• Saturday, 23 September 2017
  • Nepal Time: 04:39 PM
  • Japan Time: 07:54 PM

पाँच करोड परोपकारी अक्षय कोषको रकम संकलन र संचालनको योजना

परोपकारी काममा सरिक हुन जापानबासी नेपालीहरुमा अपिल

सुदन थापा

  • सुदन थापा
  •  -विगत वर्षको तुलनामा जापानमा नेपालीहरुको सख्या वढदो छ । मासिक पाँचसयको हाराहारीमा नेपाली दाजुभाई दिदिवहिनीहरु जापान भित्रदै हुनुहुन्छ । वढदो सख्यासंगै पछिल्ला दिनमा आकस्मिक तथा भैपरि आउने घटनाहरुपनि वृद्धि हुदै गएको यहाँहरु सवैमा अवगतै छ ।

कुल जनसख्या मध्ये अधिकासं नेपालीहरु खासगरि रेष्टुरेन्ट लाईन, कुक तथा भाषा विद्यार्थीका रुपमा आउनेक्रम जारी छ । यसका अलावा परिवारको साथमा वस्ने दिदिवहिनीहरु तथा बालबालिकाहरुको संख्यापनि अपेक्षित वढदो छ । संख्यामा आएको वृद्धिसंगै विभिन्न किसिमका विरामी हुने, चोट पटकका कारण होस वा अन्य रोगका कारण जापानका अस्पताल भर्ना हुने, दुर्घटना तथा आत्महत्या गर्ने जस्ता घटना दिनहुँ वढदो रहेको यहाँहरु सवैलाई अवगतै छ ।
यस्ता घटनाको हामीले चाहेर नचाहेरलाई सामना गर्नुपरेको छ। हामीले विभिन्न कारणले रोकथाम गर्ने कोशिश गर्दै आएपनि भवितव्यका कारण हुने आर्थिक तथा अन्य सहयोगको अवस्था अपेक्षित रुपमा नभएको धेरैलाई अवगत नै छ। समस्यामा परेको अवस्थामा एकले अर्कालाई सहयोग गर्नु अपेक्षा गर्नु स्वभाविक ठानेका छौ। यो अवस्था अन्य क्षेत्रमा संलग्न सवैलाई पर्दै आएको तथा पर्नसक्नेमा हामी सचेत छौ ।
प्रवासमा वस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ एनआरएनएले हाम्रा यस्तै तितामिठा समस्या तथा अप्ठयाराहरुमा सक्दो साथ दिएको र दिदै आएको सवैलाई विदितै छ ।
हालसम्म व्यक्तिगत तथा सामुहिक रुपमा आर्थिक सहयोग गर्दै समस्यालाई समाधान गर्दै आएपनि आगामी दिनमा हामीले सदाँ झै व्यक्तिगत रुपमा सहयोग मागेर सधै र सवैलाई सहयोग गर्न सकिने अवस्था देखिदैन।
यस्तै अवस्थामा हामीलाई सहयोग तथा टेवा पुरयाउने उद्देश्यले गैरआवासीय नेपाली संघ एनआरएनए जापानले परोपकारी आकस्मिक सहयोग पुरयाउन पाँच करोडको अक्षय कोष स्थापना गर्ने तयारीमा जुटेको जानकारी गराउन चाहन्छौ ।
के हो पाँच करोडको अक्षयकोष –
भोलीका दिनमा जापानमा वस्ने नेपालीहरुका लागि पर्ने आकस्मिक सहयोग गर्ने आर्थिक अभियान नै परोपकारी अक्षय कोष हो । यसमा लाग्ने तपाँई हामी सवै यसका अभियन्ता हौ । यस कोषले तपाई हामी सवैलाई समान रुपले साथ र सहयोग गर्नेछ ।
