• Sunday, 22 April 2018
  • Nepal Time: 05:52 PM
  • Japan Time: 09:07 PM

यस्तो देखियो ‘मह’जात्रा -२०१५ टोकियो(फोटो फिचर)

s2२२ डिसेम्बर ,टोकियो | एनआरएन जापानको आयोजनामा टोकियोको जिरो हलमा आइतबार ‘मह’जात्रा-२०१५ भब्यरुपमा सम्पन्न भएको छ। पाँच करोड परोपकारी कोषको स्थापनार्थ आयोजना गरिएको महजात्रा हेर्न एक हजारभन्दा बढीको संख्यामा दर्शकहरू उपस्थित रहेको आयोजकले बताएको छ । बहुप्रतिक्षित रुपमा रहेको महजात्रा भब्य एबम सभ्य रुपमा सम्पन्न भएको छ भने जापानबासी नेपालीहरुले पनि फरक शैलीको मनोरन्जन लिएका छन् |
हालै मात्र जापान आएका जापानका लागि नेपाली कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रमको उदघाटन बिशेष अतिथि एबम गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, का.वा राजदुत राजभण्डारी, एनआरएन जापानका अध्यक्ष एबम कार्यक्रम संयोजक सुदन थापा र कार्यक्रमको प्रमुख प्रायोजक समसारा रेमिटयान्सका प्रमुख शंकर गिरीले संयुक्त रुपमा गरेका थिए। 2कार्यक्रममा “एउटा राम्रो नेता दिनलाई किन तिम्ले टाउँको कन्यायौ’ भन्दै प्यारोडी गीतबाट आफ्नो प्रस्तुति शुरू गरेका महले नेवारबहादुर बाहुनबहादुर नामक प्रहसनबाट जातीय द्वन्दले मूलुक गम्भीर मोडमा पुगेको तितो यथार्थलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरे। महले सो प्रहसनमार्फ़त हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश दिइरहँदा कतिपय दर्शक भावुक भएर कतिका आँखा रसाए देखिन्थे। म ‘डन’ नामक प्रहसन मार्फ़त मुकुलमा राजनीतिक संरक्षणमा मौलाएको दादागिरीलाई तिखो ब्यंग्य प्रहार गरे अनि बेरोजगारि समस्याले युवाहरू कसरी बिदेसिन बाध्य हुन्छन् भन्ने कुरालाई यथार्थपरक ढंगले प्रस्तुत गरे। मोहित आचार्य र नरेन्द्र कंशाकारले प्रहसनमा साथ दिएका थिए ।5कार्यक्रममा लोकसंगीतका पुराना गायक बमबहादुर कार्कीले पुराना गीत गाएर मनोरञ्जन प्रदान गरे। चर्चित नायिका प्रियङ्का कार्किको आकर्षक नृत्यले धेरैलाई रोमाञ्चित बनायो। कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का कार्यक्रमको अर्को आकर्षण बने | उनि स्टेजमा पुग्दैमा हल हुटिङ्गले तातेको थियो । गायक यमन श्रेष्ठको ‘नेपाली नेपाली भेट भोकी र छ अहिले सेल्फीको जमाना’ गीत लाई दर्शकहरूले निकै रूचाएका थिए । 3

1

6

s1

s4

s6

s5

7

8

9

11

12

13

ss1

15

s8

Write a Comment

थप फोटो फिचरहरु

    None Found