• Saturday, 22 July 2017
  • Nepal Time: 09:06 PM
  • Japan Time: 12:21 AM

श्रावण, श्रृंगार र अध्यात्मको महत्व

डा. नम्रता पाण्डे

हिन्दु क्यालेन्डर अनुसार श्रावण महिना आध्यात्मिक रुपले महत्वपूर्ण महिना मानिन्छ । तर अहिले आएर हिन्दु धर्म मान्ने महिलाहरु मात्र नभएर सबै धर्म संस्कृतिका महिलाहरुले यो महिनालाई महत्वका साथ लिएको पाइन्छ । यो महिनाभरी भगवान शिवको आराधना गरेमा पुण्य मिल्छ ।

namrata pandeआफ्नो संस्कारको परिचय मिल्छ ,शौभाग्य ,सुस्वास्थ्य मिल्छ र  मन शान्त रहन्छ भन्ने धारणा रहिआएको छ  । विशेष गरी महिलाहरुले यो श्रावणभरी ब्रत लिने , शुद्ध आहार विहार र शिवजीको  मन्दिर दर्शन गर्ने गर्दछन् । सक्नेले महिनाभरी र नसक्नेले श्रावणका प्रत्येक सोमबार यो नियमको पालना गर्दछन् ।

हुनत हाम्रो समाजमा सजिलै यसलाई हल्का अर्थ लगाइन्छ । यसलाई एउटा आधुनिक फेशन, देखावटी र ढोगीको संज्ञा दिनेहरु पनि छन् । तर वास्तविकता केलाउने हो भने धार्मिक, आध्यात्मिक, सामाजिक, साँस्कृतिक मानसिक र भौतिक दृस्टीकोंले पनि श्रावण महिना र यस महिनामा गरिने नियम पालनाको अरु बढी महत्व छ ।

मन्दिर जाँदा हुने फाइदा ;

मानिस जति नै नकारात्मक सोचाइको भए पनि मन्दिर जाने भनेपछि उसले आफ्नो सोचाई सकारात्मक बनाएको हुन्छ । उसमा थोरै भएपनि आस्था  र श्रद्धाको भाव प्रकट हुन्छ ।

के महिला, के पुरुष, के हिन्दु, के बौद्ध जो सुकैले अनुशरण गरे हुन्छ । तर विशेष  गरी महिलाहरु नै ब्रत बस्नुको कारण भने महिला-पुरुषको स्वाभाविक भिन्नता र प्राकृतिक बनौटको कारणले हो ।

हाम्रो शरीर, मन, मस्तिस्क शान्त रहन अनि व्यवहारमा र कर्ममा  सफलता प्राप्त गर्नुमा ९० प्रतिशत हाम्रो सोचाइले काम गर्दछ भने १० प्रतिशत मात्र वातावरणले प्रभाव पार्दछ ।  सकारात्मक सोचकै कारण एकै छिन किन नहोस मानिस भय र क्रोधबाट टाढा रहने अवसर प्राप्त गर्दछ । बिहानको समयमा मन्दिर दर्शन गर्नाले शारीरिक र मानसिक रुपमै मानिस स्वस्थ र स्फूर्त रहन्छ ।

रंगीचंगी गहना , कपडा र श्रृंगारको महत्व 

श्रावण महिना लागेको संकेत हाम्रा वरिपरी रहेका आमा दिदी बहिनीहरुको रंगीचंगी पहिरन र शृंगारबाट सजिलै अनुमान गर्न सकिन्छ । बिशेष गरी श्रावणमा  रातो, हरियो र पहेलो रंगको बढी प्रयोग भएको देखिन्छ । यी सबै रंग मिसिएको  झिलिमिली पहिरन, हातभरी हरिया, राता र पहेला चुराहरु, हत्केलामा रातो मेहन्दी, गलामा हरियो, रातो, पहेलो पोतेहरु  अनि सिउदोमा रातो सिन्दुरमा सजिएका महिलाहरुले आफ्नो सौभाग्यको रुपमा प्रकृतिलाई नै माथ गरिरहेको भान हुन्छ ।

बिहे गरेका महिलाहरुले शिवजीको आराधना मार्फत आफ्ना श्रीमानहरुको दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अबिबाहित महिलाहरु सज्जन, सुसंस्कृत श्रीमान पाउँ भनी शिवजीकोआराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृती र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो प्रचलनबाट ।

बिहे गरेका महिलाहरुले शिवजीको आराधना मार्फत आफ्ना श्रीमानहरुको दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने तथा अबिबाहित महिलाहरु सज्जन, सुसंस्कृत श्रीमान पाउँ भनी शिवजीकोआराधना गर्ने प्रचलनको किंबदन्ती भए पनि वास्तविक अर्थ सुविचार, सकारात्मक धारणा र प्रकृती र प्रेमको अभिव्यक्ति अनुभूति गर्न सकिन्छ यो प्रचलनबाट । अर्को तर्फ रंग हाम्रो शरीरमा तरंग/ संवेदना उत्पन्न गर्ने महत्वपूर्ण पक्ष हो । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ति चक्रहरुको प्रभाव सात रंगसँग छ त्यसरी नै महिलाहरुले प्रयोग गर्ने पहिरन र गहनाहरुका रंगले उस्तै बैज्ञानिक र आध्यात्मिक महत्व राख्दछन् ।

