• Tuesday, 19 June 2018
  • Nepal Time: 01:01 AM
  • Japan Time: 04:16 AM

जोकोभिच र वावरिन्का युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने

Novak-Djokovic

१०  सेप्टेम्बर ,काठमाडौं । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच र विश्व नम्बर ३ स्टानिसलास वावरिन्का युएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।

शनिबार बिहान भएको खेलमा विश्व नम्बर १ सर्वियाका जोकोभिच १०औं वरीयताका फ्रान्सेली गेल मोनफिल्सलाई हराएर फाइनलमा पुगेका हुन् ।

जोकोभिचले मोनफिल्सलाई ६–३, ६–२, ३–६ र ६–२ को सेटमा हराए । जोकोभिच सातौंपटक युएस ओपनको फाइनलमा पुगका हुन् ।

यसैगरी, छैटौं वरीयताका जापानी खेलाडी केइ निशिकोरीलाई पराजित गर्दै तेस्रो वरीयताका स्टानिसलास वावरिन्का पनि फाइनलमा पुगेका छन् ।

वावरिन्काले ४–६, ७–५, ६–४ र ६–२ ले निशिकोरिलाई हराउँदै जोकोभिचसँगको उपाधि भिडन्त पक्का गरे
का हुन् ।

 

Write a Comment

थप हेडलाइनहरु

    None Found