• Friday, 21 July 2017
  • Nepal Time: 07:21 PM
  • Japan Time: 10:36 PM

यस्तो रह्यो नागोयाको चितवन धमाका (फोटो फिचर)

IMG_4219७ मे,नागोया | चितवन धमाका २०१६ अन्तर्गत नागोयामा गत मे २ तारिक नेपालबाट आमन्त्रित कलाकारहरुको धमाकेदार प्रस्तुतिका बिच सम्पन्न भएको छ | चितवन जिल्लाको स्वास्थ्य तथ शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा नेपालकी चर्चित आधुनिक पप गायिका आस्था राउतले दर्शकलाई भरपूर मनोरंजन दिदै आफुलाई सदैब माया र स्नेह प्रदान गर्नु हुने सम्पूर्ण जापानबासी नेपाली समुदाय बीच प्रत्यक्ष रुपमा उपस्थित भै संगै गाउदै मनोरन्जनका साथ परोपकारी कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताएकी थिइन् ।
त्यस्तै नेपाली कलाकारिताको नृत्य क्षेत्रमा चर्चित पार्वती राईले दर्शकहरुलाई बेजोड़ नृत्य प्रस्तुत गरेर रोमान्चक बनाएकी थिइन् भने लोक गायक गायिकाद्वय रमेशराज भट्टराई र कल्पना श्रीपालले भरपुर मनोरंजन गराएका थिए ।IMG_4307

IMG_4424आमन्त्रित कलाकार लोक गायिका कल्पना श्रीपालले ‘घरमा पराल बारीमा बन्सो’, ‘म त हजुर गल्कोटे साईलो’, ‘छमछमछम नचिदेऊ कम्मर भाँचिदेऊ’जस्ता चर्चित गीत गाउँदै दर्शकहरुलाई नचाइन भने गायक रमेशराज भट्टराईले आफ्ना आधा दर्जन गीतमार्फत उपस्थित दर्शकहरुलाई छमछमी नचाए । गीत गाउँदै दर्शकदीर्घासम्म पुगेका भट्टराईले ‘बबाल भो’, ‘टेन्सन भयो यार’, ‘तिमी लास्टै सेक्सी छौ’, ‘सालैजो भाका’ लगायतका गीत गाउँदै गर्दा बीचबीचमा मुक्तक टुक्कामार्फत पनि दर्शकहरुलाई हसाएका थिए ।
त्यस्तै सबैको प्रतिक्षाको रुपमा रहेकी गायिका आस्था राउत ‘झुम्के बुलाकी’ बोलको गीत लिएर स्टेज उक्लिदा दर्शक दिर्घबाट हुटिंग र गट गटगटाहट तालीले स्वागत गरेका थिए। चर्चित युवा पप गायिका राउतले उक्त गीत बिशेषगरी नारीहरुप्रति समर्पित गरिन् । स्टेजमा गीत गाउँदै गरेकी उनी बीचबीचमा ठट्यौली शैलीमा प्रस्तुत हुँदा प्रेक्ष्यालय हाँसोले गुञ्जायमान बनेको थियो ।दर्शकदीर्घालाई संगीतमा नचाउँदै गरेकी उनले सो गीत सकिन नपाउँदै आफ्नो लोकप्रिय गीत ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ गाइन् । IMG_4374

IMG_4326कार्यक्रममा स्थानीय कलाकारहरु राजिब लामा,मन थापा,श्याम शितलको साथमा स्थानीय ब्याण्ड NAKAMA’Z ले आफ्नो प्रस्तुति पस्किएका थिए |
कार्यक्रमको प्रमुख अतिथिमा चितवनका समाजसेवी तुलसी प्रसाद खनाल,बिशेष अतिथिहरुमा एन आर एन एशिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ(गोबिन्द),एन आर एन आइ सी सीका सदस्य पारसमणि पोखरेल,अतिथिहरुमा सस्थाका सल्लाहकारद्वय डिलाराम खरेल, डा.सुदिप अधिकारी,सगरमाथा महिला समूहकि अध्यक्ष राधा थापा,गल्कोट समाज जापानका उपाध्यक्ष यम खत्री, नेपाली समाज तोयोकावाका दिपक कार्की,अनेसास जापानका शंकर प्रेरणा लगाएतको उपस्थिति रहेको कार्यक्रम सस्थाका अध्यक्ष सरोज कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो | औपचारिक कार्यक्रममा कार्यक्रमका संयोजक बिष्णु प्रसाद घिमिरेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सस्थाका सचिब सन्देश पोखरेलले कार्यक्रमको संचालन गरेका थिए | श्याम शितलले संचालन गर्नु भएको अनौपचारिक सांगीतिक कार्यक्रममा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए |IMG_4358

IMG_4430

IMG_4275

IMG_4568

IMG_4433

IMG_4422

IMG_4334

IMG_4579

IMG_4251

IMG_4248

IMG_4384

 

Write a Comment

थप हेडलाइनहरु

    None Found