• Wednesday, 22 August 2018
  • Nepal Time: 11:04 PM
  • Japan Time: 02:19 AM

महिलाहरु को समस्या र चुनौती !

जीवन अर्याल

बिभिन्न क्षेत्र मा योगदान गर्नु हुने नेपाली महिलाहरु र अन्तर्राष्ट्रिय महिलाहरुमा हार्दिक सलाम जस्ले गर्दा समाजमा महिलाहरुको स्थान उच्चो छ, हुने क्रममा छ, अन्तर्राष्ट्रिय महिलाहरुको भूमिका र स्थानतर्फ भन्दा पनि मेरै देश तर्फ जाउँ ।

jeeban aryalएक्काइसौ सताब्दी मा समेत महिलहरु बोक्सिको आरोपमा मरिनुपर्ने, दाईजोको कारण अपहेलित हुनुपर्ने, बलात्कृतका घटनाहरु घटिरहने (अझ ४-५ बर्षका कोपिलादेखि लिएर बृदा समेत्), महिलामाथिको बेचबिखन लुट्पाट, चोरी, डकैती आदि इत्यादी के- के हुन के-के । यी त भए भौतिक घटनाहरु जुन समाजमा चौतर्फी भइरहेकाे छ । त्यस्तै मानसिक समस्याको स्थान त सुन्नमा नआए पनि झन बिकराल छ । मलाई लाग्छ यी मानसिक समस्यामा भने महिलालाई दमन गर्न पुरुष जतिकै भूमिका महिलाहरु ले नै महिलाबिरुद्ध गरिरहेका हुन्छाैं ।

जस्ताे कि बोक्सी पनि एउटा महिलाले नै बढी अर्को महिलालार्इ देक्छ । झापाको मान्छे चितवन बिहे गरेर आइन उनी असल नै किन नहुन अर्को महिलाले झापाली बुहारी हुन् है सासु ख्याल गर्नु  होला भन्यो भन्ने  जब कि नौलो मान्छे कस्तो छ १-२ वर्ष अनुभव नगरि सासु विचारा पुरानो मान्छे त्यो बुहारीले झुक्किएर गल्ती गरे पनि झापालीले गल्ती गरी भन्न जान्छिन् भने ब्यवहारमा परिवर्तन आउन सक्छ, त्यो नौली बुहारीले जुन  महिलाले त्यो जाली कुरा गरिन् एउटा घर कै सदस्य हुन उनीप्रति के भनेर सम्बोधन गर्ने, कसरी मायाँ देखाउने, माया त भित्र देखी पो आउनुपर्छ त बल्ल देखिन्छ, पलाउँन नपाउँदै मरेपछि खोजेर कहाँ पाउनु, मायाँ दिन जान्नुपर्छ आफै आउँछ, यस्ता अति सामान्य समस्याले बिकराल स्थितिको सिर्जना हुन दिनु हुँदैन । हामी महिलाहरु (म स्वयम पनि ) बोल्दा थोरै बिचार पुर्यायौं भने पनि महिला हिन्सा धेरै हदसम्म कम हुन जान्छ ।

परम्पराका नाममा विदेभपूर्ण नियममा झुन्डिनु वर्तमान युग सुहाउँदो कुरा होइन । धर्मका आधारमा लेखिएको कानूनका कारण नेपाली महिलाले सीमाभन्दा बढी विभेद सहिसकेका छन्, सहिरहेका छन्, नेपालको कानुन आफै पुनर्लेखन गर्नुपर्ने अवस्थामा छ ।

नयाँ परिवारको सद्स्यलाई अर्को सद्स्यले त मायाँ दिएर घरको नियम कानुन सिकाउनु पर्दछ्, बल्ल घरको वातावरन सहज हुन्छ । मान्छे चाहे  जुन देश, जिल्ला, गाउँठाउँको किन नहोस उसमा परिवार को राम्रो सस्कार छ भने कसैले बिगार्न सक्दैन सामान्य चुनौती को आफै सामना गर्न सक्ने हुन्छ । त्यसैले महिलालाई उसको, ब्यवहार, काम, अनुसासन, चरित्रसँग मुल्यांकन गर्नु पर्छ ,यी अति सामान्य कुराहरु हामी सबै महिलाहरुले बुझनु जरुरी छ ।

