• Friday, 24 November 2017
  • Nepal Time: 11:24 AM
  • Japan Time: 02:39 PM

म फिर्नेछु चौतारी …

bishnu ghimireके सुन्दैछु आमा !!
अहिलेको हिंउदमा त
घर मुनिको पधंेरी सुक्यो अरे ?

त्यहि पंधेरिको पानी जस्तो
लाग्थ्यो तिम्रो माया
घैला फेरिन्थे,पधंेर्नी बढ्थे
तर न कुनै हिंउदमा सुक्यो
न कुनै बर्षामा डिल नाघ्यो नै ।।

तिम्लाइ थाहा छ आमा ?
परदेशिए पछि ,
न तिम्रो जस्तो काख देखेको छु ,
न भेटेको छु ,प्यास मेटाउने पधेरीको पानी नै ।।

के सुन्दैछु बा !!
घर छेउको चौतारी
हिंउदको पहिरोले लग्यो अरे ?
हाम्रो गांउमा त
बर्षामा पनि पहिरो आउथेन नि ?

अब के हुन्छ आमा ? के हुन्छ बा ?
बटुवाको के हाल होला ?
सुकेको गला के ले भिजाउलान ?
कहाँ सुस्ताउँलान गांउलेहरु ?

बा ! चौतारीलाइ क्षति मात्रै भा’को हो कि ?
पिपलु र बर पनि लग्यो ?
तिम्रो हात समाएर ताते ताते गरेको म,
त्यहि पिपलु र बरले त सिकाए नि
जिन्दगिको खुड्किलो चढ्न ।।

तिम्लाइ थाहा छ बा ?
परदेशिय पछि
न चौतारी भेटेको छु
न सुस्ताउने समय नै ।।

ति पधेंरी र चौतारी
मेरै निम्ति बनाइएका रै’छन क्यार ?
तिनको पनि भरोसा डगमगाएछ
जिम्वाल बा’को छोरीको झैं ।

नत्र किन ?
किन सुके र किन बगे ?
किन रहेन धैर्यता ???
तिम्रा (बा-आमा)भरोसा त टुटेको छैन नि ?

कतै शंका त लाग्दैन नि ?
जेठो गांउ फर्किन्न कि ?
फेरि गांउमा रम्दैनकि ?
तिम्रो गर्भ माथि विश्वास गर ।।

म आंउछु, म फिर्छु
रम्छु अनि हास्छु
परदेशिय पछि
हांसेको छैन म
न छु रमेको नै ।।

खोतलेर मूल भेटौंला पधंेरिको
बनांउला ढुगंाको चौतारि
त्यस्मै
पिंउला ,रमाउंला
अनि सुस्तांउला
सगैं रमाउंला ।।।।।।।

•बिष्णु प्रसाद घिमिरे
महासचिब
अन्तराष्ट्रिय नेपाली साहित्य समाज ,जापान

One Comment on “म फिर्नेछु चौतारी …”

  • Madhav wrote on 15 April, 2015, 6:40

    kya man 6une rachana

    [Reply]

Write a Comment

थप हेडलाइनहरु