• Tuesday, 19 June 2018
  • Nepal Time: 12:56 AM
  • Japan Time: 04:11 AM

कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने !

pregnent५ जुलार्इ, बेइजिङ । एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीहरु गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने योजना बनाएको जनाएको छ । उसको योजनासँगै कम्पनीप्रति चिनियाँ सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालमा घृणा उब्जाएको छ ।

हेनान प्रान्तको एउटा वित्तीय संस्थाका कामदारहरुलाई बच्चा जन्माउने तालिकाबारे समेत निवेदन दिनुपर्ने प्रस्तावित योजनामा ल्याएको छ । एक वर्षभन्दा बढी समय काम गरेका युवतीले मात्र यस्तो निवेदन दिन सक्नेछन् । कम्पनीको स्वीकृतिविना गर्भवती भएमा उनीहरुलाई सजाय दिन सकिने पनि चेतावनी दिइएको छ ।

चीनकाे हुनान प्रान्तस्थित एक वित्त कम्पनी जिआओजुले आफ्ना महिला कर्मचारीहरुलाई बच्चा जन्माउने योजना बनाएको भए त्यसअघि सो सम्बन्धि फाराम भरेर हाकिमबाट स्विकृति गराउनुपर्ने नियम बनाएको थियो ।

नियम नमान्ने महिला कर्मचारीले एक हजार युआन जरिवाना तिर्नुपर्ने, वाषिर्क बोनस, बढुवा तथा अन्य पुरस्कारबाट समेत बन्चित गराइने कुरा समेत कम्पनीको दस्तावेजमा उल्लेख थियो ।

सो योजनालाई लिएर सामाजिक नेटवर्क र सरकारी सञ्चारमाध्यममा तिरस्कार गरिएको छ । सो कम्पनीले आफ्ना कामदारलाई मानवभन्दा पनि उत्पादनको औजारको रुपमा व्यवहार गर्न थालेको चाइना डेलीमा एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् । (एजेन्सी)

Write a Comment

थप हेडलाइनहरु

    None Found