• Tuesday, 23 January 2018
  • Nepal Time: 05:47 AM
  • Japan Time: 09:02 AM

लौ हेर्नुस्, विश्व कीर्तिमानी भेंडा

Sheepअस्ट्रेलियामा एउटा भेँडाको जिउबाट ४० किलो ऊन निकालिएको छ । शरिरको ऊनले टाउकोको अलिकता मुख मात्रै देखिएको भेडाको जिउका ऊनले विश्वलाई अचम्मित तुल्याएको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेराको बाहिरी इलाकामा पाइएको क्रिस नामको भेडाको जिउबाट ४०.५ किलो ऊन निकालिएको हो । यो सँगै उक्त भेँडाले सबैभन्दा बढि ऊनको विश्वकिर्तिमान कायम गरेको छ । यसले न्युजिल्याण्डको श्रेक नामको भेँडाले राखेको विश्वकीर्तिमान तोडेको छ । श्रेकको जिउबाट २७ किलो ऊन निकालिएको थियो ।

क्रिस भेँडाको जिउबाट ४० किलो ऊन निकाल्न भेंडाको कठिन शल्यक्रिया नै गर्नुपर्यो । अस्ट्रेलियाको पशु क्रुरता निवारणका लागि स्थापित रोयल सोसाइटीका अनुसार जिउमा यतिधेरै ऊन भएका कारण उक्त भेँडाको ज्यान नै जोखिममा परेको थियो ।

यो मेरिनो जातिको भेँडाको जिउबाट नियमित रुपमा ऊन काटिएन भने रौँ बढ्दै गएर यस्तो अवस्था आउन सक्छ । ऊनकै लागि पालिने यो भेँडाको जिउमा निकै तीव्र रुपमा भुत्ला बढ्दछ । जिउमा धेरै ऊन भएका कारण भेँडालाई हिँडडुल गर्नपनि समस्या भएको थियो ।

Write a Comment

थप हेडलाइनहरु