• Tuesday, 23 January 2018
  • Nepal Time: 05:28 AM
  • Japan Time: 08:43 AM

बेडसिन भन्नासाथै म तर्सेंः शोभा त्रिपाठी

विगत १० वर्षदेखि टेलिभिजन च्यानलहरुमा मनोरञ्जनमूलक सञ्चालन गर्दै आएकी शोभा त्रिपाठी मोडल तथा गायिका पनि हुन् । उनले प्रशस्त लोकगीतहरु गाएकी छन् भने मोडलिङ पनि प्रशस्तै गरेकी छन् । त्रिपाठीले नेपाली नारीहरुको चाड तीजका सन्दर्भमा पनि प्रशस्त्र गीतहरु गाएकी छन् । गायिका, मोडल तथा सञ्चारकर्मी त्रिपाठीसँगको कुराकानीको सारसंक्षेप ः

तपाई आफ्नाे स्वरको प्रशंसा धेरै सुन्नुहुन्छ कि रुपको ?
रुपको तारिफ गर्नेहरु थुप्रै भेट्छु । ‘ओहो Û तपाईको कस्तो मिलेको फिगर’ भन्छन् । पुरुषहरुले धेरै रुपको तारिफ गर्नुहुन्छ भने महिलाहरुले स्वरको तारिफ गर्नु हुन्छ । मलाई महिलाको कुरामा बढि विश्वास लाग्छ ।

यति राम्री हुनुहुन्छ, कुनै बेला प्रेम गर्नु भएको कि भएन ?  
कलेज पढ्दा एकजनासँग लामै अफेयर चलेको थियो । मैले टेलिभिजनमा काम गर्न थालेपछि उहाँले बिहे गरौं भन्नु भयो । तर मैले आˆनो करिअरको कुरा गरेँ । त्यसपछि हामी आ-आˆनै बाटो लाग्यौं ।

shobha tripathiजीवनमा प्रेमपत्रहरु कति आए ?
लभलेटरको मामलामा त म अलि फरवार्ड नै थिएँ । स्कुल पढ्दा म अलि बदमास खालकी केटी थिएँ । क्लास भइरहेको बेला कागजमा प्रेमका कुरा लेखेर डल्लो पार्थें र केटाहरु बसेको बेन्चमा फाल्थेँ । कागज हेरेर उनीहरु कुत्कुतिन्थे । यस्ता प्रेमपत्र कति लेखेँ लेखेँ । केटाहरुले पनि मलाई प्रेमपत्र खुबै दिन्थे । म उनीहरुलाई मख्ख पार्ने गरी जवाफ पनि लेखिदिन्थेँ । दुई-चार चोटि जवाफ लेखेर केटाहरुलाई बरालेपछि म साइड लाग्थेँ ।

तपाईंलाई कस्ता पुरुषले भित्रैदेखि आकषिर्त गर्छन् त ?
म कुनै पनि केटाको रुप हेरेर आकषिर्त हुँदैहुन्न । ग्यारेन्टी हुन्न । मलाई त विचारले तान्छ । केटाहरुको गेटअपतिर कहिल्यै जान्नँ । उसको सोच कस्तो छ, त्यसमा ध्यान दिन्छु । मैले आत्मादेखि भन्दै छु, म कहिल्यै पनि ‘ओहो, कस्तो हृयाण्डसम केटा’ भनेर भन्दिँन ।

नेपाली पुरुष कस्ता छन् ? तपाईंले खोजेजस्ता छन् कि छैनन् ?
सबैलाई एउटै डालोमा राखेर त हेर्नै मिल्दैन । केही पुरुषहरु वास्तवमै सज्जन छन् । मेरी आमा, बहिनी, श्रीमती पनि महिला नै हुन् र उनीहरुको सम्मान गर्नुपर्छ भन्ने भावना राख्छन् । अर्काथरी पुरुषहरु यस्ता पनि छन् कि, उनीहरुलाई केटीहरु देख्नै हुन्न । सुरुमा तलदेखि माथिसम्म हेर्छन् । अनि लाइन मार्छन् । आˆनो बेहोरा देखाई हाल्छन् ।

तपाईं त स्कुटी चढ्नु हुन्छ । स्कुटर चढ्नेलाई पनि लाइन मार्छन् ?
केटीले स्कुटी चलाएर हिँडेको देख्नेबित्तिकै माइक्रो बसका ड्राइभरहरु जिकज्याक गरेर गाडी चलाइदिनुहुन्छ । एकदमै असभ्य शैलीमा । प्लस टु पढ्ने केटाहरु पनि उत्तिकै रफ चलाउनुहुन्छ । पानी छ्यापेर हिँड्ने त कति हो कति । बसका चालकलाई पनि केटीले स्कुटी चलएको देख्नै हुँदैन ।

ट्राफिकले चिट काटेका छन् कि छैनन् ?
एक पटक कोटेश्वर चोकैमा ट्राफिकले समात्यो । म बाइक चलाएर मोबाइलमा कुरा गर्दै आउदै थिए । अगाडी साइड लगाएर चिट लेख्ने काम हुँदै थियो । मैले मास्क खोलेपछि चिट काट्दै गर्नु भएकी महिला ट्राफिकले चिन्नु भो र त्यत्तिकै पठाइदिनु भयो ।

तपाईं मोबाइलमा कत्तिको कुरा गर्नुहुन्छ ?
मलाई फोनमा धेरै कुरा गर्न मन पर्दैन । म त सकेसम्म छोटो कुरा गरेर फोन राख्छु । अरुले पनि लामो कुरा गरेको मन पर्दैन ।

