• Friday, 24 November 2017
  • Nepal Time: 11:19 AM
  • Japan Time: 02:34 PM

यस्तो देखियो गल्कोट समाज जापानको सांगीतिक यात्रा-२०१६(फोटो फिचर सहित)

galkot dhamaka osaka५ जनवरी,नागोया | स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उधेश्यले आयोजना गरिएको नया वर्ष सांगीतिक धमाका ओशाका बाट शुरु भएर नागोया हुदै टोकियोमा पुगेर सम्पन्न भएको छ | गल्कोट समाज जापानले आयोजना गरेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोले आफ्नो लक्ष्य अनुरुप अघि बढ्ने आयोजकले बताएको छ |बागलुंग जिल्लाको गल्कोट क्षेत्रमा भिडियो एक्सरे मेसिन, एक्सरे मेसिन र गल्कोटका प्रत्येक गाबिसमा बिबिध स्वास्थ सामाग्री प्रदान गर्ने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको थियो |
नेपाल बाट आमन्त्रित कलाकारहरुले दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए | कार्यक्रममा हाँस्य कलाकारहरु दिपकराज गिरी र दिपाश्री निरौलाको बेजोड प्रस्तुति रहेको थियो भने गायक यश कुमार र लोक गायिका सीता के सी को पनि प्रस्तुतिमा उत्तिकै दम देखिएको थियो | साथमा स्थानीय कलाकारहरुले पनि दर्शकलाइ तताएका देखिन्थ्यो | दिपक र दीपाको ‘कुरुसैले बुनेको सुर्के थैली खै’ बोलको गीतमा गरेको नृत्य, सिता केसीको ‘काम पाईएन डिग्री पास गरेर’ बोलको गीत र यश कुमारको मैले छोएको पनि चल्दैन …. आदि गीतमा दर्शकलाइ झुमाएको देखिन्थ्यो | हास्य कलाकारको प्रहसन कार्यक्रमको थप रोचक पक्ष थियो भने स्थानीय कलाकारहरुको नृत्य र गायनले पनि उत्तिकै हल तातेको थियो |galkot oosaka गल्कोट समाजले गर्दै आएको कार्यक्रमहरुमा प्राय दर्शकहरुको उपस्थिति उलेख्य नै हुने गर्दछ तर गएका कार्यक्रमहरुलाई मुल्यांकन गर्ने हो भने यस पटक हलको ब्यबस्थापन र दर्शकको आंकलन गर्न आयोजक चुकेको देखियो | टिकट काटेर प्रत्यक्ष कलाकारलाइ हेरेर मनोरन्जन लिन आएका दर्शकहरु हल अब्यबस्थित भै दिदा कलाकारलाइ देख्न नपाएको गुनासो संगै बृहत कार्यक्रम हुदाहुदै पनि स्वयम् सेवकको अभाब टट्कारो देखिन्थ्यो | नागोयाको कार्यक्रममा कतिपय दर्शक हलको गेट बाट नै फर्किन पर्दा असन्तुष्टि ब्यक्त गर्ने पनि भेटीएका थिए | यी त्रुटीहरुलाई आयोजकले समिक्षा गर्दै अघि बढ्ने छ भन्ने बिश्वाश उनीहरुमा रहेको थियो |
हरेक वर्ष कार्यक्रम गर्दै आएको गल्कोट समाज जापान आफ्नो क्षेत्रको सामाजिक सेवामा समर्पित हुदै आएको गत साल सम्पन्न कार्यक्रमले गल्कोटमा एम्बुलेन्स गुडाएको थियो भने अहिले कार्यक्रमले बिरामीहरुले आफ्नै क्षेत्रमा एक्सरे मेसिन बाट उपचार गराउन सक्ने छन् |

नागोयाको झलक- IMG_2241

IMG_2137

IMG_2141

IMG_2143

IMG_2145

IMG_2168

IMG_2179

IMG_2182

IMG_2191

IMG_2136

IMG_2201

IMG_2206

IMG_2305

IMG_2341

IMG_2346

IMG_2360

IMG_2431

IMG_2434

IMG_2463

IMG_2497टोकियोको झलकtokiyo

tokiyo 1

tokiyo2

Write a Comment

थप फोटो फिचरहरु