जापानमा विभिन्न जोखिम मोलेर विभिन्न क्षेत्रमा नेपालीहरुले अर्थोपार्जन गर्दै आउनु भएको सन्र्दभमा हामीले एकले अर्कालाई अप्ठयारो पर्दा सहयोग गर्ने अभियान अन्र्तगतको परोपकारी आर्थिक कोष नै आकस्मिक कोष हो । यसमा हामी नेपाली परिवारका कुनैपनि सदस्य माथि हुने अप्ठयारो परिस्थितिमा आर्थिक सहयोग गर्ने योजना सहित अभियान सुरु गरेका छौ।
‘एक थुकि सुकी हजार थुकी नदि’ भने झै तपाईहरुको एक येनको सहयोग मात्रले पनि हामीले कल्पना गरेको कोषमा पाँच करोड जम्मा भई भैपरि आएको अवस्थामा त्यहिबाट सहयोग आदन प्रदान गर्न सक्छौ ।
कोषमा जुटेको रकम एउटा अलग्गै बैक खातामा राखिन्छ र यसको संचालन एनआरएनए जापानको संरक्षणमा जापानका सवै संघसस्थाहरुको सहयोगमा हुनेछ ।maha jatra japan
कसका लागि कोष –
जापानमा वस्ने सवै नेपालीहरु यस कोषको संरक्षक तथा अभियन्ता हुनुहुन्छ । र यसको संयोजन तथा नेतृत्व हामी अर्थात गैरआवासीय नेपाली संघमा आवद्ध भएका सवैले जिम्मेवारी लिएका छौ ।
परोपकारी भावनाले अप्ठयारो परेको वेला जो सुकैले आफनो समस्या परेको जानकारी गराउने विक्तिकै यस कोषमा जानकारी गराउन सकिने यो कोष तपाई हामी तमाम जापानवासी नेपालीहरुको साझा कोष हो, परोपकारी आकस्मिक कोष अभियान ।
यसमा हर क्षेत्रमा संलग्न नेपालीहरुले एक येन देखि आफनो ईच्छाले भ्याएसम्म सहयोग गर्न र समर्थन गर्न सक्नु हुन्छ । परेको अवस्थामा जो कोहीले चाहे रेष्टुरेन्टमा काम गर्ने कुक होस वा भाषा विद्यालयमा पढने विद्यार्थी होस वा रोजगार नपाएर वसेका विपन्न परिवारका सदस्यसंगै विरामी भई अस्पताल भर्ना हुनु भएकाहरु, दुर्घटना तथा अन्य कुनैपनि कारणले ज्यान गुमाएकाहरुको परिवारलाई कोषबाट सहयोग प्रदान गर्ने हामीले संकल्प गरेका छौ। यसर्थ यो कोष तपाई हामी सवैको हो । यसमा हामी सवैको उक्तिकै र समान हक लाग्नेछ ।
कसरी संचालन हुन्छ कोष –
हामी एनआरएनए जापानका पदाधिकारीहरु सवैको नेतृत्वमा जापानमा रहेका हरेक संघसंस्थाका प्रतिनिधिहरुको यस कोषमा समान सहभागिता हुने परिकल्पना गरेका छौ । हामीले नेतृत्व गरेपनि कोषको संचालन समिति तथा संरक्षक समिति निश्पक्ष र साझा हुनेछ । यसको परिचालन तथा आर्थिक स्रोत संकलन अभियानमा सवै एक जुट भएर लागेपछि यसको परिचालन पनि सोही अनुरुप हुने अवस्था हामीले तयार गर्ने छौ ।
मात्र आकस्मिक तथा परोपकारी क्षेत्रमा कोषको रकम संचालन हुने भएकाले यसमा कुनैपनि आर्थिक कारोवार पारदर्शि हुन्छ । यस्तै जापान सरकारको नीति तथा नियमसंगत ढंगले राखिने कोषलाई हरेक रुपमा पारदर्शि बनाउने तपाई हामी सवैको जिम्मेवारी हुनेछ ।
कसरी जुटदैछ स्रोत –
गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नेतृत्वमा यस परोपकारी आकस्मिक कोष स्थापनार्थ आर्थिक स्रोत जुटाउने अभियानको थालनी भई सकेको छ ।
