- Sunday, 22 April 2018
- Nepal Time: 05:05 AM
- Japan Time: 08:20 AM
विश्वका १० अनौठो सेक्स रेकर्ड
एकै दिन ११९ जनासँग सेक्सदेखि ८२ वर्षकी वेश्या
विश्वमा विभिन्न चिजमा रेकर्ड बनाए जस्तै सेक्समा पनि रेकर्ड बनाउने होड चलेको छ । जसमध्ये केही यस्ता रेकर्ड छन्, जुन यति अनौठो छ कि त्यसलाई विश्वास नै गर्न नसकिने खालका छन् । यस्ता अनौठो रेकर्डबारे तपाईले पहिलो पटक सुन्दा विश्वास नै गर्न सक्नु हुन्न । तपाईँलाई लाग्न सक्छ, यस्तो पनि हुन्छ र ? तर यस्ता धेरै अनौठो रेकर्ड छ ।
अमेरिकाकी एक महिलाले एकै दिनमा ९ सय १९ जनासँग सेक्स गरेको रेकर्ड बनाएकी छन् । जापानमा दुई सय ५० जोडीसँग सेक्स गरेको रेकर्ड कायम छ ।
यति मात्र होइन, भारतमा एक ९० मा एक पुरुष बाबु बनेका थिए ।
आउनुस्, १० सेक्स रेकर्डका बारेमा जानकारी लिनुस् ः
१. विश्वमा सबैभन्दा ठूलो ग्याङ्ग ब्यागः
अमेरिकी पोर्न अभिनेत्री लीजा स्पाक्र्सको नाममा एकै दिनमा सवै भन्दा बढी पुरुष अर्थात ११९ जनासँग यौन सम्पर्क गरेको रेकर्ड बनाएकी छन् ।
यो रेकर्ड उनले सन् २००४ को पोलिश घटना २००४ मा तेस्रो वाषिर्क ग्याङ्ग बैंग च्याम्पियनशीपमा रेकर्ड बनाएकी हुन् ।
यसअघि २००२ देखि २००३ मा पहिलो तथा दोस्रो च्याम्पियनशीपमा ६ सय ४६ तथा ७५४ जनासँगको सेक्स रेकर्ड थियो ।
२. विश्वमै सबैभन्दा ठूलो लिंग
सेक्स गर्दा लिंगको साइजको खासै महत्व हुँदैन तर ठूलो साइजको लिंगले सेक्स गर्न आनन्द हुने अनुभव गर्छन । लिंगको साइज भौगोलिक क्षेत्र अनुसार पनि फरक पर्दछ ।
अधिकांश एशियाली देशहरुमा लिंगको साइज सामान्यतः शिथिल अवस्थामा ३ इन्च हुन्छ भने अफ्रिकन देशमा ५ इन्च हुन्छ ।
तर अमेरिकाका टीभी एक्टर नोना फाल्कनको लिंगको साइज भने शिथिल अवस्थामा नै ९ इन्च तथा उत्तेजित अवस्था १३.५ इन्च रहेको छ ।
फाल्कनलाई ठूलो साइजको लिंगले गर्दा एयरपोर्टमा समस्या झेल्ने गरेका छन् । ठूलो लिंगले गर्दा अण्डरवेयरमा केही लुकाएको आशंकामा सुरक्षा अधिकारीहरुले कडाइपूर्वक चेक जाँच गर्ने गरेका छन् । उनको लिंग ठूलो भएकैले पोर्न इण्डष्ट्रीमा अफर आए पनि अस्वीकार गरेका छन् ।
अझ अनौठो त यो छ कि उनले आफ्नो मृत्युपश्चात आफ्नो लिंग आइसल्याण्डको लिंग संग्राहलय (पेनिस म्यूजियम)को दान दिने घोषणा गरेका छन् ।
३. सबैभन्दा ठूलो सामुहिक सेक्स आयोजना
विश्वमै सबैभन्दा ठूलो सामुहिक सेक्स आयोजनाको रेकर्डमा जापानीको नाम रहेको छ । उक्त सामुहिक सेक्स आयेाजनामा २५० जापानी जोडीले भाग लिएका थिए ।
यो पुरै सेक्स आयोजनाको भिडियो नै बनाइएको थियो, जुन विक्रीको लागि उपलब्ध थियो । यो सामुहिक सेक्स आयोजनामा आफ्नै जोडीका साथ सेक्स गरेका थिए । अन्यको साथ भने सेक्स गरेका थिएनन् ।
४.सबै भन्दा वृद्ध बुवाः
सेक्स रेकर्डकै कुरा गर्दा यस्तो रेकर्डमा भारत पनि पछि परेको छैन ।
सवै भन्दा बढी उमेरमा बाबु बनेर एक भारतीय रेकर्ड बनाएका छन् ।
भारतको राजस्थान राज्यको विकट गाउँमा रहेका किसान नानूराम जोगीले २००७ सालमा ९० वर्षको उमेरमा आफ्नो चौथो पत्नीबाट २१ औं बच्चाको बाबु बनेका थिए ।
५. सबैभन्दा मजबुत योनीः
४२ वर्षीय रुसका ततिता कोज्हेवनिकोवाको नाम विश्वका सबै भन्दा मजबुत योनी भएकी महिलाको रुपमा गिनिज बुकमा दर्ता गराएकी छन् ।
उनले शारीरिक ब्यायाम गरी योनी मजबुत बनाएकी हुन् । उनको योनी यति मजबुत छ कि उनको योनीद्वारा १४ किलो वजनसमेत उठाउन सक्छिन् ।
