• Tuesday, 19 June 2018
  • Nepal Time: 12:57 AM
  • Japan Time: 04:12 AM

जापानको ओसाकाबाट देखिएको एलियन्स हो ?

टोकियो । केही समयअघि जापानको ओसाकाको अकाशमा सेता ग्लोबहरू देखिए, ती हावामा उडिरहेका थिए । अकाशमा उडिरहेको जस्तो देखिने १० वटा ग्लोबहरू के थिए त ? हावामा उडेका ती जे थिए, त्यसको अनुसन्धान भइ नै रहेको होला तर त्यसैको कारण एलिएन्सको चर्चा हुन थालेको छ । धेरै मानिसहरुले हावामा उडिरहेको यी वस्तुहरु एलियन्स अर्थात यूएफओ हुनसक्ने बताएका छन् । गोलो आकारका यी वस्तुहरु हावामा तिव्र रुपमा नाचिरहेको उक्त भिडियोमा प्रष्ट देखिन्छ ।

Osaka in Japanमानिसहरुको कल्पनामा यी वस्तुहरुप्रति विशेष आकर्षक देख्न सकिन्छ । सायद यसैकारण होला, किताबदेखि फिल्मसम्म एलियन्सका कथाले ठाउँ पाएका छन् । साधारण मानिसहरुको रुची दोस्रो ग्रहको प्राणीको बारेमा थाहा पाउने देखिएको छ ।

विभिन्न देशमा बेला एलियन्सको चर्चा हुने गरेको पाइन्छ । अमेरिकामा पहिलो पटक यूएफओ अर्थात एलियन्सको चर्चा सन् १९४७ अमेरिकामा भएको थियो । एभियटर क्यानेथ अर्नाल्डले २४ जुनमा आफूले आकाशमा उडिरहेको केही अज्ञात वस्तुलाई देखेको दाबी गरेका थिए ।

जापान बोइंग ७४७ र कार्गो परिवहनमा सन् १९८६ मा यूएफओको कुरा सार्वजनिक भएको थियो । विमानका केही मानिसहरुले टोकियोमा दुई अज्ञात वस्तुहरु देखिएको कुरा स्विकार गरेका थिए । फेरि यो सधैंजस्तो अनुसन्धानमा संलग्न भयो ।

सन् १९४७ मा मेक्सिकोको रोसवेलमा यूएफओको विषय निकै चर्चा भएको थियो । यसको दुर्घटना भएको कुरा सार्वजनिक भएको थियो तर यो यूएफओ नै भएको भन्ने केही ठोस् प्रमाण फेला परेन । कोलकाताः कोलकातामा पनि सन् २००७ को अक्टोबर मा एक प्राइभेट कम्पनीका सिनियर एक्जिक्यूटिभले यसलाई देखेको दाबी गरेको थियो । उनले भिडियो बनाएको दाबी पनि गरेका थिए र उनले यसलाई एमपी बिरला  प्लानेटेरियम डिपी डौरीलाई पनि देखाएको बताएका थिए ।

मानिसका लागि बस्ने नयाँ ठाउँ के होला ? यो प्रश्नको उत्तर प्रसिद्ध वैज्ञानिक स्टिफन हकिन्सले खोजेका छन् । अब मनुष्यले आफ्नो संसार मंगल ग्रहमा बसाउने उनले दाबी गरेका छन् । ब्रम्हाण्डको थुप्रै रहस्य थाहा पाउने यी वैज्ञानिकको भनाई अनुसार मानिसहरु पूरै ब्रम्हाण्डको फैलिउन् ता कि धर्ती नष्ट भएपनि हामीसँग अर्को कुनै विकल्प हुन आवश्यक छ । हकिन्सका अनुसार परमाणु युद्ध अथवा ग्लोबल वार्मिङले धर्तीलाई नष्ट गर्ने लगभग निश्चित छ त्यसकारण मानिसहरुले अन्तरिक्षमा आफ्नो ठाउँ खोज्न आवश्यक छ ।

जापानको ओसाकाबाट यस्ताे देखिएको थियाे हेर्नुस् भिडियाे ः

Write a Comment

थप हेडलाइनहरु

    None Found