यसै सन्र्दभमा पाँच करोड अक्षय कोषका लागि एनआरएनए जापानले जापानका हरेक संस्थाका पदाधिकारीहरुसंग सामुहिक, व्यक्तिगत तथा संस्थागत हरेक हिसावले संमन्वय सुरु गरि सकेका छौ ।
यस्तै सोही अभियानलाई सार्थक बनाउने जापानमा आगामी डिसेम्वर २०, २२ र २४ तारिकका दिन टोकियो, ओसाका र फुकुओकामा नेपालका चर्चित हास्य कलाकारद्धय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ सहितका चर्चित कलाकारहरुको टोलीलाई समावेश गर्दैछौ ।
यसैगरि आगामी वर्ष हुने नेपाल फेष्टिवल, तीज महोत्सव तथा अन्य विशेष कार्यक्रमको आयोजना गरि आर्थिक तथा अन्य स्रोत जुटाउने योजना बनाएका छौ ।
यसका अलावा नेपालीहरुको वासोवास रहेका जापानका हरेक क्षेत्रमा हामी कुनै न कुनै रुपमा सहकार्य गर्दै अभियानका वारेमा जानकारी गराउने योजना बनाएका छौ ।
यो एउटा सानो अभियान भएपनि यसले तपाई हामी सवैलाई सहयोग गर्नेमा ढुक्क हुनसक्छौ । एनआरएनए जापानले यस अघि ड्रिम नेपाल तथा हेल्प नेपाल लगायतका थुप्रै कार्यक्रम संचालनमा रहेको सवैमा अवगतै छ । यससंगै यो परोपकारी कोष कार्यक्रम नितान्त जापानवासी नेपालीहरुका लागि मात्र सहयोग गर्ने उद्देश्य वोकेको कार्यक्रम हो भनेर सवैलाई जानकारी गराउन अपिल गर्न चाहन्छु।
अन्त्यमा, हामीले सामुहिक अभियानसंगै एक आपसमा हातेमालो गरेर एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने अभियानको थालनि गरेका छौ । यसलाई सफल बनाई सवल र समृद्ध नेपाली समुदाय बनाउने हाम्रो अभियानलाई सार्थक बनाईदिनु हुनेछ भन्ने अपेक्षा गर्दै कार्यक्रम सफल बनाउन यहाँको अमुल्य राय, सुझाव सहित सहयोगको अपेक्षा गरेका छौ ।
सकारात्मक सन्देश प्रवाह गर्दै नेपालीजनको हित तथा सहकार्यका लागि तपाईहरुले गर्न लाग्नु भएको जस्तो सुकै कार्यक्रममा समेत हाम्रो साथ र सहयोग हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ ।
एनआरएनए जापानले कोषको स्थापनार्थ पहिलो चरणमा डिसेम्वर २० तारिक टोकियो २२ तारिकमा ओसाका तथा २४ तारिकमा फुकुओकामा “महजात्रा–२०१५ कार्यक्रम” लाई सफल पारिदिनु हुन समद्ध सवैमा हार्दिक अपिल गर्दछु।
कोषका लागि केही सुझाव तथा प्रतिक्रिया भए sa2thapa@gmail.com ईमेल मा सिधै पठाउन सक्नुहुनेछ । यस्तै कुनै पनि सहयोग गर्न चाहनु हुने महानुभावहरुले एनआरएनए जापानको नाममा रहेको कोषको खाता नम्वर १००१०-५२३७०३६१ मा सहयोग रकम पठाउन सक्नुहुने छ ।
जय देश, जय एनआरएन……
(थापा, एनआरएनए जापानका अध्यक्ष तथा पाँच करोड परोपकारी अक्षय कोष स्थापनार्थ हुन लागेको महजात्रा–२०१५को कार्यक्रम संयोजक हुनुहुन्छ।)

Write a Comment

थप हेडलाइनहरु

    None Found