जस्तै रातो रंग प्रेम, शक्ति र साहसको प्रतिक, सेतो रंग पवित्रताको प्रतिक, हरियो रंग प्रकृति र आत्मीयताको प्रतिक, पहेलो रंग बौद्दिकताको प्रतिक, निलो शान्तिको प्रतिक, सुन्तला रंग रचनात्मक शक्ति, बैजनी रंग होश  र  ध्यानको प्रतिक आदि अर्थ लगाइन्छ | त्यसैले जीवन , जगत र पदार्थ संग रंगहरुको प्रभाव संगसंगै रहन्छ ।

महिलाले नै ब्रत बस्नुको कारण 

भगवान शिवलाइ कल्याणकारी, अरुको रक्षा गर्ने र शक्तिका प्रतिक  भगवानको रुपमा मानिन्छ | शिब भगवानमा भएको गुण हाम्रो आचरणमा पनि प्रवेश गरोस । हाम्रो स्वभाव पनि कल्याणकारी होस् यही देशना  भगवान शिवले मनुस्य जातिलाई दिनुभएको छ । त्यसैले भगवान शिब के महिला, के पुरुष, के हिन्दु, के बौद्ध जो सुकैले अनुशरण गरे हुन्छ । तर विशेष  गरी महिलाहरु नै ब्रत बस्नुको कारण भने महिला-पुरुषको स्वाभाविक भिन्नता र प्राकृतिक बनौटको कारणले हो ।

किनभने प्रकृतिले महिला र पुरुष दुबैलाई एकअर्काका परिपूरक मनुष्यको रुपमा जन्म दिएपनि  सामाजिक मान्यता हेर्ने हो भने सधै महिला र पुरुष बीच बहस चलिरहेको हुन्छ । एकले अर्कोलाई फरक मानेर समानताको लडाई चलिरहेको छ परापूर्व कालदेखि । हाम्रो समाज जहाँ र जहिले देखि शुरु  भएको भए पनि पुरुष प्रधानता बनेको छ र यसको वास्तविक कारण पुरुष र महिलाको दिमागी सन्तुलनको कारण अर्थात् उनीहरुको बौद्दिक क्षमता र प्रयोगको आधारमा यो रहेको छ । किनकी महिलाहरु आफ्नो दाया वाया र दुवै मष्तिस्कलाइ सन्तुलित रुपमा प्रयोग गर्न सक्दछन भने पुरुषहरु एउटा मात्र दिमागको प्रयोग गर्दछन् ।

अमेरिकी शोधकर्ताहरुको अनुसार पनि  पुरुषको मस्तिष्कको बनावट अगाडिबाट पछाडी भागतिर गएको हुन्छ र तन्तुको सहायताबाट एक दोस्रो संग जोडिएको हुन्छ । जबकि महिलाको   मस्तिष्कको बनावटमा तन्तुहरु बाया बाट दाया र दायाँबाट बायाँ दुवै तर्फबाट एक अर्कासंग जोडिएका हुन्छन् ।

पुरुषको मस्तिस्कमा तन्त्रिका तन्तुको संख्या धेरै हुन्छन भने महिलाको  मस्तिस्कमा न्युरन कोशिकाको रक्षा गर्ने भाग ग्रे मोटर धेरै हुन्छ । महिला र पुरुषको दिमागी सन्तुलन र स्वभावमा फरक पर्नुको कारण पनि यसैकाे कारण हुनसक्छ । विशेषज्ञकै अनुसार यही फरक दिमागी सन्तुलनको कारण पुरुष धेरै ब्यबहारिक र उसको दिमाग धारणा बनाउने, तर्क गर्ने र परिस्थितिलाई सम्हाल्नमा प्रयोग हुन थाल्यो भने महिलाको मस्तिस्कको बनोट अनुसार महिलाहरु बढी भावुक र बढी संबेदनशील हुन पुगे ।

यही कारण पुरुषहरु बौद्दिक र  ब्यबहारिक अनि  महिलाहरु धेरै विश्लेषनात्मक  हुनु र बुद्दिले काम लिनु भन्दा भावुक र हृदयले सोच्ने स्वभावका भए । तर हृदयले काम लिने हुदा पुरुषको भन्दा महिलाहरुको विश्लेषण गर्ने तरिका अरु गहिराई र प्रेमले भरिएको हुन्छ । त्यसैले पनि प्रकृति संग रमाउने ,एकान्तमा रमाउने, भावनामा डुब्ने लक्षण र शक्ति  महिला संग नै भएको र  ब्रत लिने ,भावनात्मक हुने र प्रार्थनामा डुब्न सक्ने स्वभाव पुरुषको कमै हुनेहुदा  महिलाहरु यस क्षेत्रमा अगाडी देखिएका हुन सक्छन् ।

हामीले जीवनमा जति भागदौड गरे पनि, जति बुद्दिमता अपनाएर, आफूलाई उच्च कोटीको मनुष्यमा राख्न चाहे पनि  हाम्रो खास उद्देश्य यो पाएको अमुल्य मनुष्य जीवन  खुशी र आनन्दित साथ  जिउनु हो । आफू खुशी र आनन्द चाहने व्यक्तिले अरुको लागि  पनि  कल्याणकारी सोच राखेर कर्म गर्दछ । जब हामीले गरेको कर्म सत्य हुन्छ , कल्याणकारी  हुन्छ अनि सुन्दर हुन्छ  तबमात्र  हाम्रो मूल मन्त्र सत्यम, शिवम, सुन्दरमको भाव  सार्थक हुनेछ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found