• Saturday, 23 September 2017
  • Nepal Time: 04:39 PM
  • Japan Time: 07:54 PM

नेपाली राजदूताबास जापान हिजाे र अाज- शंकर प्रेरणा थापा

shankar thapa वि. सं. २०५० सालमा ११ बर्षे रेडियो नेपालको सरकारी छोडेर अनगिन्ति सपना साँच्दै जापान छिरेको थिए । निरन्तर नभएपनि त्यस अवधीमा पटक पटक गरी अहिले तेश्रो पल्टको बाध्यात्मक बसाइमा छु । त्यस बीच केहि एशियन राष्ट्र दक्षिण कोरीया,हङकंग समेत व्यावसायिक र प्रबर्धन भ्रमण गरी, इन वाउण्ड टुरीष्टका लागी नेपालमा बसेरै ४/५ बर्ष जति ट्राभल्स एजेन्सि खोलेर नगरेको पनि हैन । अनेक झन्झट र बन्द हड्ताल देखि वाक्क र दिक्क भएर भौतारिदै पुनः जापानलाइ कर्मथलो बनाउन बाध्य भएको छु । अझैसम्म पनि ट्राभल्स ट्रेड मै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नै रहेको छु ।

प्रसंग नेपाली राजदूताबासको हो । सन् १९९३/९४ ताका तत्कालिन राजदूत केदार भक्त माथेमा भन्दा पहिलेको थियो मेरो स्मरणमा अहिले झट्ट आएन । त्यतिखेर दूताबासबाट अन्य कुनै किसिमको सहयोग हुँदैन थियो र अपेक्षा राखिदैन पनि थियो । केबल राहदानी नविकरण र कागजातको प्रतिलिपि सिफारिस गराउने बाहेक । ती भन्दा उच्चस्तरीय काम हामीसंग सरोकार पनि राख्दैन थियो । मैले आफैले भोगेका समस्याहरू भएकोले नेपाली राजदूतावासका तर्फबाट भोगोका धेरै भोगाइहरू अझै आलै छन् र सम्झदा अझै पनि पिडाबोध भएर आउँछ । आफू पनि कुनै बेला सरकारी कर्मचारी नै भएकोले सेवाग्राहिलाइ कहिल्यै हेपेर नराम्रो व्यबहार गरेको थिइन । दूताबासका कर्मचारीहरूको छुद्र व्यबहार र हेपाहा प्रवृतिबाट जापानबासि म जस्ता अन्य नेपालीहरू धेरै नै पिडित भएको कुरा घाम जस्तै छर्लङ्ग छ ।
सन् २००४ तिरको कुरा हो, राहदानी नवीकरण गराँउदा दुतावासका कर्मचारी सोम थापाले पनि धेरै नै झन्झट दिएका थिए । हुलाकबाट दस्तूर र फारम पठाएका थिए। खाममा दस्तूर थिएन भन्ने अस्वाभाविक जवाफ दिएका थिए । त्यसपछि सन् २०१३ मा मदन कुमार भट्टराईले तत्कालिन राजदूत हुँदा एक कर्मचारीले एम्आरपी बनाँउदा दिएको दुःख अनि नराम्रो मानसिक र शारिरीक पिडा अझै पनि बिर्सेको छैन । नागोया देखि काम बिदा लिएर दूताबास पुगेको थिए, उनले फारम जाँच गरी सकेपछि पनि अनेकौं बहाना बनाएर अप्रत्यक्ष रूपमा मसंग नगदको कुरा गरेका थिए । त्यसपछि म मिडियासंग सम्बन्धित मानिस हुँ भन्ने शंका लागेर उनले मलाई राहदानीको फारम र दस्तूर हुलाकबाटै पठाउनु पर्छ भनेर जिद्दी गरेर मलाई बाध्य पारे । ३ महिनामा बन्ने एमआरपि ६ महिना पूरा हुँदा पनि नबने पछि फेरी दूताबास गएर लम्साल थरका कर्मचारीको मद्दतले ७ औ महिनामा बनेर आइपुग्यो, तर हुलाक खर्च चाहि वहाँले पनि झ्वाम पार्न पछि परेनन् । संगैका अरू सहकर्मी साथीभाइहरूको पनि त्यस्तै नमीठो अनुभव बेला बेलामा सुनिन्थ्यो ।