• Sunday, 22 April 2018
  • Nepal Time: 05:59 PM
  • Japan Time: 09:14 PM

चितवन समाज जापानको दशैं बिशेष कार्यक्रम नागोयामा सम्पन्न (फोटो फिचर सहित)

नागोयामा समाजको पहिलो क्षेत्रीय समिति गठन

group२० अक्टुवर ,नागोया | चितवन समाज जापानले नागोयामा बडादशैं बिशेष कार्यक्रम सम्पन्न गरेको छ | नागोया स्थित ऒउका सभाहलमा सम्पन्न बिशेष कार्यक्रममा दशैं शुभ कामना आदान प्रदान संगै विभिन्न कलाकारहरुले मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए |
स्थानीय कलाकारहरु कर्म दोङ्ग तामांग, राजिब लामा ,रामशरण राजले आफ्ना गितहरु मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए भने आरती गौडेल र लक्ष्मी पौडेलले “राम्री पनि भाकी छु ….” बोलको गितमा गरिएको संयुक्त नृत्य र रमा शिवाकोटीको “माइती घर …..”बोलको नृत्यले कार्यक्रममा रौनकता छाएको थियो | सास्कृतिक प्रस्तुति अन्तर्गत नै आरति गौडेल,आशिक सापकोटा, लक्ष्मी पौडेलले गीतहरु प्रस्तुत गरि माहोल तताएका थिए भने राजन पाण्डेले परदेशमा भोगिरहेको दैनिकी बारेको रोचक कबिता प्रस्तुत गरेका थिए | कार्यक्रममा कलाकारहरु कर्म दोङ्ग तामाङ्ग ,राजिब लामा र रामशरण राजलाइ सांगीतिक यात्राको शुभकामना दिदै खादा ओडाई सम्मान गरिएको थियो | A&L danceजापान भ्रमणमा रहनु भएका चितवन जिल्ला विकास समितिका पुर्व सदस्य एबम समाजसेवी गोबिन्द कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकारद्वय डा.सुदिप अधिकारी र डिलाराम खरेल बिशेष अतिथिको रुपमा उपस्थित रहनु भएको थियो | कार्यक्रममा विभिन्न संघ सस्थाको प्रतिनिधित्व गर्दै अनेसास जापानका महासचिब बिष्णु प्रसाद घिमिरे,समाजसेवी सुर्यमणि काफ्ले,सगरमाथा महिला समूहकी अध्यक्ष राधा थापा ,एन आर एन जापान तोकाई होकुरिकुकी उप संयोजक प्रमिला सिग्देल , जनसम्पर्क समिति जापानका केन्द्रिय सदस्य प्रकाश गौडेल लगाएतको उपस्थिति रहेको थियो | ex com त्यस्तै कार्यक्रममा चितवन समाज जापानले जापानका विभिन्न क्षेत्रहरुमा क्षेत्रीय समिति गठन गर्ने उधेश्य अनुरुप पहिलो क्षेत्रीय समितिको रुपमा चितवन समाज जापान ,नागोया क्षेत्रीय समितिको गठन गरेको छ | कल्पना खनाल पौडेलको अध्यक्षतामा गठन गरिएको १३ सदस्य समितिको उपाध्यक्षमा श्याम पन्त ,सचिब ऋषि चौलागाई,कोषाध्यक्ष शशि पराजुली रहेका छन् त्यस्तै सदस्यहरुमा लक्ष्मी पौडेल, महेश पोखरेल,पदम पौडेल ,सुनिता घिमिरे ,जुली दाहाल रहेका छन् भने बाँकि रहेका सदस्यहरु पछि थप गरिने पनि जनाइएको छ | नव गठित पदाधिकारीहरुलाई सस्थाका अध्यक्ष सरोज कंडेलले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो |
सस्थाका अध्यक्ष सरोज कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिमल अधिकारीले स्वगत मन्तब्य राख्दै अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो भने सस्थाका सचिब सन्देश पोखरेलले कार्यकमको संचालन गर्नु भएको थियो | कार्यक्रमलाई जापान मनि एक्सप्रेस (JME )का साथै समाजसेवीद्वय डिलाराम खरेल र बिष्णु प्रसाद घिमिरेले प्रायोजकको रुपमा सहयोग गर्नु भएको थियो |

IMG_1155

karma

rajib lama

samman

ramsharan raj

rama

all

IMG_1078

IMG_1151

12112125_10205661789567681_2536266277863229123_n

Write a Comment

थप हेडलाइनहरु

    None Found