• Friday, 21 July 2017
  • Nepal Time: 08:02 PM
  • Japan Time: 11:17 PM

नायिकासँग यसकारण विग्रियो इमरानको सम्बन्ध

imran

बलिउड नायक इमरान हाश्मी समयको खुबै ख्याल गर्छन् । समयको मामालामा उनी यति धेरै अनुशासित छन् कि, हरेक कार्यक्रममा तोकिएकै समयमा पुग्छन् । यस्ता नायकलाई अन्य कलाकारले समयको वेवास्ता गर्दा कती रिस उठ्दो होला ? चलचित्र ‘राज रिबुट’की नायिका र इमरानविच बोलचाल नै बन्द भएको छ ।

चलचित्रकी नायिका कृती खरबन्दा यही चलचित्रबाट बलिउडमा डेब्यू गर्न लागेकी छिन् । तर, नायिकाको अनुशासनहिनताका कारण इमरानले उनीसँग बोलचाल नै बन्द गरेका छन् । कृती सुटिङको पहिलो दिनबाटै सेटमा ढिलो आउने गर्थिन् । हालै मात्र इमरान र कृतीलाई मिडियामा अन्र्तवार्ताका लागि जानुपर्ने थियो । इमरान व्यवसायिक कलाकार हुन्, जो मिडियामा समयमै पुग्छन् । तर, कृती तोकिएको समय भन्दा आधा घन्टा ढिलो पुगे ।

इमरान यो कुराले खुबै रिसाए र आफ्नो म्यानेजरमाथि खनिए । यसकाकारण इमरानका म्यानेजर र कृतीको टिमविच झगडा नै पर्‍यो । जसले इमरान र कृतीको बोलचाल नै बन्द भएको छ । नायक र नायिकाको लडाइले कतै चलचित्रको प्रमोशनमा लफडा त हुने होइन भन्ने डर यसका निर्देशक विक्रम भट्टलाई लाग्न थालेको छ ।

Write a Comment

थप हेडलाइनहरु

    None Found