gahendra rajbhandari२०१५ को उत्तरार्ध तिर हुनु पर्छ, एकाएक दूतावासको समाचारहरू फेसबुक जस्ता सामाजिक संजालमा बारम्बार देखिन थाल्यो । नयाँ कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीको नयाँ र नौला कार्ययोजनाहरू दिन प्रतिदिन तदारूकताका साथ एक पछि अर्काे गर्दै निस्कन थाले । १५ मिनेट मै गाइडेन्स दिने देखि नेपालीहरूको लागि स्वास्थ्य संबन्धि गोष्ठी, परामर्श तथा सहयोग समेत थालिएको कुरा सामाजिक संजालमा पढ्दा आफैलाइ यकिन हुदैनथ्यो । ब्यस्त समयमा पैसा खर्चेर सयौं पल्ट फोन गर्दा बल्ल बल्ल उठाउने अनि झर्केर रूखो जवाफ दिने दूताबासको एकाएक कार्यपलट भएको कुरा पत्यार लाग्दो थिएन । यहाँनेर अर्काे एउटा रमाइलो प्रसंग जोड्न चाहन्छु । त्यो के भने अनेसास जापानको नियमित साहित्यिक श्रृंखला अन्तर्गत लक्ष्मी जयन्ति सम्बन्धि कार्यक्रमको तयारीको शिलशिलामा सबै साथीहरूले कार्य बिभाजन गर्नु भएको थियो, प्रमुख अतिथीका लागी राजदूताबासमा फोन गरेर निधो गर्ने काम अध्यक्ष बिष्णु प्रसाद घिमीरे लाईनै दिएका थियौ । वहाँले त्यतिखेरै फोन गरिहाल्नु भयो “नमस्ते नेपाली राजदूताबास “ भनेर फोन उठाउने त्यहाँ अन्य कुनै कर्मचारी नभै कार्यवाहक राजदूत स्वयम् हुनुहुन्थ्यो । यो कुरा जोकोहिलाइ पनि पत्याउन हम्मे पर्छ र ठूलो हाँसोको बिषय पनि हुन सक्छ, तर सिमीत कर्मचारीहरूलाइ हालैमा एकास्सि आकाशिएको नेपालीहरूको जनसंख्याको कार्यहरूसम्पादन गर्न भ्याइ नभ्याइ भइ रहेको अवस्था थियो । नेपाल र नेपालीहरूका लागि केहि गरौ, कसरी सेवाग्राहिलाइ उच्च स्तरीय सेवा छिटो र छरीतो दिन सकिन्छ भन्ने सोच भएकाहरूका लागि भने का. वा. राजदूत ज्यूको त्यो लगनशिलता र अठोट अवश्य नै प्रेरणाको स्रोत सावित हुन सक्थ्यो ।Thanks-program tokyoत्यसपछि अनेसास जापानको एउटा कार्यक्रममा मेरो गीति एल्बमको बिमोचनको क्रममा गेहेन्द्र सरसंग प्रत्यक्ष भेट हुने संयोग मिल्यो । भलाकुसारी कै क्रममा जापान बसाइको क्रममा पहिलो पल्ट मैले त्यो ओहोदा व्यक्ति संग भेटेको हुँ । युवा, जोशिलो र अब्बल प्रतिभावान् भैकन पनि अति नै मीलनसार, हाँसेर मीठो बोल्ने वहाँको प्रभाव ममा यति साह्रो पर्यो कि, लामो समयसम्म जापानमा बसेर यहाँ कै रहनसहनमा रमाउने बानी भैसकेको मलाई वहाँ जापानी हुन् कि नेपाली उच्च ओहोदाका सरकारी कर्मचारी हुन् छुट्याउन हम्मे परेको थियो ।