भनिन्छ महिला पुरुष एक रथका दुर्इ पाङ्ग्रा हुन । महिलाहरु पुरुषको सहयात्रामा पूर्ण हुन्छन भने पुरुषहरु को जन्म, लालनपालन्, अध्ययन प्रगती लगायत  सबै क्षेत्र महिलाहरुको हात हुन्छ, जुन कुरा पुरुषहरु पनि स्विकार गर्छन्, तर यो स्थानमा आइपुग्दा महिलाले आफ्नो भूमिकालाई परिवर्तन गर्न सकिरहनु भएको छ बिभिन्न क्षेत्रमा सहभागि गराइरहनु भएको छ । जस्तै, राजनैतिक क्षेत्र, प्राबिधिक ,बौद्धिक, बैदेशिक, कलाकारीता आदि । तर पुरुषहरु घरको काम धन्दा त्यो अनुरुप समान हुन सकिरहेका छैनन् । अफिसको काम गर्ने महिलाले घरको कम पनि त्यसरी नै गरिरहनु भएको छ, पुरुषको लुगा धुने काम समेत नछोडी तर पुरुषहले त्यसरी नै श्रीमतीको लुगा धोएर सुकाउने हिम्मत गर्नु हुन्न छिट्फुट्बाहेक ।

स्पष्ट छ, कुनै पनि हिसाबले महिला पुरुषभन्दा कमजोर छैनन् तर समाजले महिलालाई हेर्ने दृष्टिकोण गलत छ । जुनसुकै उमेर समूह भए पनि महिलाहरूप्रति (केवल पुरुषको होइन) सिङ्गै समाजको धारणा शंकालु छ । त्यसमाथि पनि एकल महिलाहरूप्रति गरिने व्यवहार, उनीहरूप्रतिको धारणा तथा उनका क्रियाकलापमाथिको निगरानी, धर्म, संस्कृति एवं नीति-नियमका नाममा उनीहरूमाथि लगाइने बन्देज तथा थोपरिने आरोपहरू सहिनसक्नु छन् । एकल हुनु महिलाको भाग्यको फल भनेर चित्त बुझाउन खोजिन्छ र उनीहरूको मनोभावनाको शोषण गरिन्छ ।

परम्पराका नाममा विदेभपूर्ण नियममा झुन्डिनु वर्तमान युग सुहाउँदो कुरा होइन । धर्मका आधारमा लेखिएको कानुनका कारण नेपाली महिलाले सीमाभन्दा बढी विभेद सहिसकेका छन्, सहिरहेका छन्, नेपालको कानुन आफै पुनर्लेखन गर्नुपर्ने अवस्थामा छ । कानुनी व्यवस्थामा समयानुकूल संशोधन परिमार्जन आवश्यक छ । समाजका विभिन्न आयाममा  परिवर्तन हुँदै जाँदा कानुनी व्यवस्थालाई पनि त्यहीअनुकूल परिमार्जन गरिनुपर्छ,  बढिरहेको यसखाले आपराधिक मनोवृत्तिलाई अंकुश लगाउन, निरुत्साहित गर्न अहिले भएका कानुनी व्यवस्थामा थप सख्ती अपनाउनु आवश्यक छ । त्यसमा विमर्श हुनु आवश्यक छ । चेतनाले सम्पूर्ण क्षेत्रमा महिला सहभागिता बृद्धी भैरहेको छ, यसलाई अझै अर्थपूर्ण सहभागिता आवस्यकता छ, महिला आन्दोलनले गरेको समाज रुपान्तरण र समानाताका आवाजहरुलाई अझ सशक्त बनाउन जरुरी छ ।

  (स्याङ्जा,  हालः जापान)

One Comment on “महिलाहरु को समस्या र चुनौती !”

  • Darshan Parajuli wrote on 11 March, 2015, 5:33

    जिवन दि
    जेहोस, हामी र हाम्रो गाँउ ठाँउमा भए गरेका कुरा पढन पाँउदा साह्रै खुसी लाग्यो ।

    [Reply]

Write a Comment

थप हेडलाइनहरु

    None Found