• Tuesday, 23 January 2018
  • Nepal Time: 05:28 AM
  • Japan Time: 08:43 AM

अरुलाई हँसाए पनि आफू दुखी छन् कलाकार

कुनै बेला मिस नेपालमा भाग लिएकी पल्पसा डंगोल अहिले मेरी बास्यैबाट चम्सुरी नामले चिनिन्छिन् । १९९५ को मिस नेपाल प्रतियोगितामा भाग लिए पनि उनी मिस नेपाल भने हुन सकिनन् । तर पनि उनले त्यतिबेला वेस्ट ड्रेसको एवार्ड जितिन् । त्यतिबेला मिस नेपाल प्रतियोगितामा भागलिएपछि उनले हास्यकला क्षेत्रमा प्रवेश गरिन् । भूकम्पपछि विभिन्न पेशा ब्यवसायका मानिसहरूले पीडितहरूका लागि विभिन्न सहयोगहरू गरि नै रहेका छन् । कलाकारहरू पनि राहत वितरण सहयोगमा जुटिरहेका छन् । अरू कलाकार जस्तै पल्पसा पनि यतिबेला सामाजिक कार्यमै छिन् । पीडितहरूको सहयोगमा जुट्दाको अनुभवबारे हाँस्य कलाकार डंगोल (मेरी बास्यैकी चम्सुरी)सँग गरिएको संक्षिप्त कुराकानीः

palpasa dangolअहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले भूकम्पबाट क्षती पुगेका विभिन्न ठाउँहरुमा गइरहेका छौं । विद्यालय उद्घाटनदेखि विद्यालय बनाउने काममा अहिले व्यस्त छु ।

 भूकम्पपछि तपाई कहाँ कहाँ पुग्नु भयो र राहत वितरणदेखि पुनर्निर्माणमा कसरी लाग्नु भएको छ ?

 राहत भन्दा पनि धुमुर्स—सुन्तलीले अहिले विभिन्न जिल्लाहरुमा गएर ट्वाइलेट र विद्यालय बनाइरहनुभएको छ,म पनि त्यहि काममा सहभागी भएको थिए । उहाँहरुसँग नुवाकोट र सिन्धुपाल्चोक पुगेर सहयोग गरेको छु ।

भूकम्प गएपछि तपाईहरु विभिन्न कामको शिलशिलामा कहिले शाैचालय त कहिले विद्यालय बनाउने कामले विभिन्न जिल्लाहरु पुग्नु भएको छ । त्यहाँका भूकम्पपीडितको अवस्था कस्तो देख्नु भयो ?

हामी जहाँ जहाँ गयौं त्यहाँ कुनैं पनि घर छैंन । सबै घरहरु भूकम्पले बस्न नमिल्ने गरी ध्वस्त भएका छन् । उनीहरुको अवस्था हामीले कल्पना पनि गर्न सक्दैंनौं । हामीले ति स्थानहरुमा बच्चाहरु बढि मात्रामा डराएको देख्यौं ।

हाँस्य कलाकारहरु अरुलाई मात्र हँसाउन माहिर हुन्छन् । तर उनीहरुको वास्तविक जीवन चाहिँ कस्तो हुन्छ ?

सबैको त म भन्न सक्दिन तर मेरो विचारमा चाहि हाँस्य कलाकारहरु अरुलाई हँसाउने तर आफू चाहि दुखी हुने गर्छन जस्तैं लाग्छ ।

 यो चाहि के कारणले हुन्छ ?

के कारणले भन्दा पनि एक त परिवारलाई समय दिन सकिदैंन । हाँस्य कलाकार मात्र होइन कलाकारितामा आवद्ध सबै कलाकारहरुको रियल लाइफ भने जस्तो खुसीयाली हुन्छ जस्तो लाग्दैंन ।

पछिल्लो समय धेरै कलाकारहरु नेपालमा राम्रो भविष्य छैंन भनेर विदेश पलायन भइरहेका छन्,यो अबस्था कलाकारितामा कतिको देख्नुहुन्छ ?

म अरुको कलाकारहरुको भन्न सक्दिन तर म चाहि विभिन्न देशहरुमा पनि पुगेर आइसकेको छु । त्यसैले मेरो निजी जिन्दगीमा चाहि यो लागु हुदैंन ।

हाम्रा पाठकलाई यो भन्दिनुहोस् की कलाकारितामा लागेर आफ्नो दैनिक जीवनयापन गर्न सजिलो छ ?

मात्रै कलाकारितामा लागेर चाहि यो सम्भब छैंन । जुन मुख्य मुख्य व्यक्तिहरुको चाहि राम्रैं होला तर अरु कलाकारहरुको राम्रो जीवनयापन र राम्रो जीवनशैली हुन्छ जस्तो मलाई लाग्दैंन । म कलाकार साथैं विद्यालयमा डान्स पनि सिकाउछु सगैं विभिन्न कल्चर कार्यक्रमहरु पनि चलाउँछु त्यसैले म मेरो आफ्नो सन्तानको पेट राम्रैसँग पाल्न सक्छु ।

कति वर्ष भयो हाँस्यक्षेत्रमा लाग्नुभएको ?

म हाँस्यक्षेत्रमा लागेको मेरी बास्सैं सुरु भएको बेला देखि नै हो ।

अब आगामी दिनमा के गर्ने विचारमा हुनुहुन्छ ?

म रियल लाइफमा चाहि यहि हो हाँस्यक्षेत्रलाई निरन्तरता दिन्छु,स्टेज कार्यक्रममा सहभागी हुन्छु । ११.हाँस्य कलाकारिताक्षेत्रमा आउँन चाहानेहरुका लागी के भन्न चाहानुहुन्छ ? जो मानिस कलाकारितामा आउँन चाहान्छ उसमा मुख्यत धर्म धारण गर्ने शक्ति हुनुपर्छ । धर्य,अनुशासन र लगनशिलता भयो भने यो क्षेत्रमा काम गर्न सकिन्छ ।

(प्रस्तुतीः मनिष दाहाल)

Write a Comment

थप हेडलाइनहरु