• Tuesday, 23 January 2018
  • Nepal Time: 05:23 AM
  • Japan Time: 08:38 AM

रक अन २बाट पुनः दर्शकमाझ देखिदै अर्जुन रामपाल

arjun-rampal-bodyअभिनेता तथा मोडल अर्जुन रामपाल धेरै समय पछि पुनः पर्दामा देखिदै छन् । नोभेम्बरको ११ तारीख बाट रीलीज हुदै गरेको फिल्म (रक अन २) बाट दर्शक माझ पर्दामा उत्रिदै छन् । २००८मा रीलीज भएको रक अन फिल्मको दोस्रो सिक्वेल फिल्मको रुपमा (रक अन २) रीलीजमा आउन लागेको हो ।

फिल्ममा अर्जुन रामपाल,श्रद्धा कपुर,प्रचि देसाई,पुरब कोहली र फरहान अख्तारको अभिनय रहेको छ । फिल्ममा दशौं वर्ष पहिले छुटेका रक ब्याण्डको मेम्बर्सहरुको पुनः एकताबद्धतालाई पर्दामा प्रस्तुत गर्ने लगाएतको कथा रहेको छ ।

फिल्मलाई शुजात सौदागरले निर्देशन गरेका हुन् । त्यस्तै फिल्मलाई फरहान अख्तार र रीतेश सिद्धिकीले संयुक्त रुपमा निर्माण गरेका हुन् । अहिले भर्खरै मात्र निर्देशक सौदागरले उक्त फिल्मको फस्टलुक पनि सार्वजनीक गरेका छन् । रीलीज पोष्टरमा अर्जुन रामपाल, फरहान अख्तार,श्रद्धा कपुर लगाएतलाई देखाईएको छ । पोष्टर रीलीज गरेका निर्देशक सौदागरले फिल्ममा समाबेश कलाकार श्रद्धा कपुर र शशांका आरोडाको नाम लिदै खुशि पनि ट्वीटमा ब्यक्त गरेका छन् ।

Write a Comment

थप हेडलाइनहरु