• Sunday, 22 April 2018
  • Nepal Time: 05:58 PM
  • Japan Time: 09:13 PM

जुन अन्तिम दिन ६१ सेकण्डको एक मिनेट

विश्वको समय एक सेकेण्ड ढिलो

time 12 mid nightजुन महिनाको मध्यरातीदेखि विश्वकै समय एक सेकेण्ड ढिलो भएको छ । विश्वमा अफै यस्तो भएको भने होइन, वैज्ञानिकहरूले एक सेकेण्ड ढिलो गराएका हुन् ।

अन्तराष्ट्रिय स्टाण्डर्ड समयलार्इ मिलाउन भन्दै एक सेकेण्ड ढिला गरिएको हो ।

वैज्ञानिकहरुले पछिल्लो ३ वर्षमा विश्वको आधिकारिक समय मिलाउन यसो गरिएको हो । अन्तराष्ट्रिय स्टाण्डर्ड समय देखाउने पारमाणिविक घडीमा वैज्ञानिकहरुले एक सेकेण्ड थप गरेका हुन् । यसलाई अधिक सेकेण्ड अर्थात् लिप सेकेण्ड भनिन्छ ।

यो वर्ष ३ सय ६६ दिनको अर्थात् अधिक वर्ष हो । पृथ्वीको गति तथा यसको ऋतुहरुसँग घडीको सामान्जस्यता मिलाउनका लागि यसरी समय समयमा अधिक सेकेण्ड तथा अधिक वर्ष थप गर्ने गरिन्छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका डाक्टर डानियल म्याक मिलानका अनुसार डाइनोसरको युगका बेला पृथ्वीले २३ घण्टामै आफ्नो अक्षमा एक पटक परिक्रमा पूरा गरेको थियो । पृथ्वीलाई आफ्ना अक्षमा एकपटक पूरै घुम्नका लागि सामान्यतया झण्डै २४ घण्टा लाग्छ ।

सन् १८२० मा पृथ्वी ठ्याक्कै २४ घण्टामै आफ्नो अक्षमा परिक्रमा पूरा गरेको थियो । त्यसयता पृथ्वीको दिन औषतमा २.५ मिलिसेकेण्डले बढेको उनले बताए । सन् १९७२ यता पृथ्वीको अधिक सेकेण्ड थप गरिएको यो २६ औँ पटक हो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found