• Sunday, 22 April 2018
  • Nepal Time: 05:56 PM
  • Japan Time: 09:11 PM

भियतनाममा सडकमा कुकुर विरालो निषेध !

अधिकांश मुलुकमा कुकुर विरालो परिवारकै सदस्य जस्तो गरी पालिन्छ । तर भियतनाममा भने कुकुर विरालो सडकमा डुलाउनसमेत पाइदैन । सरकारले नै सडकमा कुकुर लैजान निषेध गरेको हो ।

सहरमा कुकुर पाल्ने घरबेटीहरुको बिहानको धन्दा नै हुन्छ कुकुरलाई सडकतिर डुलाउनु । अनि त्यहीँ मेलोमा कतै तुक्र्याइदिनु अनि हग्राइदिनु । तर भियतनाममा भने सरकारले सडकमा कुकुर लैजान निषेध गरेको छ ।

भियतनाम सरकारले हालै संचालन गरेको पहिलो पैदल मार्गमा कुकुर बिरालो जस्ता घरपालुवा जनावर लैजान प्रतिबन्ध लगाएको छ ।

no-cat-and-dog-viyatnamहु ची मिन्ह सहरको न्युयेन हुइ पैदल सडकलाई सभ्य र व्यवस्थित बनाउन स्थानीय प्रशासनले हालै केही नियम सार्वजनिक गरेको छ ।

उक्त पैदल सडकमा कुकरबिरालो लिएर जान पाइँदैन । त्यसका साथै सडकमा रोलर-स्केटिङ गर्न समेत प्रतिबन्ध लगाइएको छ । सडकमा बसेर पिकनिक खान पनि पाइनेछैन ।

यसका साथै सडक आसपासमा चिया खाना बेच्न पनि निषेध गरिएको छ र मानिसहरुले आफुले खाने चियाकफी आफै बोकेर आउनुपर्नेछ ।

झण्डै २ करोड डलर खर्चिएर सरकारले तयार गरेको यो ६ सय मिटर पैदल सडकलाई नयाँ नियमले सफा तथा व्यवस्थित बनाउने आशा अधिकारीहरुको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found