एक जना निर्देशकले आˆनो फिल्ममा हिरोइन बन्ने प्रस्ताव राख्नु भयो । उहाँले भन्नुभयो, ‘शोभा जी, हाम्रो फिल्ममा त गुन्युचोली मात्रै हुन्न नि । स्कर्ट लाउनुपर्छ र बेडसिन पनि दिनु पर्छ ।’ बेडसिन भन्नासाथै म तर्सेँ ।

जीन्दगीमा कत्तिको रुनु भएको छ ?
हत्पत्ति रुन्न । तर, ठूलै चोट र्पयो भने बाथरुममा गएर एक्लै रुन्छु ।

पछिल्लो पटक कहिले रुनुभएको थियो ?
एउटा संस्थामा ६/७ वर्षदेखी काम गरिरहेकी थिएँ । मैले चलाउने कार्यक्रम निकै हिट थियो । सायद त्यही कारण होला, मलाई विभिन्न खाले आरोप लगाईयो । मैले सहनै सकिन । अनि एक्लै बसेर रोएँ । ढोका थुनेंर रोएँ । म आफु रोएको कुरा म सकेसम्म कसैलाई थाहै दिन्न । धेरै रुँदा आँखा सुनिन्छ । साथीहरु सोध्छन् के भयो भनेर । राती निन्ऽा लागेन भनेर टारिदिन्छु ।

हाँस्न चाहिँ कत्तिको हाँस्नुहुन्छ ?
म प्राय हाँसीखुसी बस्न मन पराउँछु । प्रायः म रोमान्टिक नै हुन्छु । हाँस्ने र हँसाउने दुबै काममा सक्रिय छु । रुने भनेको त असाध्यै चित्त दुख्दा मात्रै हो ।

फिल्म खेल्ने प्रस्ताव आएका छन् कि छैनन् ?
एकपटक आएको थियो । म टिभीमा लोकगीत सम्बन्धी कार्यक्रम चलाउँदा गुन्युचोली लगाउथेँ । एक जना निर्देशकले आˆनो फिल्ममा हिरोइन बन्ने प्रस्ताव राख्नु भयो । उहाँले भन्नुभयो, ‘शोभा जी, हाम्रो फिल्ममा त गुन्युचोली मात्रै हुन्न नि । स्कर्ट लाउनुपर्छ र बेडसिन पनि दिनु पर्छ ।’ बेडसिन भन्नासाथै म तर्सेँ । मैले भने, ‘घुँडासम्म छोप्ने लुगा लगाउन नपाउने हो भने म काम गर्दिन । बेडसिन त दिँदै दिन्नँ ।’ त्यसपछि उहाँले मलाई चुनौति नै दिनुभयो, ‘हेरौंला कतिदिन गुन्युचोली लगाएर हिँड्नुहुँदो रहेछ ।’ मैले ठूलो पर्दाको फिल्ममा काम नगर्नुको कारण यहि हो । ‘पुलिसकी स्वास्नी’ भन्ने छोटो फिल्ममा चाहिँ काम गरेको छु ।

तपाईं राजनीतिमा कति चासो राख्नुहुन्छ ? अहिले देशमा के भइरहेको छ भन्ने थाहा छ ?
किन थाहा नहुनु ? मलाई त लाग्छ अहिलेको विवाद भनेको संघीयताको कुरा हो । संघीयताको विषयमा अञ्चलहरुलाई नै स्वायत्त बनाइदिनुको विकल्पै छैन । यति गरेको भए विवादै आउदैन थियो । सबैजनाको माग त्यहि हो जस्तो लाग्छ ।

धेरै युवाहरु नेताले देश बिगारे भन्छन् । तपाईंलाई त्यस्तो लाग्दैन ?
सबैलाई एउटै कोटीमा राख्न मिल्दैन । केही नेताहरु असाध्यै राम्रो पनि हुनुहुन्छ । जो देशका लागि केही गर्नुपर्छ आफन्तलाई मात्रै अवसर दिन हुन्न भन्ने मान्यता राख्नुहुन्छ । थोरै ब्यक्ति यस्तो पनि हुनुहुन्छ, जो आˆनो विषयमा मात्रै सोच्नुहुन्छ । उनीहरुकै कारण राजनीति बदनाम भएको हो ।

चरित्रगत रुपमा तपाई कस्तो मान्छे हो ?
एकदमै स्पष्ट मान्छे । म कुरा लुकाउन जान्दिन ।

तपाईंका कमजोरी के हुन् ?
म जोसुकैलाई छिट्टै विश्वास गर्छु । सबै कुरा भन्छु । अनि महिला साथीहरु नै मेरो बिरुद्धमा लाग्छन् । यतिसम्म कि साथीकै कारण मैले प्रोग्राम नै क्यान्सिल समेत गरेकी छु ।

भनेपछि महिलाको शत्रु महिला नै हुन्छन् भन्नेमा तपाईंलाई विश्वास लाग्छ ?
मैले विभिन्न टेलिभिजन र एफएमहरुमा १० वर्ष काम गरेँ । धेरै महिलाहरुले नै महिलाको खुट्टा तानेको भेटेँ । आफुमा क्षमता नहुनेहरु अरुको डाह गर्दा रहेछन् । योबीचमा कतिले मेरो कुर्सी खोसे, तर तिनले टिकाउन सकेनन् ।

(प्रस्तुतीः ध्रुव लम्साल)

Write a Comment

थप हेडलाइनहरु