• Sunday, 22 April 2018
  • Nepal Time: 05:52 PM
  • Japan Time: 09:07 PM

देउसी खेल्दै तिहारको शुभकामना कार्यक्रम टोयोटामा सम्पन्न (फोटो फिचर)

deusi-1japan९ नोभेम्बर, नागोया । जापानमा क्रियाशील सगरमाथा महिला समूहको अयोजनामा जापानको टोयोटा सहरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।हिन्दु नेपालीहरुको दोस्रो महान पर्ब तिहारको अवसरमा शनिवार  शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरिएको हो ।

परदेशमा नेपाली चाडपर्व,रितीरिवाज, धर्म संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एनआरएन एशिया प्यासेफिक क्षेत्रीय उपसंयोजक रोविन्द श्रेष्ठ (गोबिन्द) प्रमुख अतिथि थिए । कार्यक्रममा अनेसास जापानका महासचिब बिष्णुप्रसाद घिमिरे र एनआरएन जापान तोकाई होकुरिकुका संयोजक रामप्रसाद खरेल बिशेष अतिथिको रुपमा थिए ।

देउसी भैलो कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष सरोज कंडेल, गल्कोट समाज जापानका उपाध्यक्ष यम खत्री, तोयोकावा नेपाली समाजका अध्यक्ष दीपक केसी, टोक्योनेपाल डट कमका सम्पादक सन्देश पोखरेल, नेपाल जापान डटकमका प्रतिनिधि बिमल अधिकारी, समाजसेवी डिलाराम खरेल, केशर गिरी, पासांग शेर्पा, नेपाल आदिबासी जनजाती महासंघका कान्छा शेर्पा, शेर्पा समाजका पेम्बा शेर्पा, फोटो पत्रकार निशान राना मगर लगायतको उपस्थिति थियो ।

समिक्षा थापा र सृजना श्रेष्ठद्वारा प्रस्तुत गरिएको “तिहारै आयो लौ झिलिमिली …..” बोलको गीतमा गरिएको नृत्यबाट शुरु भएको मनोरजनात्मक कार्यक्रममा शिवराम गुरुङ ले तिहारको झल्को दिदै गाउनु भएको “देउसीरे खेल्न आइपुग्यौ हामी …… “बोलको गितले उपस्थित दर्शक लाइ आफ्नै गाउ घरमा देउसी खेलेको झझल्को दिएको थियो भने रामशरण राज लगाएतका कलाकारहरुले नाटकीय रुपमा बिदेशमा रहेर आफ्नी दिदि बहिनीलाई सम्झाउदै तिहारको पिडा पोख्दै बिदेशमा देउसी खेलेको प्रस्तुतिले दर्शकलाई आकर्षित गरेको थियो |

deusi-2japanयस्तै, स्थानीय कलाकारहरु कर्म दोङ्ग तामांग, श्याम शितल ,राजिब लामा,रामशरण राज र मन थापाले आफ्नो प्रस्तुत मार्फत दर्शकलाई नचाएर भरपुर मनोरंजन दिलाएका थिए भने  समिक्षा थापा ,अर्पिता पाण्डे र सिर्जना श्रेष्ठले नृत्य प्रस्तुत गरि कार्यक्रममा रौनकता थपेका थिए ।

सस्थाकी अध्यक्ष राधा थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित अतिथिहरुले दीपावलीको शुभकामना दिए । सस्थाकी  उपाध्यक्ष प्रमिला सिग्देलले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने लक्ष्मी रेग्मी र गीता गुरुङ ले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमलाई सफल बनाउन आर्थिक रुपमा करुणा ट्रेडिंग, तोयोकावा नेपाली समाज,फुजी एभरेष्ट ,देउराली  ट्रेडिंगले सहयोग गरेका थिए ।

deusi-7japan

deusi-4japan

deusi-5japan

deusi-6japan

deusi-3japan

toyota tihar 1

toyota tihar 2

Write a Comment

थप हेडलाइनहरु

    None Found