स्पेशियल इङ्लिस र राजनितिक शास्त्रमा स्नातकोत्तर गर्नु भएका का. वा. राजदूतमा अन्य नेपाली राजदूतहरूको दाँजोमा निति नियम तर्जुमा तथा कार्य योजना बनाउन बिल्कुलै फरक क्षमता देखिन्छ । यसको एउटा उदाहरण एन्आरएन् र अन्य संध संस्थाहरूलाइ एकै ठाँउमा समेटेर नेपालको पर्यटन प्रबर्धनमा वहाँले जापानीहरूलाइ नेपाल घुम्न जाने निम्तो आफै शरिक भै दिंदै नेपालको पर्यटनमा अतुलनीय योगदान दिनु भएको छ । दूतावासको अन्य उच्च स्तरीय नियमित कार्यका अलावा वहाँले नेपाली बिध्यार्थीहरू देखि अन्य जापानवासि नेपालीहरूका जल्दो बल्दो समस्या समाधान गर्दै केहि महिना अगाडि जापानको कुमामोटो क्षेत्रमा गएको भूकम्पका पिडितहरूलाइ सोहि स्थानमा पुगेर सान्वना दिने टिममा समेत आफै संलग्न भै अहिलेसम्म कै दूतावासको गतिबिधिलाइअत्यन्तै फरक तरीकाले उच्च स्थानमा पुर्याउने श्रेय कार्यवाहक राजदूतले ग्रहण गर्नु भएको छ भन्दा अतियुक्ति नहोला । anesasनेपाल जापान मैत्रि तथा कुटनैतिक सम्बन्धको ६० औ बर्षगाँठ भएकोले यो बर्ष पक्कै पनि दूतावासको कार्य सरल छैन, बिभिन्न देशका कूटनितिक ब्यक्तित्वहरूसंगको गहन सहकार्यका अलावा कार्यवाहक राजदूत आफू स्वयम् धेरै प्रकारका क्षेत्रिय कार्यक्रमहरूमा उपस्थित भै देशको प्रतिनिधित्व गर्दै गौतम बुध्द नैपाल मै जन्मेका हुन् देखि भुकम्प पिडित नेपालीहरूको लागि सहयोगको अपेक्षा गर्दै स्थलगत अनुरोध गर्नु चानचुने कुरो हैन । गत मे २९ तारीकमा जापानका विभिन्न झण्डै ५० प्रमुख शहरहरूमा एकसाथ धन्यवाद ज्ञापन तथा नेपाल भ्रमणको निम्तो स्थानिय एन्आरएन् र अन्य संघ संस्थाहरूलाइ पनि समेटेर बाँड्दै प्रचार गर्नु निक्कै नै असहज र मुस्किलको काम जापान भरी एकैदिन र एकै समयमा सम्पन्न गराउने श्रेय कार्यवाहक राजदूत श्री गेहेन्द्र राजभण्डारीको दूरदर्शिताको एउटा नमूना हो । निश्चय पनि यस्ता कार्यले नेपालमा टूरिष्टहरूको संख्यामा गुणात्मक र संख्यात्मक रूपमा बृद्दि हुने कुरामा दुइमत हुनेछैन । नजाने यस्ता क्षमतावान् राजदूतहरू बिगतमा पनि सक्रिय भै नेपालको पर्यटन प्रबर्धनमा लागि परेका भए आज यो पङ्तिकार जापानमा बिदेशिको हूलमा नभै भूस्वर्ग समानको संबृद्ध नेपाल कै पर्यटन क्षेत्रमा “इरासेइमासे…”, “नेपारु ओहोकोकु हे योउकोशो ….“ भन्दै गरेको हुँदो हो । (Welcome To Nepal ).
मैले थाहा पाए देखि हालसम्म नजाने कति राजदूतहरूले आफ्नो कार्यकाल सकाएर गए, परीवारहरू घुमाए, काममा लगाए अनेको तौर तरीका बाट पैसा कमाए र दूतावासमा आफ्नो फोटो टाँसेर गए । तर दुइ देश बीचको कार्य सम्पादन बाहेक नेपाली बिध्यार्थी लगायत अन्य पेशाकाहरूलाइ यतिका सहयोग, मार्गदर्शन अनि नेपालको पर्यटनको बिकासमा अनेकौ तरीकाले प्रत्यक्ष अप्रत्यक्ष टेवा पुर्याउन सफल पहिलो राजदूत मैले देंखे । सुन्दैछु वहाँको पनि कार्यकाल सकियो वा नेपालको राजनितिले असर पर्यो अथवा राम्रो काम गर्नेलाइ नसहने नेपालीको बिशेषताले छोयो , नेपाल फर्कदै हुनुहुन्छ रे।

राजनैतिक पार्टिको झण्डा बोकेर निकट भविष्यमा आउनुहुने नयाँ राजदूतले गेहेन्द्रपथलाइ नियमितता दिनु हुन्छ वा दूतावासमा फोटो झुण्याएर तलब भत्तामात्र कुम्ल्याएर जानु हुनेछ त्यो त भबिष्यले नै बताउने छ । गेहेन्द्र सर “माता योरोशिकु ओनेगाइ सिमासु….“ (Welcome you again in near future ) नेपालको बिकासका निम्ति तपाइ जस्तो प्रतिभावान् व्यक्तित्वको यो देशमा अझै खाँचो छ । विश्वभर कै राजदूताबासहरूमा यस्तै क्षमतावान् राजदूतहरू नियुक्ति गर्न सकेमा संवृद्ध नेपालको कल्पना मात्र गरीरहनु पर्ने स्थिति रहदैन ।

( लेखक-अनेसास जापानका कार्यसमिति सदस्य हुनुहुन्छ )

Write a Comment

थप हेडलाइनहरु

    None Found