• Tuesday, 19 June 2018
  • Nepal Time: 01:01 AM
  • Japan Time: 04:16 AM

विश्वकप छनौटः स्पेनले ठोक्यो आठ गोल

SPAINस्पेनले विश्वकप २०१८ को छनौट प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।उसले सोमबार राति भएको आफ्नो पहिलो खेलमा लिकटनस्टाइनमाथि ८-० को जित निकालेको छ । एकपक्षीय खेलमा स्पेनका डिएगो कोस्टा, सिल्भा र मोराटाले समान दुई गोल गरे ।

खेलमा स्पेनले १० औं मिनेटमा कोस्टाको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफमा थप गोल गर्न सकेन ।बाँकी सात गोल दोस्रो हाफमा सम्भव भयो । ५५ औं मिनेटमा रोबर्टो, ५९ मा सिल्भा, ६० औ मिनेटा भिटोलोले गोल गरे । ६७ औं मिनेटमा कोस्टाले व्यक्तिगत देास्रो गोल गरे । ८२ र ८४ औं मिनेटमा मोराटाले गोल गरे भने ९० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ८-० ले विजयी भयो ।

Write a Comment

थप हेडलाइनहरु

    None Found