा लाग्न सपोर्ट गर्दै हुनुहुन्छ ।

मिस टीनमा भाग लिने सोँच चाँही कसरी आयो ?

साँच्चिकै भन्नु पर्दा, अहिलेको टीबीआई मिस टिन नेपाल जापान २०१४ को एप्लिकेशन कल हुँदा म मेरो स्कुलको इन्टरनेशनल ट्रिपमा तीन हप्ताको लागि अष्ट्रेलियामा थिएँ । मेरो मामुले मलाई मिस टीन कन्टेस्ट हुँदैछ जापानमा, तिमि पनि भाग लिन्छौ छोरी ? भनेर सोध्नुभयो । मैले तुरुन्तै भाग लिन्छु भनें । त्यसपछि मेरो पापाले आयोजकहरुसँग सोधपुछ गरेर मेरो एप्लिकेसन पठाइदिनु भएछ । खासमा मेरो ब्युटी पेजेन्टहरुमा भाग लिने चाहना पहिलेदेखि नै छ र मैले ३-४ वर्ष अगाडिदेखि नै मिस नेपाल, मिस टीन नेपाल, मिस नेपाल यूएसएहरुको भिडियोहरु हेर्दै त्यसमा सोधिने प्रश्नहरुको उत्तरको बारेमा बुझ्दै आएकी छु । मेरो मामु पापाले पनि मलाई मेरो ब्यक्तित्व विकासको लागि ब्युटी पेजेन्टहरुमा भाग लिनुपर्छ भनेर इन्करेज गरिरहनु हुन्छ । यी यस्तै चाहना र इन्करेजमेन्टले गर्दा मलाई मिस टिनमा भाग लिने सोंच आएको हो जस्तो लाग्छ ।

मिस टीनको नाम घोषणा गर्दै गर्दा तपाईँले के सोचिरहनु भएको थियो ?

अनेस्टली भन्नुपर्दा, मिस टीनको नाम घोषणा गर्दै गर्दा डर र घड्बडाहटले मेरो मुटु साह्रै छिटो ढुकढुक गरिरहेको थियो । किनकी मसँगै मेरा अति नै सुन्दर र ट्यालेन्टेड दुई जना प्रतिष्पर्धीहरु पनि थिए, जो मिस टीनको क्राउन पर्खिरहेका थिए । उनीहरुको सुन्दरता र आत्मविश्वास देखेर मलाई मिस टीनको उपाधी पाउन सक्दिन होला जस्तो लागिरहेको थियो । तर मलाई यो पनि लागिरहेको थियो कि मेरो लक कहिलेकाँही स्ट्रङ् भइदिन्छ । त्यसैले मैले आफ्नो लकमा छोडेकी थिएँ मिस टीनको टाइटल ।

swikriti-2jpg

-प्रतियोगिता अवधिभर तपाईँलाई सबैभन्दा खुशी अनि दुःख लागेको समय कुन थियो ?
मलाई सबै भन्दा खुशी लागेको मोमेन्ट त मिस टीनमा मेरो नाम घोषणा हुँदा नै हो । तर साँच्चिकै भन्नु पर्दा त्यसैबेला मलाई अलिकति दुःख पनि लागिरहेको थियो । किनकी मेरो कारणले मेरो आठ जना प्रतिष्पर्धी साथीहरु, जो मलाई लाग्छ म भन्दा धेरै सुन्दर पनि थिए । उनीहरुले मिस टीन हुनबाट बञ्चित हुनु पर्यो । हुनत प्रतियोगितामा जित-हार त हुन्छ नै तर पनि मेरा प्रतिष्पर्धीहरुको ब्युटी र ट्यालेन्ट देखेर ममा मेरो आत्मविश्वास अलिकति हराएको थियो ।

मिस टीन बन्नु अघिको स्वीकृति र अहिलेकी स्वीकृतिमा फरक ?

