• Tuesday, 21 August 2018
  • Nepal Time: 08:01 PM
  • Japan Time: 11:16 PM

प्रेममा सेक्सको आवश्यकता छः नीता ढुंगाना

नायिका नीता ढुंगाना पछिल्लो समय निकै चर्चामा छिन् । उनको प्रेम प्रसङ्गले पनि उनको चर्चा चुलिएको हो । प्रेमका बारेमा पनि उनी अलिक उदार छिन् । केही बर्षभित्रै आमेशसँग घरजम गर्ने तयारीमा रहेकी नीता आखिर कस्ती नायिका हुन ? उनको निजी जीवनका सम्बन्धमा गरिएको कुराकानी ।

nita-2तपार्इको नजरमा प्रेम के हाे ?
जीवन जीउने बाटो हो ।

जीवन कसैसँग साट्न पाए समकालिन संसारमा कोसँग साट्नु हुन्थ्यो ?
म कसैसँग पनि साट्दिन । म भन्दा ठूलो कुरा अरु केही छैन ।

गहिरो पश्चाताप कहिले र केमा गर्नु भएको थियो ?
ममीको निधन हुनु भन्दा अगाडि मैले उहाँलाई समय दिन पाइन, यसमै पश्चाताप गरिरहेको छु ।

तपाई आफ्नो जीवनमा सबैभन्दा खुशी भएको क्षण ?
खुशी त म जहिले पनि हुन्छु नै । जब एउटा स्कुलको प्रतियोगीतमा नृत्यतर्फ उत्कृष्ट भएँ, सबैभन्दा धेरै खुशी सायद त्यही बेलामा थिएँ म ।

समय र फुर्सद भएको खण्डमा नेपालको कुन ठाउँमा गएर समय बिताउन मन छ ?
प्रायः धेरै ठाउँमा पुगेकी छु । ओखलढुंगा गएकी छु तर, पनि फेरि जान मन छ ।

खान पकाउने र भाडा माझ्ने काममध्ये एउटा रोज्नु परे कुन रोज्नुहुन्छ ?
खाना नै बनाउँछु म । भाडा माझ्न अल्छी लाग्छ ।

आफ्नै नजरमा तपाइका तीन कमजोरी ?
विश्वास चाडै गर्छु, धेरै बोलीरहन्छु र साना-साना कुरामा पनि गम्भिर भएर सोच्छु ।

तपाई सबैभन्दा बढी विश्वास के मा गर्नुहुन्छ ?
आफ्नो काम र परिश्रममा ।

कुनै बेला रुनुभएको छ ?
धेरै पटक रोएकी छु ।

ठट्टा र रमाइलो गर्न कत्तिको मन लाग्छ ?
एकदमै मन लाग्छ । जोक्स सुन्न मन लाग्छ ।

झुट कत्तिको बोल्नुहुन्छ ?
झुट बोल्दा घाटा नलाग्ने छ भने बोल्छु ।

तपार्इलाई सबैभन्दा रिस उठाउने कुरा ?
ठूलो कुरामा झुट बोलेको मन पर्दैन ।

nita-1अति रिस उठेको बेला मनलाई कसरी शान्त पार्नुहुन्छ ?
मलाई रिस उठेको बेला कोही पनि वरिपरी नआए हुन्छ । डेढ घन्टा नबोली बस्छु ।

आफ्नो जीवन र कर्मको मुल्यांकन एक वाक्यमा गर्नु परे ?
जीवन र कर्म दुबै दौडने घोडा हुन् ।

मद्यपान र धुम्रपान गर्नुहुन्छ ?
वियर र रक्सी केही पनि पिउँदिन । सिमित परिवार मात्र भएको कार्यक्रममा वाइनसम्म लिन्छु ।

मनले चाहेको तर पुरा गर्न नसकेको संकल्प ?
अहिलेसम्म त केही पनि छैन । यो गर्नै पाएको छैन भन्ने केही पनि छैन ।

प्रेम र सेक्स बीचको सम्बन्धमा तपाइको नजरमा ?
सेक्स त मेरो वरिपरी नै आउँदैन । प्रेम भयो भने, साथ भयो भने जीवन जिउन रमाइलो हुन्छ । मलाइ लाग्दैन प्रेममा सेक्सको आवश्यकता छ ।

 

भगवान मान्नुहुन्छ ? कसमा बढी विश्वास गर्नुहुन्छ ?
म साइबाबा मान्छु ।

तपाइको पहिलो डेटिङ ?
डेटिङ गएकी थिएँ, तर ठ्याक्कै मिति याद छैन ।

तपाइको पहिलो चुम्बन ?
३ बर्ष अगाडि आमेष भण्डारी (प्रेमी)ले निधारमा गर्नु भएको थियो ।

तपाइलाई पठाइएको पहिलो प्रेमपत्र ?
म कक्षा ४ मा पढ्दा एक जना प्रदिप भन्ने केटाले प्लेन बनाएर पठाउँथ्यो, कालोपाटीमा ‘आइ लभ यू नीता’ भनेर लेख्थ्यो ।

तपाइको पहिलो कमाई ?
सिरियल चेतनाबाट ५ सय रुपैयाँ कमाएकी थिएँ ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found