• Saturday, 23 September 2017
  • Nepal Time: 04:41 PM
  • Japan Time: 07:56 PM

परदेशी

bishnu-pd-ghimire

 

 

 

 

 

 

 

 क्रान्तिले युवा खोज्दा

विदेश भासियो परदेशी

परिवर्तनको जस लिन

पछि हट्दैनन् परदेशी ।

भित्ताभरी शाही फोटा
गणतन्त्रको हिमायती परदेशी
भ्रष्ट छली नेता आउादा
खादासहित हाजिर परदेशी ।।

दायित्वको कुरा आउछ
राज्यको हो भन्छ परदेशी
अधिकारको बहस चल्दा
संजालभरी पोखिन्छ परदेशी ।।

स्वदेशका नांगाबुंगा
भन्न भ्याउछु परदेशी
जुत्ता ला’कै विदेश पसी
बिर्सिदिन्छ परदेशी ।।

नवपरदेशीको पसिना चुस्न
किन चुक्थ्यो परदेशी
मानवअधिकारको भाषण ठोक्न
संकोच मान्दैन परेदेशी ।

देशमा जति विपद् परोस
स्वदेश फिरेन परदेशी
बिपत्तिको तस्विर बेची
डलर पचाउछ परदेशी ।।

दुई चार वटा ढाबा खोल्यो
उद्यमी भनाउाछ परदेशी
एक दुई हुण्डी पठायो
अर्थतन्त्रको खम्बै सम्झन्छ परदेशी ।।

एक दुई टहरा ठड्याएपछि
लगानी भित्राए भन्छ परदेशी
आफू आफै लुछाचुडी
भातृत्वको बखान गर्छ परदेशी ।।

श्रीमतीलाई हप्काई दप्काई
हव पव मा रम्छ परदेशी
नारी पर्व केही परुन्
अतिथिमा आसिन परदेशी ।।

वृद्धवृद्दा बा आमाको
सहारा बन्दैन परदेशी
लालाबाला सन्तानको
ओत बन्दैन परदेशी ।।

रुन्छ एक्लै हाँस्छ एक्लै
पिउछ एक्लै परदेशी
ज्ञान, वैश विदेश पोखि
स्वदेश फिर्छ परदेशी ।।

बिष्णु प्रसाद घिमिरे
महासचिब
अनेसास जापान ।

Write a Comment

थप हेडलाइनहरु

    None Found