(हाँस्दै…..) । खासै केही पनि फरक पाएकी छैन मैले त । म पहिलाकै स्वीकृति हो । तर तपाईहरु जस्तो मिडियाले मलाई अलिकति हाइलाइट गरिदिनु भएको छ, जसले गर्दा मलाई पनि अलिकति सेलिब्रिटी जस्तो अनुभूति भएको छ, अहिले चाँही ।

-जापानमा पढिरहनु भएकोछ, ग्ल्यामर र पढाइलाई कसरीसँगै लैजानु हुन्छ ?

अहिलेको अवस्थामा म मेरो पढाईलाई प्राथमिकता दिन्छु । तर फुर्सदको समयमा अवसरहरु आयो भने ग्ल्यामर फिल्डमा पनि म नाई भन्दिन होला । मलाई लाग्छ मेरो स्कुलले पनि मलाई सहयोग गर्छ र मेरो ममी पापाले पनि मलाई पुरै सहयोग गर्नु हुन्छ । मलाई लाग्छ, पढाइले ग्ल्यामरलाई पनि राम्रो बनाउँछ तर ग्ल्यामरले पढाइलाई साथ दिँदैन । त्यसैले मेरो प्राथमिकता पढाई हो र त्यसपछि मात्रै ग्ल्यामर ।sw
–बाबा मम्मीले ग्ल्यामर फिल्डमा भाग नलिनु भन्नु भएन ?
म सानो बच्चा हुँदा मेरो मम्मु पापाले सधैं डाक्टर बनाउने चाहना राख्नु हुन्थ्यो, तर विस्तारै मेरो चाहना र जिद्दी बानीले गर्दा अहिले उहाँहरु पनि मेरो चाहनालाई सपोर्ट गर्नुहुन्छ । ग्ल्यामर फिल्डमा लाग्नु हुँदैन भनेर त कहिले पनि भन्नु भएको छैन, बरु उल्टै धेरै कुरा सिकाउनु हुन्छ ।

यो भन्दा पहिले डान्स, मोडलिङ, म्युजिक भिडियो केहीमा काम गर्नु भएको थियो ?

मैले जापानको इहिमेमा हुने लोकल शो र प्रोग्रामहरुमा धेरै पटक डान्स परफम गरेकी छु । इहिमेमै हुने फेशन शोहरुमा धेरै पटक र्‍याम्पवाक पनि गरेकी छु र गतसाल नेपाल गएको समयमा एउटा म्युजिक भिडियो पनि गरेकीछु् । मेरो म्युजिक भिडियो पाठकहरुलाई हेर्न इच्छा भएमा यूट्युबमा ‘अन्धकार (andhakar)’ टाइप गरेर हेर्न सक्नुहुनेछ ।

-यति राम्री हुनुहुन्छ, मिस टीन पनि हुनु भो, नेपाली फिल्मको अफर आयो भने ?
(हाँस्दै…..) राम्री छु र ? धेरै धन्यवाद यहाँलाई । मिस टीन चाहीँ यसका आयोजकहरुको धेरै मेहनतले र मेरो थोरै मेहनतले हुने मौका पाएको हो । तपाईको मिडियाबाट फेरि पनि म आयोजकहरुलाई आभार ब्यक्त गर्न चाहन्छु । जहाँसम्म नेपाली फिल्ममा खेल्ने अफरको कुरा छ, मेरो चाहना नै फिल्ममा खेल्ने, मोडलिङ् गर्ने, ब्युटी पेजेन्टहरुमा भाग लिने भएकाले अवश्य पनि अफर आयो भने मैले स्वीकार्नुपर्छ । मेरो चाहना नै फिल्म र मोडलिङ लाइन भएकाले राम्रो अफरलाई मैले स्वीकार्नै पर्छ । तर अहिले नै फिल्म लाइनमा लागेर म मेरो पढाइलाई कमजोर बनाउन चाहन्न । पढेर नै एउटा सफल एक्टर बन्ने मेरो चाहना छ । पहिला म मेरो कलेज एजुकेशन सकाउन चाहन्छु ।