६. बढी उमेरकी बेश्याः
वेश्यावृत्तिको संसार सवैभन्दा पुराना ब्यवसाय मानिदै आएको छ । संसारको प्रत्येक देशमा वैध या अवैध रुपमा वेश्यावृत्ति हुँदै आएको छ ।
यो ब्यवसाय गर्ने कम उमेको रेकर्ड पनि महिलाकै छ । ताइपेइमा एक ८२ वर्षकी वृद्धा यस्तो पेशा अपनाएर बढी उमेरकी बेश्याको रेकर्ड बनाएकी छन् ।
उनलाई हजुरआमाको नामले चिनिने गरिएको छ । उनका अनुसार ४० वर्षअघि आफ्नो पतिको मृत्युपछि यौन ब्यवसाय गर्न थालेकी हुन् ।
७. सबैभन्दा बढी दूरीसम्म विर्य स्खलनः
होस्र्ट स्कुल्ट्जको नाम सबै भन्दा बढी दूरी सम्म विर्य खसालेको रेकर्ड बनाएका छन् ।
उनको नाममा १८ फिट ९ इन्च दूरी, सबैभन्दा बढी उचाई १२ फिट ४ इन्च तथा सवैभन्दा बढी स्पिड ४२.७ माइल प्रतिघण्टाको साथ विर्य स्खलनको रेडर्क छ ।
८. लामो समयसम्म हस्तमैथुनः
जापानको मसानोबु सातोको नाम सवै भन्दा लामो समयसम्म हस्तमैथुन गर्ने ब्यक्तिका रुपमा रेकर्ड भएको छ ।
उनले सन् २००९ मा सेन फ्रन्सिस्कोमा आयोजित विश्व हस्तमैथुन प्रतियोगितामा ९ घण्टा ५८ मिनेटसम्म हस्तमैथुनको रेकर्ड कायम गरेका हुन् ।
यसअघि ९ घण्टा ३३ मिनेट सम्म हस्तमैथुन गरेको रेकर्ड मसानोबुले नै बनाएका थिए । मसानोबु सातो जापानमा सेक्स टोयज बनाउने कम्पनीका लागि विज्ञापन गर्दछन् ।
९. धेरै बच्चा जन्माएकी आमाः
१७ औं शताब्दीमा रुसकी वेलेटिना वसीलयेवको विश्व रेकर्डमा सवै भन्दा बढी छोराछोरी जन्माउने आमाको गौरव प्राप्त गरेकी छन् । उनले कुल ६९ बच्चाको जन्म दिएकी छन् ।
उनले कहिले पनि एउटा मात्रै बच्चा जन्माइनन् । उनी २७ पटक सुत्केरी हुँदा ६९ बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्लयाहा, ७ पटक तिम्ल्याहा तथा चार पटक चार/चार बच्चाको जन्म दिएकी थिइन् ।
आधुनिक कालमा यो रेकर्ड चिलीकी लाटिना अल्बिनाको नाममा रहेको छ । उनले ६४ बच्चा जन्माएको दावी गरेकी छन् । आधिकारिक रुपमा भने अहिले ५५ बच्चा जन्माएको मात्रै रेकर्ड छ ।
१०. सबैभन्दा ठूलो योनीः
सवै भन्दा ठूलो लिंगको रेकर्ड जस्तै सवैभन्दा ठूलो योनीको पनि विश्व रेकर्ड रहेको छ । स्कटल्याण्डकी अन्ना स्वानले सवैभन्दा ठूलो योनी भएको महिलाको नाममा रेकर्ड राखेकी छन् ।
उनको सन् १८४६ देखि १८८८ सालमा यो रेकर्ड रहेको हो । उनको योनीको लम्बाई १९ इन्च थियो । उनको सवै भन्दा अग्ली महिलाको रुपमा अर्को पनि रेकर्ड छ । उनको १९ वर्षको उमेरमा ७ फिट ८ इन्च उचाइ थियो । १८७७ मा उनले ७ फिट उचाईका क्याप्टेन बटेरको साथ उनको विवाह भएको थियो ।
उनले सबैभन्दा ठूलो र बढी तौलको बच्चा जन्माएकी थिइन् । उनले जन्माएको बच्चाको लम्बाई ३४ इन्च तथा तौल १२ केजी थियो । तर यो बच्चा भने जीवित छैन । यो बच्चाको पुतला अहिले पनि क्लीवल्याण्ड म्युजियम अफ हेल्थमा राखिएको छ ।
Write a Comment
थप हेडलाइनहरु
- १६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान
- नेताले अदालतमा भने : मैले लगाएको अण्डरवेयर ५० वर्ष पुरानो
- आँखाको उमेर ५० करोड वर्ष
- आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ?
- सुंगुरभित्र मानव अंगहरुको विकास गराउने प्रयास !
- हतियारको विरोधमा कृत्रिम लिंग बोकेर हिड्न थाले युवतीहरू
- लौ हेर्नुस्, विश्व कीर्तिमानी भेंडा
- जापानको ओसाकाबाट देखिएको एलियन्स हो ?
- भियतनाममा सडकमा कुकुर विरालो निषेध !
- कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने !