• Friday, 24 November 2017
  • Nepal Time: 11:15 AM
  • Japan Time: 02:30 PM

अमिरले ईन्कार गरीदिए संजय दत्तको बाबु बन्न

Aamir-Khan

अभिनेता संजय दत्तको जीवनीमा बन्न लागेको फिल्ममा अमिर खानले सुनील दत्तको भुमिकामा अभिनय गर्ने वालामा थिए । साथै निर्माता तथा निर्देशक राजु हिरानीले अभिनेता अमिरलाई उक्त फिल्मको बारेमा आईडिया पनि सुनाएका थिए जुन् अमिरले पनि मन पराएका थिए । तर अहिले आएर उक्त निर्माण हुन लागेको फिल्मको स्क्रीप्ट पुरा भयो तर अमिर खानले भने संजय दत्तको बाबुको रोलमा अभिनय गर्नका लागी ईन्कार गरी दिएका छन् । यो कुरा धेरै पहिले नै तयार गरीएको थियो की संजय दत्तको रोलमा रणबीर कपुर र बाबु सुनिल कपुरको रोलमा अमिरले अभिनय गर्ने भनेर ।

यस फिल्मको सुटिङ यसै वर्षबाट सुरु हुने वालामा थियो तर अब २०१७ मा मात्र हुने भएको छ । अभिनेता अमिरले प्रत्येक फिल्ममा बेग्लै प्रकारको रोलमा काम गर्न रुचाउँछन् र गर्दै आएका छन् । अमिरले पछिल्लो फिल्म दंगलमा तीन केटीहरुको बाबुको रोलमा अभिनय गरेका छन् ।

पछिल्लो समय संजय दत्तले आफ्नो बायोपिक फिल्म बनाउनका लागी पाँच करोड डिमाण्ड गरेको समचारमा आएको थियो । तर, यो कुरा गलत रहेको बताउँदै संजय दत्तले आफ्नो बायोपीक फिल्म बनाउनका लागी राजकुमार हीरानीलाई दिएको जानकारी दिए । समाचारमा आए अनुसार सञ्जय दत्त आफैले रणबीर कपुरको नाम पनि राजकुमार हीरानीलाई दिएका थिए । यस बायोपीक फिल्ममा संजय दत्तको जीन्दगीमा आएको उतारचढाब, तीन बीहे र नीजी जिन्दगीमा भएको घटनालाई प्रस्तुत गरीने भएको छ ।

Write a Comment

थप हेडलाइनहरु