– राम्री मान्छे घमण्डी हुन्छ भन्छन् नि, कत्तिको घमण्डी हुनुहुन्छ ?
म घमण्डी छैन । मलाई लाग्छ, सेलिबि्रटी बन्न चाहने मान्छेलाई त्यत्तिकै घमण्डी भन्दिन्छन्, जस्तो किः सबैलाई सबैको बोल्ने तरिका, हिड्ने तरिका, आफ्नो विचारहरु राख्ने तरिकाहरु मन पर्छ भन्ने हुँदैन ।
 

miss-teen-sweetrity

नेपाली भएकाले नेपाली सन्दर्भकै कुरा गरौं, नेपालमा यो ग्ल्यामर फिल्डलाई राम्रो नमान्ने किन होला ?

हो र ? मलाई त त्यस्तो लाग्दैन । मैले यसकोबारेमा धेरै बुझेकी छैन होला । मलाई त सबैले यो फिल्डलाई राम्रो मान्छन् जस्तो लाग्छ त । अहिले धेरै मान्छेहरु ग्ल्यामर फिल्डमा आउन चाहन्छन् । नेपाली फिल्म इन्डष्ट्री पनि अहिले धेरै राम्रो भएको छ । नेपाली सेलिब्रिटीहरु पनि आफू यस लाइनमा भएकोमा गौरव गर्छन् । नेपाली मुभिहरु पनि धेरै राम्रा बनिरहेका छन् । त्यसैले, मलाइ लाग्छ, अहिले ग्ल्यामर फिल्डमा त्यस्तो नराम्रो केही छैन । तर, नेपाली समाजको ‘काम गराउनेले काम गर्नेलाई शोषण गर्ने प्रवृत्ति’ चाँही अलिअलि छ होला । मलाइ लाग्छ, यो शोषण पनि अब विस्तारै हटेर जान्छ किनकी अहिलेका युवाहरु धेरै स्मार्ट भइसकेका छन् ।

-यो सोंचलाई कसरी परिवर्तन ल्याउँन सकिएला ?
मैले भनिसकें नि, अहिले धेरै कुरा बदलिदैछ । आजभोलि ग्ल्यामर फिल्डमा आएका मान्छेहरु धेरै स्मार्ट छन् । मलाइ लाग्छ, समाज बदलिनुपर्छ । सोंचमा परिवर्तन ल्याउनलाई र यो सबै जेनेरेशन चेन्जले सम्भव छ । साँच्चिकै, -प्रोफेशनल एण्ड स्मार्ट पिपल निड टु बि इन द ग्ल्यामर वल्र्ड) ग्ल्यामर विश्वमा ब्यवसायिकता र सक्षमताको अवश्यकता छ ।

-तपाई कुन सेलिब्रिटीबाट प्रभावित हुनुहुन्छ ?
धेरै नेपाली सेलिब्रिटीहरुहबाट म प्रभावित छु । तर मलाई मनिषा कोइराला अलि बढी मन पर्छ । आईएम ट्रयुली इन्स्पायर्ड बाइ हर अल्दो सि डिडन्ट डु मेनी नेपालिज मुभिज ।

-नेपालका कुन कुन सेलिब्रेटी चिन्निुहुन्छ ? कुनै हिरो हिरोइन ?
नयाँ एक्टर एक्ट्रेसहरु धेरैजसोलाई चिन्छु । नम्रता श्रेष्ठ, प्रियंका कार्की, सुष्मा कार्की, आर्यन सिग्देल, जीवन लुइँटेल, सौगात मल्ल लगायतलाई चिन्छु तर जापानमा बसिरहेकाले सबै जनाको फिल्महरु हेर्न पाएकी छैन । प्रियंका दिज्यू (प्रियंका कार्की) र सौगात दादा (सौगात मल्ल) लाई भने एउटा म्युजिक भिडियोको सुटिङ्मा भेटेकी छु र उहाँहरुको एक्टिङ पनि देखेकी छु । उहाँहरुको लुक्स र एक्टिङ मलाई एकदमै मन परेको थियो । प्रियंका दिज्यू इज भेरी ब्युटीफुल, ट्यालेन्टेड एण्ड फ्रेन्ड्ली । आई रियल्ली लभ हर स्टाइल । सौगात दादा चाँही धेरै कुरा त गरिन तर मलाइ लाग्छ, ‘हि इज अ कुल गाइ’ ।

