• Friday, 17 August 2018
  • Nepal Time: 08:28 PM
  • Japan Time: 11:43 PM

सिरीयल किसरको रुपमा टाईगर श्रफ पनि

tiger-shroffइमरान हाशमी पछि सिरीयल किसरको रुपमा टाईगर श्रफ पनि आएका छन् । अभिनेता टाईगर श्रफले दुईवटा फिल्महरु हिरोपन्थी र बागीमा काम गरीसकेका छन् । अब उनको तेस्रो फिल्मको रुपमा अ फ्लाईङ जट्ट चाँडैनै रिलीज हुने भएको छ ।

अभिनेता टाईगरले काम गरेका सबै फिल्महरुमा सबै हिरोईनहरु सँग लिपलक किस गर्दै आएका छन् । अब टाईगर श्रफ पनि सिरीयल किसरको रुपमा देखिन चाहन्छन् भन्ने कुरा स्पष्ट हुन्छ । उनले आफ्नो पहिलो फिल्ममा कृति सनन्को साथमा (रात भर..) बोलको गीतमा किस सिन दिएका थिए ।
त्यस्तै दोस्रो फिल्म बागीमा पनि आफ्नो को स्टार तथा बच्चा देखिको साथी श्रद्धा कपुर सँग किस गरेका छन् । त्यस्तै श्रफ अभिनीत बेफिक्रको एउटा म्युजिक भिडियो रीलीज भएको छ । जस्मा उनले आफ्नै रीयल गर्लफ्रेण्ड दिशा पटानी सँग पनि किस गरीरहेका सिन छ ।
अब उनि अर्को पटक पनि फिल्म फ्लाईङ जट्टको (बीट पे बुटी) गीतमा पनि ज्याकलीन फर्नाण्डेज सँग लिप किस गर्दै गरेको नजरमा देखिने भएका छन् ।

Write a Comment

थप हेडलाइनहरु

    None Found