• Friday, 21 September 2018
  • Nepal Time: 06:05 PM
  • Japan Time: 09:20 PM

पाकिस्तानविरुद्ध इङ्ल्यान्डले एकै इनिङमा बनायो ४ सय ४४ रनको कीर्तिमान

Alex-Hales-and-Joe-Root३१ अगस्ट ,काठमाडौं । इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी रन बनाएको छ।मंगलबार राति ट्रेन्ट ब्रिजमा पाकिस्तानसँगको तेस्रो एक दिवसीय क्रिकेटमा इंल्याण्डलर् किर्तिमानी रन बनायो।

इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा तीन विकेटको क्षतिमा ४ सय ४४ रन बनाएको हो। यो रन एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक हो।

यसअघि सन् २००६ मा श्रीलंकाले ९ विकेटको क्षतिमा ४ सय ४३ रन बनाएको थियो।इंग्ल्याण्डलाई कीर्तिमानी रन बनाउन मंगलबार एलेक्स हेल्सले १ सय ७१ रन बनाए। एक दिवसीय क्रिकेटमा धेरै रन बनाउने इंग्ल्याण्डका ब्याट्सम्यान बनेका उनले १ सय २२ बलमा २२ चौका र ४ छक्का प्रहार गरेका थिए।

amir

यस्तै २२ बलमा अर्धशतक नाएका जोस बटलर सबैभन्दा छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने। उनले सात चौका र सात छक्काको मद्दतमा नटआउट ९० रन बनाएका थिए।४ सय ४५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४२ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर दुई सय ७५ रनमा खुम्चियो। खेलएक सय ६९ रनले इंल्याण्डले जित्यो।

पाकिस्तानका शरजित खान र मोहम्मद आमिरले समान ५८-५८ रन बनाए।इंग्ल्याण्डका क्रिकस वोक्सले चार तथा एदिल रसिदले दुई विकेट लिए।पाँच एक दिवसीयको श्रृँखलमा इंग्ल्याण्डले ३–० को अग्रता लिएको छ।

Write a Comment

थप हेडलाइनहरु

    None Found