- Sunday, 22 April 2018
- Nepal Time: 06:06 PM
- Japan Time: 09:21 PM
पारा ओलम्पिक सुरु, नेपालबाट दुई खेलाडी सहभागी हुने
७ सेप्टेम्बर ,काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा पारा ओलम्पिक खेलकुद सुरु भएको छ ।
ऐतिहासिक मराकाना रंगशालामा बुधबार राति एक भव्य समारोहका बीच ब्राजिलका राष्ट्रपति मिचेल ट्रेमरले प्रतियोगिताको उद्घाटन गरे ।शारिरीक अपांगता भएका खेलाडीले प्रतिस्पर्धा गर्ने पारा ओलम्पिकमा यसपटक १ सय ६० राष्ट्रका ४ हजार ३ सय ५० खेलाडी सहभागी हुँदैछन् ।
यी खेलाडीले विभिन्न २२ खेलमा ५ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक पारा ओलम्पिकमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।नेपालका बिक्रमबहादुर रानाले एथ्लेटिक्स तथा लक्ष्मी परियारले पौडीमा प्रतिस्पर्धा गर्ने छिन् । दुई खेलाडीका लागि १६ पदाधिकारीसहितको टोली ब्राजिलको रियो पुग्दैछ ।
यसैबीच रियो दि जेनेरियोमा पारा ओलम्पिक उद्घाटन समारोहको मार्च पासका क्रममा बेलारुसका एक जना खेलाडीले रुसको झण्डा बोकेका छन् ।बेलारुसको टोलीले मार्च पास गरिरहँदा एक खेलाडीले रुसी झण्डा बोकेपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिएको छ ।
Write a Comment
थप हेडलाइनहरु
- एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जित्नेमा प्रशिक्षक विश्वस्त
- म्यानचेस्टर युनाईटेड पराजित, अर्को चरणमा प्रवेश गर्ने सम्भावना कमजोर
- मेसीको ५ दिनमा ५ गोल
- अग्युरोको हृयाट्रिकसँगै सिटीको सहज जित
- च्याम्पियन्स लिगमा बार्यन म्युनिखको शानदार सुरुवात
- तरकारी बेच्नेको छोराले दिलाए भारतलाई पाराओलम्पिकमा स्वर्ण
- ‘वावरिन्कालाई युएस ओपनको उपाधि’
- रियल मड्रिडको सहज जित, बार्सिलोनाको अप्रत्यासित हार
- जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने
- विश्वकप छनौटः स्पेनले ठोक्यो आठ गोल