-तपाईलाई प्रभावित पारेको नेपालको सबैभन्दा मन पर्ने कुरा चाँही ?
मलाई नेपालीको सबैभन्दा मन पर्ने कुरा विदेशी पाहुनालाई गर्ने ब्यवहार हो । ‘दे शो अ ग्रेट हस्पिटालिटी टु अल फरेनर्स, एण्ड आइ थिङ्क दिस इज वन अफ द ग्रेट प्राइड्स अफ माई कन्ट्री’ ।

अहिले नेपालको प्रधानमन्त्री को हो थाहा छ ?
थाहा छ नि, मलाई पोलिटिक्समा तेत्ती इन्ट्रेष्ट त छैन तर कहिलेकाँही मेरो पापाले कुरा गर्सिन्छ र मलाइ भन्सिन्छ की नेपालको पोलिटिकल अफेयर्सको बारेमा पनि थाहा पाइराख्नुपर्छ । अहिलेको नेपालको प्रधानमन्त्री सुशील कोइराला हो ।

-सबैभन्दा मन पर्ने ठाउँ ?
मलाई सबैभन्दा मन पर्ने ठाउँ मेरो गृहनगर दाङ्को तुल्सीपुर हो । सायद मेरो बाल्यकाल त्यही बितेकाले होला ।

-तपाईँको भावी योजना के हो ? अनि जीवनको लक्ष्य ?
अहिले म जापानको हाई स्कुलको दोस्रो वर्षको विद्यार्थी हो । नेपालमा भन्दा अहिले म प्लस टु को ११ कक्षामा छु । अब हाइस्कुल ग्राजुएट गर्न एक वर्षजति बाँकी छ । हाइस्कुल ग्राजुएशनपछि एक्टिङ पनि सिक्ने र कलेजमा पढ्ने विचारले भारतको कुनै राम्रो कलेज ज्वाइन गर्नेबारेमा सोंचीराखेकी छु । तर अन्तिम निर्णय चाँही मामु पापासँग सल्लाह गरेर मात्र लिन्छु । कलेज ग्राजुएशन गरेर एक्टिङ सिकिसकेपछि चाँही नेपाल फर्केर नेपाली फिल्म इन्डष्ट्रीमा काम गर्न चाहन्छु । हेरौं मेरो भाग्यले मेरो चाहनालाई कहाँसम्म लैजान्छ ?
मेरो अहिलेको चाहना कुनै दिन नेपालको टप एक्ट्रेस बन्ने हो । यसका लागि तपाईहरु सबैको आर्शिवाद चहिन्छ मलाई ।

-अन्तमा केही भन्नु छ ?
म फेरि पनि पपुलर न्युज पोर्टल टोक्योनेपाल डट कमले मेरो विचार राख्ने अवसर दिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । धेरै धेरै धन्यवाद छ हजुर र हजुरको टिमलाई । यस्तै जापानमा पहिलो पटक टिबिआई मिस टीन नेपाल-जापान २०१४ को आयोजना गरेकोमा आयोजकलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । मेरो विचारमा निकै नै राम्रो र सफलतापूर्वक कार्यक्रमको आयोजना गरिएको थियो । अँ मामु पापाको सहयोगविना प्रतियोगितामा सफल हुन सक्दिन थिएँ होला, त्यसैले मेरो परिवारलाई धेरै धेरै धन्यवाद र आभार ब्यक्त गर्न चाहन्छु । प्रत्येक बाटोमा उहाँहरुको सहयोग र साथ पाउने विश्वास लिएकी छु । अन्तमा प्रतियागिताका मूल्याङ्कनकर्ता, दर्शकहरु, र मेरा प्रतिस्पर्धिहरु तथा देश विदेशमा रहेका सबै शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

याे पनि पढ्नुहाेस् ः

Write a Comment

थप हेडलाइनहरु

    None Found